chakka panjaa
AD_ Wide Top

कसैको रेष्टुरेण्ट , कसैको मोबाईल कम्पनि , उद्योग व्यवसायीसँग विवाह गर्ने नेपाली अभिनेत्री

जेठ २१,२०७३  |   Forseenetwork


loading...
कसैको  रेष्टुरेण्ट , कसैको मोबाईल कम्पनि , उद्योग व्यवसायीसँग विवाह गर्ने नेपाली अभिनेत्री

व्यवसायीहरुसँग विवाह गर्ने नेपाली  अभिनेत्रीहरुका बारेमा आज फर्सीनेटवर्कले एक सामाग्री तयार पारेको छ । त्यसबाट थाहा पाउनुहोस् कुन कुन नेपाली अभिनेत्रीको भाग्यमा परेका छन् व्यवसाय गर्ने श्रीमान्   ।

20140119115928_38f599571f928ab3235ead9240fee067@filmykhabar.com
करिष्मा मानन्धर
अभिनेत्री करिष्मा मानन्धरका श्रीमान् ब्यवसायी हुन् । करिस्माले फिल्म ब्यवसायी बिनोद मानन्धरसँग विवाह गरेकी हुन् । विनोद अहिले गोदावरि स्थित आफ्नै निवासमा सिनेमा स्टुडियो चलाउँदै आएका छन् । त्यस्तै विनोद मानन्धर सिनेमा र टेलिभिजन कार्यक्रम निमार्ता पनि हुन् । उनीहरुले विवाहको गरेको दशर्कौँ पुगेको छ । बिनोद र करिश्माकी २० बर्षीय एक छोरी पनि छन् कविता मानन्धर । करिस्माका फ्यानहरु उनकी छोरी कबिताको सिने आगमनको पखाईमा छन् ।

गरिमा पन्त
जीवन मृत्यु, ठूली , झोला लगायतका फिल्ममा काम गरेकी अभिनेत्री गरिमा पन्तले सिनेमामा त्यति राम्रो सफलता पाईनन् । अहिले फिल्मबाट ब्रेक लिएर उनी वैवाहिक जीवनमा रमाईरहेकी छिन् । गरिमाले विवाह गरेको धेरै समय भएको छैन । उनी अहिले पनि हनिमुन पिरियडमै छिन् । उनको विवाह बेल्जीयमका रेष्टुरेण्ट ब्यवसायी हरि शर्मा थपलियासँग भएको हो । गरिमाले हरिसँग प्रेम विवाह गरेकी हुन् ।

20130721071621_6fe3b96cadc972f535190e891254f006@filmykhabar.com

झरना थापा
नम्र व्यवहारकी अभिनेत्री झरना थापाले दर्जनौँ नेपाली फिल्महरुमा काम गरेकी छिन् । सबैकी प्यारी झरनाले रेस्टुरेन्ट तथा सिनेमा व्यवसायी सुनिल कुमार थापासँग बिवाह गरेकी हुन् । झरनाले एक छोरीसमेत हुर्काई सकेकी छिन् । उनकी छोरी पनि सिने क्षेत्रमा आउने हल्ला केहि समयदेखि चलिरहेको छ ।

हर्षिका श्रेष्ठ
हर्षिका श्रेष्ठले गत बर्ष मोबाईल कम्पनिमा कार्यरत भारतिय व्यवसायी प्रसुन झुन्झुनवालासँग विवाह गरिन् । विवाह पछि भारत गएकी हर्षीका अहिले कोलकत्तामा बुटीक सञ्चालन गर्छिन् । उनले मुखौटा ,जजिंर, आवारा लगायतका फिल्ममा काम गरेकी छिन् । त्यस्तै  हर्षीका विवाह पछि पनि अभिनयमा सक्रीय छिन् ।

13133240_10153651652105003_8641093294452903649_n

उषा खड्गी
पुर्व मिस नेपाल उषा खड्गी पनि व्यवसायीहरुसँग विहे गर्ने सेलिब्रेटीमा पर्छिन् । उनले विज्ञापन व्यवसायी जी पी तिमिल्सिनासँग विवाह गरेकी हुन् । जिपि बिज्ञापन व्यवसायी अघि टेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोता थिए । जि पी र उषा दुई सन्तानका माता पिता बनीसकेका छन् ।


झरना बज्राचार्य
अभिनेत्री तथा पुर्व मिस नेपाल झरना बज्राचार्यले मलेसियन व्यापारी राहुल अग्रवालसँग विहे गरेकी छिन् । उनले दर्जनौँ म्युजिक भिडियोका साथै फिल्महरुमा पनि काम गरेकी छिन् । विवाह गरेको एक बर्षपछि उनी एक सन्तानकी आमा पनि बनिसकेकी छिन् ।


रेजिना उप्रेती
जलवा , ईतिहास, करनविर, बरदान जस्ता फिल्ममा अभिनय गरेकी रेजिना उप्रेतीले पनि लन्डनमा बस्ने सुरज प्रोर्खेलसँग गत बर्ष विहे गरेकी हुन् । उनका श्रमिान पनि व्यवसायी हुन् । नेपालमा विवाह गरेर विवाहको दुई हप्तापछि उनीहरु लण्डन फर्कीएका थिए । हाल उनीहरु लण्डन मानै छन् ।

मनिषा कोईराला

पढाईको सिलसिलामा भारत पुगेर अभिनेत्रीको रुपमा चर्चामा आएकी अभिनेत्री मनिषाले नेपाली व्यवसायी सम्राट दाहालसँग विहे गरेकी थिईन् । तर उनिहरुको यो विहे १०१० मा भयो भने २०१२ मा डिभोर्समा परिणत भयो ।

 

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..