chakka panjaa
AD_ Wide Top

चलचित्रका लागि वास्तविक नाम लुकाउने नेपाली सेलिब्रेटी

जेठ २३,२०७३  |   Forseenetwork


loading...
चलचित्रका लागि वास्तविक नाम लुकाउने  नेपाली  सेलिब्रेटी

सिने क्षेत्रका चर्चित केहि सेलिब्रेटीहरुको वास्तविक नाम हामीमध्ये केहिलाई मात्र थाहा होला तर धेरैलाई थाहा छैन ।  केहि सेलब्रेटीहरुले सिने क्षेत्रमा प्रवेश गरेपछि  आफ्नो नाम परिवर्तन गरेका छन् ।  तिनै   सेलिब्रेटीहरुको वास्तविक नामबारे फर्सीनेटवर्कले एक सामाग्री तयार पारेको छ । तलको सामाग्री पढ्नुहोस् र आफूलाई मन पर्ने सेलिब्रेटीको वास्तवीक नाम थाहा पाउनुहोस् ।
करिस्मा मानन्धर : सदावहार नायिका करिस्मा मानन्धरको नाम बच्चा देखी बृद्धासम्म सबैको मुखमा झुण्डीएको छ । तर धेरैलाई उनको वास्तविक नाम करिस्मा हैन भन्ने कुरा थाहा छैन । उनको वास्तवीक नाम  बुनु केसी हो ।

निखील उप्रेती : एक्शन अभिनेताको रुपमा परिचित अभिनेता निखील उप्रेतीको वास्तविक नाम दिनेश उप्रेती हो । तर पछि उनले नाम बदलेर निखील बनाए । फेरेको निखील नाम उनलाई निकै फाप्यो । उनको नागरिकताको नाम भने दिनेश उप्रेती नै हो ।

झरना थापा: अर्की सदाबहार नायिका झरना थापाको वास्तविक नाम पनि धेरै कमलाई थाहा होला । उनको वास्तवीक नाम कमला थापा हो ।

पुजा चन्द: अभिनेत्री पुजा चन्दको वास्तविक नाम पनि पुजा हैन । सुरज चन्दसँग विवाह गरेर चन्द बनेकी पुजाको वास्वीक नाम हो राधिका परियार ।

जल शाह: अभिनेत्री जल शाहको पूरा नाम जल शाह कर्माचार्य थियो । तर उनी मात्र जल शाहका नामले परिचित छिन् ।

रमीत ढुङगाना: अभिनेता रमीत ढुङगानाको वास्तविक नाम राधेश्याम ढुङगाना हो ।

आर्यन सिग्देल: चक्लेटी नायक आर्यन सिग्देलको वास्तवीक नाम हरिश सिग्देल हो । तर उनको हरिश नाम परिवारमा मात्र सिमीत रहन पुग्यो । फ्यानहरुबिच उनी आर्यनका नामले परिचित छन् ।

गरिमा पन्त: नायिका गरिमा पन्तको वास्तविक नाम पनि कमला पन्त थियो । पछि उनले बदलेको नामले नै उनलाई चिनायो । आज उनी गरिमा पन्तका नामले परिचित छिन् ।

मेलिना मानन्धर: अभिनेत्री मेलिना मानन्धरको वास्तविक नाम पनि मेलीना हैन । उनको वास्तवीक नाम सुनिता मानन्धर हो ।

नन्दीता केसी: नन्दीता केसीलाई पनि फेरेको नाम निकै फापेको छ । उनको वास्तवीक नाम शोभा केसी हो ।

युना उप्रेती:अभिनेत्री युना उप्रेतीले त्यति धेरै फिल्ममा काम गरेकी छैनन । तरपनि उनको नाम चर्चित छ । उनले काम गरेका एक दुईवटा फिल्मले नै उनलाई चिनाएका छन् । युनाको वास्तविक नाम जमुना उप्रेती हो ।

उषा पौड्याल: नेपाली फिल्म उद्योगसँगै भारतीय टेलिभिजनमा समेत काम गरेकी अभिनेत्री उषा पौड्यालको वास्तविक नाम रुपमणी पौड्याल हो ।

सुमिना घिमीरे:मोडलिङबाट अभिनयमा आएकी अभिनेत्री सुमिना घिमीरेले पनि यस क्षेत्रमा आउनुभन्दा पहिले आफ्नो नामको अगाडी सु थपेकी थिईन् । उनले थपेको ‘सु’ ले उनलाई राम्रै फाईदा पुर्यायो ।

आना शर्मा: फिल्म जेरीबाट सिने उद्योगमा प्रवेश गरेकी अभिनेत्री आना शर्माको वास्तविक नाम अन्नपूर्ण शर्मा हो ।

रेश मरहठ्ठा: अभिनेता रेश मरहठ्ठाको वास्तविक नाम सुरेश मरहठ्ठा हो ।

विरेन्द्र श्रेष्ठ: अभिनेता विरेन्द्र श्रेष्ठको पनि वास्तविक नाम विरेन हैन । उनको वास्तविक नाम विरेन्द्र श्रेष्ठ हो ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..