chakka panjaa
AD_ Wide Top

पढ्नु भयो अज्ञात सहिद ?

२३ कात्तिक,२०७३  |   साभार ः चट्याङगीता किताब


loading...
पढ्नु भयो अज्ञात सहिद ?

भन्दथ्यो सत्ता पल्टाउँछु, टाउको फुटेर सिकिस्त भो

लगिदिऊँ अस्पताल भन्दा,आजै नेपाल बन्द भो ।

भोलिपल्ट भेटियो डाक्टर,इमर्जेन्सीको कक्षमा
भन्यो यहाँ उपचार हुन्न,पाल्नुहोस् क्लिनिकमा ।

कांग्रेस कम्निष्ट सोध्यो पैले,बल्ल भर्ना अनि लियो
फुटेको थियो टाउको,एक्सरे चै पेटकै दियो ।

खकार जाँच्नु स्वयम्भुमा,पाटनमा थुक जाँच्नु रे
भक्तपुरमा पिसाब जाँची,रिपोर्ट चैँ भोलि ल्याउनु रे ।

मर्यो हाम्रो ठूलै नेता,भाषण र ताली ठोकियो
अमर शहिद भने सबले,कुन्नि के नाम थियो ।

साभार ः चट्याङगीता किताब

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित कला साहित्य


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..