chakka panjaa
AD_ Wide Top

डिभोर्स गरेकी रेखालाई लाग्यो आमा बन्ने रहर

२६ पुष, २०७३  |   Forseenetwork


loading...
डिभोर्स गरेकी रेखालाई लाग्यो आमा बन्ने रहर

नेपाली सिने जगतमा फरक विचार अनि क्षमता भएकी एक मात्र नायिका हुन रेखा थापा । उनी व्यक्तिगत होस या व्यवसायिक कुनै न कुनै कुराले चर्चामा आईरहिन्छन् । केही समय अघि अचानक माओवादी छाडेर राप्रपामा प्रवेश गरेर उनले सबैलाई चकित बनाईन् ।
उनको त्यो चर्चा सेलाउनै लाग्दा फेरि अर्को चर्चा सुरु भएको छ । नेपाली सिनेमाका पाका निर्माता छविराज ओझासँग डिभोर्स गरेर अहिले आमासँग बस्दै आएकी रेखाले आफूलाई आमा बन्न रहर लागेको कुरा सार्वजनिक गरेकी छिन् । एक चर्चित पत्रिकालाई अन्र्तवार्ता दिने क्रममा रेखाले आफूलाई आमा बन्न मन लागेको खुलाएकी हुन् । तपाईँलाई आमा बन्ने रहर छैन ? भन्ने प्रश्नमा उनले भनिन्, आमा बन्ने रहर त सबै महिलाहरुलाई हुन्छ नि । त्यो इच्छा मलाई पनि छ ।
३२ बर्षिय अभिनेत्री रेखाले भर्खर आफ्नो विवाह गर्ने उमेर भएको भन्दै राम्रो मान्छे पाएको खण्डमा विवाह गर्ने पनि बताईन् । विवाह गरिसकेपछि आमा त पक्कै भईन्छ, रेखाले थपिन् । अब हेरौँ रेखाको जीवनमा उनले चाहेको जस्तो कोही आउँछकी आउँदैन ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..