chakka panjaa
AD_ Wide Top

 श्रीकृष्णको खुशीका लागि स्वेताले गरिन् डेढ लाखको सहयोग

१४ पुष,२०७३  |   Forseenetwork


loading...
 श्रीकृष्णको खुशीका लागि स्वेताले गरिन् डेढ लाखको सहयोग

अभिनेता श्री कृष्ण श्रेष्ठको आज जन्म जयन्ती हो । सिनेमा क्षेत्रमा स्थापित अभिनेता श्रीले संसार छाडेको पनि दुई बर्ष भन्दा बढी भईसक्यो । २०२४ साल पौष २४ गते जन्मेका उनी २०७१ को साउन २४ गते यो संसारबाट बिदा भएका थिए । श्रीमान्को जन्म जयन्ती पारेर अभिनेत्री स्वेता खड्काले एक अनाथ आश्रमलाई सहयोग गरेकी छिन् ।

धुम्बाराही स्थित १९ जना अनाथ बालबालिका रहेको घर आँगन नामक अनाथ आश्रमलाई स्वेताले एक लाख ५० हजार रुपैयाँको सहयोग गरेकी हुन् । स्वेताको सहयोगमा नयाँ भवन बनाउने तयारीमा रहेको यो सस्थाको जग हाल्नका लागि उक्त रकम खर्च गरिनेछ । अनाथ आश्रमलाई सहयोग गरेकी स्वेताले यो काम स्वर्गीय पति श्री कृष्णकै खुशीका लागि गरेकी हुन् ।

समाज सेवा भनेपछि हुरुक्कै हुने श्री आज स्वेताको यो काम देखेर खुशी होलान् भन्नेमा स्वेता विश्वस्त छिन् । काठमाण्डौमा आयोजित एक कार्यक्रममा छक्का पञ्जाकी निर्देशक दीपा श्री र स्वेताले घर आँगनका सञ्चालक दीपक सिलवालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..