AD_ Wide Top

फेसबुकबाट भेटीएका चर्चीत सेलिब्रेटी जोडी

जेठ १८,२०७३  |   Forseenetwork

below social share detail page adv

loading...
फेसबुकबाट भेटीएका चर्चीत सेलिब्रेटी जोडी

सामाजिक सञ्जाल फेसबुकले टाढा रहेका आफन्तहरुलाई जोडेर राखेको छ । यसका साथै केहि जोडीएकाहरुलाई तोडेको पनि छ । अहिले फेसबुकले धेरै जोडी पनि बनाएको छ । फेसबुकबाट भेटीएर एकअर्काको प्रेममा परे विवाह गर्नेहरु पनि धेरै भईसकेका छन् । यस्तै फेसबुकले केही सेलिब्रेटी जोडीहरु पनि बनाएको छ । आज फर्सीनेटवर्कले फेसबुकले बनाएका सेलिब्रेटी जोडीको बारेमा एक सामाग्री तयार पारेको छ ।


मनिसा  कोईराला र सम्राट दाहाल
नब्बेको दशकमा बलिउडकी नम्बर वान नायिका बनेकी अभिनेत्री मनिसा कोईराला सामाजिक सञ्जाल फेसबुकमा अहिले पनि सक्रीय छिन् । उनी आफ्ना केहि बिशेष पलहरु फेसबुकमार्फत सेयर गर्छिन् । उनी ट्वीटर र ईन्स्टाग्राममा भन्दा फेसबुकमा बढी सक्रीय देखिन्छीन् । मनिसामा फेसबुक चलाउने बानी पहिले देखी नै थियो । यहि बानीले उनको भेट नेपालका ब्यापारी सम्राट दाहालसँग गराएको थियो । फेसबुकबाट भएको भेट र केहि बर्षको प्रेमपछि उनीहरुले २०१० मा विवाह गरेका थिए । तर २०१२ मा नै उनीहरुको डिभोर्स भयो । आफ्ना लागि सम्राट ठिक नभएको भन्दै मनिषाले आफू उनीबाट अलग भएको जानकारी मिडीयालाई दिएकी थिईन् ।मनिसाले नेपाली फिल्म फेरि भेटौला र धर्मामा काम गरेकी छिन् । त्यस्तै बलिउडमा उनले मन , लज्जा,खुदा गवा लगायत दर्जनौँ फिल्ममा काम गरेकी छिन् । हाल उनी साउथ फिल्महरुमा ब्यस्त छिन् ।

आर्यन सिग्देल र सपना भण्डारी
आर्यन सिग्देलले पनि पत्नी सपनालाई फेसबुक मार्फत भेटाएका हुन् । एक दिन आर्यनलाई फेसबुकमा सन्देश आयो जसमा सोधीएको थियो – तपाईँ रियल आर्यन हो ? त्यो सन्देश गोर्कणकी सपना भण्डारीले पठाएकी थिईन् । त्यसपछि आर्यनले सपनालाई जावाफ फर्काउँदै हो भनेका थिए । त्यहाँ देखी उनीहरुको कुराकानी सुरु भएको थियो । एकअर्कालाई नदेखीकन उनीहरु फेसबुकमार्फत नै एकअर्काको प्रेममा परेका थिए । प्रत्यक्ष रुपमा नभेटेरै उनीहरुले दुई तिन बर्षसम्म फेसबुकमा कुराकानी गरे । त्यस पछि उनीहरुले भेट पनि गरे । भेटेको एक बर्षमानै विवाह बन्धनमा बाँधीएका हुन् । २०७१ , बैशाख ६ गते उनीहरुले लगन गाँठो कसेका थिए । आर्यन अहिले फिल्महरुमा ब्यस्त छन् भने सपना मास्टर डिग्री सकेर बसेकी छिन् ।

babu

बाबु बोगटी र फूलु मिजार
बाबु बोगटीले गाएको गीत सान नानी तिमीलाई हिर्काउँला लौरीले निकै हिट भयो । यहि गीतले उनी गायकको रुपमा देशभर चिनीए । उनी गायनका साथसाथै अभिनयमा पनि सक्रीय छन् । बोगटीले ब्यक्तिगत जीवनलाई त्यति सार्वजनिक गर्दैनन् । फूलु मिजारसँग फेसबुके प्रेमपछि विवाह गरेका उनले विवाहको कुरा समेत लामो समयसम्म लुकाएका थिए । अब भने उनी एक छोरा आगमनका पिता समेत बनीसकेका छन् । बाबुले बाटो मुनीको फूल १, बाटो मुनीको फूल २, भाले फाईट लगायतका फिल्ममा अभिनय गरेका छ्न् । त्यस्तै उनका चर्चित गीतमा ए तुल्सी , साननानी, दुध मिठो छालीको लगायत छन् ।

निता ढुङगाना र आमेश भण्डारी
आमेश र निताको सम्बन्धमा यतिबेला खटपट चलेको खबर छ । तर उनीहरुले आफ्नो सम्बन्ध बिग्रेको हो या हैन त्यसबारे आधिकारीक जानकारी दिएका छैनन् । आमेश र निताको पहिलो भेट एक स्कुलको कार्यक्रममा भएको थियो । कार्यक्रममा गीत गाएका आमेश र गेस्टको रुपमा गएकी निताको पहिलो भेटमा चिनजान भएको थियो । पछि उनीहरु फेसबुकमा साथी बने । फेसबुकमा कुराकानी गर्दागर्दै उनीहरु एकअर्काको नजिक आएका थिए । फेसबुकको कुराकानीमा निता मन परेर आमेशले नितालाई प्रपोज गरेका थिए । निताले एक हप्तापछि आमेशको प्रपोज स्वीकारेकी थिईन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testबन्द कोठामा नाना पाटेकर र आयशालाई रंगेहात फेला पारेकि थिइन मनिषाले