AD_ Wide Top

नाम र अनुहार मिल्दा के असर परेको छ अभिनेत्रीहरुलाई ?

१७ पुष, २०७३  |   Forseenetwork


loading...
नाम र अनुहार मिल्दा के असर परेको छ अभिनेत्रीहरुलाई ?

अभिनेत्री बर्षा सिवाकोटी र बर्षा राउतको नाम र अनुहार धेरैलाई उस्तै लाग्छ । आफ्नो नाम र अनुहार अरुसँग मिल्दा कस्तो लाग्छ भनेर हामीले केही समय अगाडि अभिनेत्री बर्षा राउतलाई सोधेका थियौँ । त्यसको जवाफमा उनले आफूले काममा मात्रै ध्यान दिने र यस्ता कुराहरुले आफूलाई खासै असर नपर्ने बताएकी थिईन् । उनले आफूले कस्तो काम गरिरहेको छु म त्यसमा मात्रै ध्यान दिन्छु । अरुले के भन्छ म त्यसमा ध्यान दिन्न पनि भनेकी थिईन् ।

हालै मात्र बर्षा सिवाकोटीले पनि नाम जुधेर आफूलाई असर नभएको बताईन् । “दर्शकले दुवै जनाको काम देखिसक्नु भएको छ । मेरो भन्दा पनि बर्षाको काम देख्नु भएको छ । मैलै त अझै आफ्नो काम पर्दामा देखाउन पाएको छैन । बर्षाकोे कामलाई दर्शकले मन पराईसक्नु भएको छ । फेरि हामी दुवैजनालाई नै राम्रो–राम्रो प्रोजेक्ट नै हात परेको छ । त्यसले गर्दा पनि हाम्रो नाम र अनुहारको चर्चा भएको हो जस्तो लाग्छ । म पशुपति प्रसाद ,लप्पन छप्पनको बर्षा, उहाँ जात्रा , छक्का पञ्जा को बर्षा । सिनेमाको सफलता र चर्चाले पनि हाम्रो चर्चा भएको होला । हामी एटै समयमा यो क्षेत्रमा आयौ त्यो भएर पनि यस्तो भएको हो ।

हामी पहिले म्युजिक भिडियोमा बढी देखिन्थ्यौँ । त्यसले मात्रै कन्फ्युजन भएको जस्तो मलाई लाग्छ । मलाई हाम्रो अनुहारमा मान्छेहरु झुक्किन्छन् जस्तो त लाग्दैन”, बर्षाले भनिन् ।

हाल यी दुवै जना सिनेमा मेरो पैसा खोईको तयारीमा जुटेका छन् । उनीहरुले मेरो पैसा खोईबाट पहिलो पटक पर्दा बाँड्दैछन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testदुई पटक सुहागरात मनाउने नेपाली सेलिब्रेटी, कोही पछुताए कोही रमाए