chakka panjaa
AD_ Wide Top

ईन्जिनियरिङ्ग कोर्स बिना नै ईन्जिनियर भएकी स्वेता

२४ पुष,२०७३   |   Forseenetwork


loading...
ईन्जिनियरिङ्ग कोर्स बिना नै ईन्जिनियर भएकी स्वेता

अभिनेत्री स्वेता खड्का अभिनयमा मात्रै हैन अन्य व्यवसायमा पनि संलग्न छिन् । कामको बारेमा बोल्दै उनी भन्छिन्, “मैलै काममा एकदमै राम्रो साथ र सहयोग पाएको छु । म जे कामको थालनी गर्छु त्यो सफल हुन्छ ।”

स्वेताको दरबार मार्गस्थित राईजिङ मलमा हिमालयन जाभा नामको कफी शप छ । उनले यो कफी शप आफ्ना शुभ चिन्तक र मिडिया कर्मीहरुसँगको भेटघाटलाई सहज बनाउन खोेलेकी हुन् । कफी शप बाहेक स्वेताले ईन्टेरिअर डिजाईनिङलाई पनि अघि बढाईरहेकी छिन् । उनको आफ्नै ईन्जिनियरिङ अफिस छ । उनी स्वयम एक ईन्टेरिअर डिजाईनर हुन् । यति मात्रै हैन उनी ईन्द्रेणी ग्रुपमा पनि आवद्ध छिन् ।

सबै कामलाई एकसाथ कसरी अघि बढाउनु भएको छ ? भन्दा उनी भन्छिन्, “कुनै पनि कामको हामीले सुरुवात मात्रै गर्नुपर्छ । पछि गएर एउटा टिम बन्छ अनि सबै काम टिमले नै ह्याण्डिल गर्छ । सबै कामहरुलाई सधैँ आफूले हेर्न पर्दैन । सबै कम्पनिमा स्टाफहरु हुनुहुन्छ । उहाँहरुले नै सम्हाल्नुहुन्छ ।”

ईन्जिनियरिङ्ग कोर्स बिना नै ईन्जिनियर भएकी स्वेता
स्वेताले कुनै ईन्जिनियरिङ्ग कोर्स भने गरेकी छैनन् । तर उनी एक ईन्जिनियरको रुपमा चिनिएकी छिन् । उनी कामको अनुभवले ईन्जिनियरिङ्ग अफिस खोलेर बसेकी छिन् । स्वेता कलेज पढ्नेताका एक ईन्जिनियरिङ्ग कम्पनिमा काम गर्थिन् । दुई तीन बर्ष काम गेर संगालेको अनुभवले हाल उनी ईन्टेरिअर डिजाईनरको रुपमा काम गरिरहेकी छिन् । यस बारेमा उनी भन्छिन्, “सबै कुराहरु पढेर मात्रै हैन परेर पनि गर्न सकिन्छ । नपढिकनै पनि सफल भएका धेरै ब्यापारीहरु हामीले देखेका छौँ । त्यसकारण  हामीले पढेका छैनौँ भनेर, कुनैपनि क्षेत्रमा काम गर्न गाह्रो हुन्छ भन्ने सोच राख्नुहुन्न ।”

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..