AD_ Wide Top

प्रकट पगेनी ‘शिव’ को गजल

४ कात्तिक,२०७३  |   प्रकट पगेनी ‘शिव’


loading...
प्रकट पगेनी ‘शिव’ को गजल

हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो

सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो ।

वारिबाट पारिसम्म छोटो बाटो भए पनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो ।

भेल थियो ,भेलमा उनले डराएर टेक्नै छाडिन्
मलाई भने यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो ।

कुन्नि कता के—के गर्दा छोयो केमा पाखुराले
त्यतिबेला मैले धीत मार्नुको मज्जा बेग्लै थियो ।

खोला तरी आइयो किनार, भिजिन् उनी निथ्रक्क भैँ
लुगाा निचोरेर पानी झार्नुको मज्जा बेग्लै थियो ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित कला साहित्य


khuldulee.com

धरैले पढेको

test‘कार्टुन क्रुज’सँग छ क्यारिकेचर देखि कमालको गीत गाउने कला