AD_ Wide Top

प्रकट पंगेनी शिवको सलाम

१८ कात्तिक,२०७३  |   प्रकट पंगेनी शिव


loading...
प्रकट पंगेनी शिवको सलाम

पहिलो सलाम साँझपछि आउने रातलाई
दोश्रो सलाम साँझलाई मीठो पार्ने मातलाई ।

भर्दै गिलास ल्याउने चटट् तातो पिरो सितन
तेश्रो सलाम छिन्छिन् चुरा बज्ने हातलाई ।

चौँथो सलाम नजरलाई पाँचौ अधरलाई
छैटौँ सलाम मख्ख पार्ने यौवनको जातलाई ।

सातौँ सलाम बिजुलीलाई झ्याप्प निभ्ने कस्तो
आठौँ सलाम अध्यारोमा हुने बातलाई ।

बाहिर पानी परेको छ कहाँ जाने अब ?
नवौँ, दशाँै सबै सलाम मीठो वर्षातलाई ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित कला साहित्य


khuldulee.com

धरैले पढेको

test‘कार्टुन क्रुज’सँग छ क्यारिकेचर देखि कमालको गीत गाउने कला