TOP Ad
AD_ Wide Top

अन्तरजातीय विवाह गर्ने नेपाली सेलिब्रेटी, कोही सफल कोही असफल

१७ पुष,२०७३  |   Forseenetwork


अन्तरजातीय विवाह गर्ने नेपाली सेलिब्रेटी, कोही सफल कोही असफल

अहिले पनि नेपाली समाजमा अन्तरजातीय विवाहलाई पूर्णरुपमा स्विकार गरी सकिएको छैन । फलस्वरुप अन्र्तजातीय विवाह गर्ने जोडीहरु माथि सामाजिक बहिस्कार , भौतिक आक्रमण तथा मानसिक यातनाका समाचारहरु अझै पढ्न , सुन्न र देख्न पाईन्छ । तर पछिल्लो समयमा अन्र्तजातीय विवाहलाई विस्तारै स्विकार गर्दै गएको पनि पाइन्छ । सरकारले अन्र्तजातीय विवाह गर्नेलाई प्रोत्साहन भत्ता दिने कार्यक्रमसमेत ल्याएको छ । विडम्बना अन्र्तजातिय विवाह गर्नेहरुको लागि अझै सहज वातावारण भने भइसकेको छैन् । यही क्रममा केहि नेपाली सेलिब्रेटीहरुले समाजको पुरानो सोचलाई चिर्दै अन्तरजातीय विवाह गर्ने हिम्मत गरेका छन् । अन्र्तजातीय विवाह गरेर आफ्नो खुशी र सुखी जीवन विताइरहेका केही सेलिब्रेटीहरुको बारेमा आज हामीले एक सामाग्री तयार पारेका छौँ ।

20140119115928_38f599571f928ab3235ead9240fee067@filmykhabar.com_

करिष्मा मानन्धर र विनोद मानन्धर
अभिनेत्रीबाट निर्मात्री बनेकी करिष्मालाई विवाहपछि फस्टाएकी अभिनेत्री भनिन्छ । यस अर्थमा करिष्माको लागि विवाह फलदायी बन्न पुग्यो । करिष्मा मानन्धर र विनोद मानन्धरको अन्तर जातीय विवाह भएको हो । नेवार परिवारका विनोद र क्षत्री परिवारकी करिष्माको प्रेम विवाह भएको थियो । करिष्माले विनोदलाई करियरको सुरुवातमा नै भेटाएकी थिईन् । यहि कारण करिष्मा केसी, करिष्मा मानन्धरका नामले परिचित भईन् । उनका धेरै नयाँ फ्यानहरुलाई उनी केसी हुन भन्ने पनि थाहा नहुन सक्छ । किनकी करिष्मा मानन्धर निकै चर्चित नाम हो । करिष्मा र बिनोद एक छोरी कविताका अभिभावक हुन् । हाल कविता पनि फिल्म क्षेत्रमा प्रवेश गर्ने हल्ला चलिरहेको छ ।

13133240_10153651652105003_8641093294452903649_n-1

उषा खड्गी र जी पी तिमल्सिना
सन् २००० की मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जी पी तिमल्सिनाको पनि अन्तरजातीय विवाह भएको थियो । बाहुन परिवारका जि पी र नेवार परिवारकी उषाको प्रेम विवाह हो । टेलिभिजन कार्यक्रममा सँगै काम गर्दा उनीहरु एक अर्काको नजिक भए । तर उनीहरुलाई प्रेम गर्न जति सजिलो भयो विवाह गर्न त्यति नै अप्ठ्यारो पनि । हरेक बाधा व्यवधानलाई पार गरेर उनीहरुले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेरै छाडे । २००२ मा विवाह गरेका उनीहरु अहिले दुई सन्तान, एक छोरा र एक छोरीका अभिभावक भईसकेका छन् ।

bhuwan

भुवन केसी र शुष्मिता बोम्जन
महिला प्रेमी अभिनेता भुवन केसी र अभिनेत्री शुष्मिता बोम्जनको पनि अन्तरजातीय विवाह भएको हो । एकसाथ काम गर्ने क्रममा माया प्रेम बसेपछि उनीहरुले विवाह गरेका हुन् । भुवन क्षेत्री थिए भने शुष्मिता तामाङ समुदायकी । पहिले नै विवाहित भुवनले पहिलो श्रीमती छाडेर शुष्मितालाई अंगाले । एकअर्कालाई प्रेम गरेर अलग–अलग जातमा विवाह गरेको भएपनि उनीहरुको विवाहले भने लामो यात्रा गर्न सकेन । नायक अनमोल केसीको जन्मपछि उनीहरु एकअर्काबाट अलग भए । श्रीमती शुष्मितासँग अलग भएका भुवन अहिले छोरा अनमोलसँग बस्दै आएका छन् । तर यो भन्दा पहिले भुवनको नाम केहि महिलाहरुसँग जोडियो । जसमध्ये उनको र जिया केसीको सम्बन्धले सबैलाई चकित पारेको थियो । त्यस्तै शुष्मिताको पनि भारतीय नागरिकसँग नाम जोडिईसकेको छ । भुवन र शुष्मिताका छोरा अनमोल अहिले नेपाली सिनेमाका सुपरस्टारको रुपमा परिचित छन् ।

Yesh-Kumar4

यश कुमार र रीना खड्गी शाही
सर्लाहीमा जन्मेका यश कुमारले काठमाण्डौ बाग बजारकी रीना खड्गी शाहीसँग अन्तरजातीय विवाह गरेका हुन् । करियरको सुरुवाती दिनहरुमा एल्बम निकाल्ने यश एल्बमको खोल डिजाईन गर्न बागबजार जाने गर्थे । यहि क्रममा उनको रीनासँग भेट भएको थियो । सुरुमा बोलचाल मात्र हुने उनीहरु केहि समयपछि एकअर्का बिना बाँच्न नसक्ने भए । यश कुमार आफू नेपाल भएका कारण नेवारकी छोरीसँग विवाह गर्न ठूलै मेहनत गर्नु पर्यो । विवाहको लागि परिवारको सहमती नहुने भएपछि उनीहरुले भागेर विवाह गरेका हुन् । आज भने यश, रीनाको माईतीमा सबैभन्दा प्यारो ज्वाँई बनेका छन् । रीना र यशका छोरा नै १३ बर्ष भईसकेका छन् । यश फिल्म र गायनमा सक्रीय छन् भने स्नातक तह उर्तिण गरेकी रीना मैतीदेवीमा रिदम गोल्ड ट्रेड सेन्टर नामको गहना पसल चलाएर बसेकी छिन् ।

Diya-Maske-Anup-Baral-2-550x367

दिया मास्के र अनुप बराल
सात बर्षसम्म एकअर्काको प्रेममा रहेर निर्देशक अनुप बराल र अभिनेत्री दिया मास्केले २०७१ असार २३ गते विवाह गरेका थिए । विवाह गर्नुभन्दा पहिले उनीहरु लिभ ईन रिलेसनसिपमा पनि थिए । अनुपले दिया संग दोस्रो विवाह गरेका हुन । ताण्डब, जंगे, प्रताप, फन्को जस्ता सिनेमामा काम गरेका अनुप र दीयाको पनि अन्तरजातीय विवाह भएको हो । नेवार परिवारकी दिया र बाहुन परिवारका अनुपको सम्बन्धलाई परिवारले ईन्कार गर्न सकेन । यहि कारण दिया अनुपको घरमा बुहारी बनेर भित्रीईन् । दिया र अनुपले सिनेमा फिटकीरीमा पर्दा बाँडेका छन् ।

Image may contain: 2 people

देवी घर्ती र राजु ढकाल
दोहोरी साँझमा गाउन पाईन्छ भनेर काठमाण्डौ छिरेकी देवी र गायक बन्नका लागि तनहुँबाट काठमाण्डौ आएका राजु ढकालको पनि अन्तरजातीय विवाह गरे । । मगर परिवारकी देवी र बाहुन परिवारका राजुले जातपात नहेरीकन आफ्नो खुसी हेरे र एकअर्कालाई अंगाले । उनीहरुको प्रेमलाई घरपरिवारले पनि सजिलै स्विकार गर्यो । यी दुईले बाहुन र मगर परम्पराअनुसार दुईपटक विवाह गरेका थिए । दोहोरी साँझबाट करियर सुरु गरेका दुवैले लामो समयसम्म एकअर्काको प्रेममा मस्ती गरे । देवी अहिले ब्यवसायिक गायिका बनीसकेकी छिन् । तर राजुले भने फाट्ट फुट्ट मात्र गाउँछन् । ब्यवसायिक रुपमा गाउने देवी र फाट्ट फुट्ट गाउने राजुले अहिले सुन्धारामा दोहोरी साँझ खोलेका छन् । हाल उनीहरु आफ्नै दोहोरी साँझमा काम गर्छन् । राजु र देवी एक सन्तान छोरा रिदमका अभिभावक हुन् ।

Image may contain: 2 people, people standing
पूजा चन्द र राजु लामा
अभिनेत्री पूजा परियारले निर्देशक सुरज चन्दसँग विवाह गरेपछि आफ्नो थर बदलेर चन्द राखिन् । त्यसपछि उनी पूजा चन्दका नामले नै परिचित भईन् । सुरज चन्दसँग उनको विवाह सफल हुन सकेन । विवाह पछि एक छोरी जन्माएकी पुजा सुरजसँग डिभोर्स गरेर अमेरिका बस्न थालिन् । अमेरिकामा रहँदा उनी गायक राजु लामाको प्रेममा परिन् । राजुसँग पनि पूजाको अन्तरजातीय विवाह नै भयो । लामा परिवारका राजु र पूजाले साढे दुई बर्ष अघि मात्रै विवाह गरेका हुन् । यस हिसाबले अभिनेत्री पूजाले दुईपटक अन्तरजातीय विवाह गरेकी छिन् ।

1978410_10152288495768184_641954327_o

सत्य राज आचार्य र अनिता थापा
गायक सत्य राज आचार्यले पनि अनिता थापासँग अन्तरजातीय विवाह गरेका हुन् । पहिलो श्रीमतीको निधन पछि सत्यले अनितासँग प्रेम विवाह गरेका थिए । १० बर्ष जेठाले आफूलाई विवाहको लागि प्रपोज गर्दा अनिता दङग परेकी थिईन् । तर पछि एकअर्काको साथ र माया गर्ने तरिका मन परेपछि उनीहरुले विवाह गरे । थापाकी छोरी अनिता र बाहुनका छोरा सत्यलाई विवाहमा बाधा भने आएन । दुवैजनाको परिवारले उनीहरुको सम्बन्धलाई स्विकार गर्यो जस कारण उनीहरु आज एक अर्काको साथमा रमाईरहेका छन् ।

araj-keshav

प्राश्ना शाक्य र अराज केशब
गायिका तथा सञ्चारकर्मी प्राश्ना शाक्य र गायक अराज केशबको विवाह सफल हुन सकेन । तर यो जोडी एक समयको चर्चित जोडी हो । उनीहरुको जोडीलाई धेरैले मन पराउँथे । धरानकी प्राश्ना र महेन्द्रनगरका अराजले पनि अन्तरजातीय विवाह गरेका थिए । अराज केशब गीरी हुन् भने प्राश्ना नेवार । डिभोर्सको समयमा उनीहरुले आफूहरु दुवैको सहमतीमा अलग हुन लागेको आधिकारिक पुष्टि गरेका थिए ।

Image result for melina manandhar and mukesh dhakal

मेलीना मानन्धर र मुकेश ढकाल
अभिनेत्री मेलीना मानन्धर र अभिनेता मुकेश ढकालले पनि अन्तरजातीय विवाह गरे । नेवार परिवारकी मेलीना र बाहुन परिवारका मुकेशले प्रेम विवाह गरेका हुन् । एक छोरीका अभिभावक मुकेश र मेलीना चावहिलमा परिवारसँगै बस्ने गर्छन् । केही बर्षको अन्तर पछि मेलीना सिनेमामा फर्किएकी छिन् भने मुकेश सिनेमाबाट हराएका छन् भन्दा फरक पर्दैन ।

Shree-Krishna-Shrestha-and-Sweta-Khadka-Kohinoor-Movie

श्वेता खड्का र श्री कृष्ण श्रेष्ठ
२०७१ असार २३ गते श्रीकृष्ण र श्वेताको विवाह भएको थियो । श्री नेवार र श्वेता क्षत्री परिवारकी थिईन् । पाँच बर्षसम्म एक अर्काको प्रेममा रहेर श्वेता खड्का र अभिनेता श्रीकृष्णले प्रेमलाई विवाहमा परिणत गरेका थिए । उनीहरुको विवाह पनि अन्तरजातीय विवाह थियो । तर यो जोडी विवाहको एक महिनामै एकअर्काबाट अलग भयो । उनीहरुको बीचमा भगवान नै भिलेन बनेर आएपछि श्वेता एक्ली भईन् । २०७१ श्रावण २४ गते श्री संसारबाट बिदा भए । पतिको बियोगमा केही समयसम्म श्वेता डिप्रेशनमा थिईन् । तर अब भने उनी पूर्ण रुपमा ठीक भएकी छिन् । अहिले बिभिन्न ईभेन्टहरुमा उनी सहभागीता जनाउँछिन् । दर्जनौँ सफल फिल्महरु दिएका श्रीले श्वेतासँग भने कहाँ भेटीएला , श्रीमान् श्रीमती र कोहीनुरमा मात्र काम गरेका छन् ।

यसरी एकदुईलाई छाडेर हेर्ने हो भने अन्तरजातिय विवाह गरेका नेपाली सेलिब्रेटीहरुले आफ्नो वैवाहिक जीवनमा खासै ठूला बाधा अड्चन खेप्नु परेको छैन । उनीहरु अन्तरजातीय विवाह गरेर दुई समुदायलाई मिलाएर खुसी हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..