TOP Ad
AD_ Wide Top

यी नायिकालाई मेकअप किन मन पर्दैन ? जान्नुहोस् कारण

१४ पुष,२०७३  |   Forseenetwork


यी नायिकालाई मेकअप किन मन पर्दैन ? जान्नुहोस् कारण

अभिनेत्री मेनुका प्रधानले आफ्नो अभिनयबाट निकै नै प्रशंसा बटुलेकी छिन् । उनले अभिनय गरेका प्राय सिनेमाले व्यवसायिक रुपमा सफलता पाएका छन् । सिनेमा रेशम फिलिलि, भिजा गर्ल, गाजलु, पुरानो डुङगामा मेनुकाको अभिनयलाई धेरैले तारिफ गरे । थियटर हुँदै सिनेमामा आएकी उनी अभिनयमा अब्बल त छिन् नै साथै पर्दामा सुन्दर पनि देखिन्छिन् । तर उनलाई प्रत्यक्ष देख्नेहरुले भने उनको सुन्दरतामा केही कमी भएको महसुस गर्छन् । बिशेष गरी अभिनेत्रीहरु आफूलाई चिरिच्याट्ट पारेर हिड्न मन पराउँछन् । तर मेनुका भने ठीक यसको उल्टो छिन् ।

मेनुका आफूलाई पर्दा बाहिर एकदमै सामान्य रुपमा प्रस्तुत गर्छिन् । पर्दामा कथाले मागे अनुसार रुप परिवर्तन गर्ने उनलाई अभिनेत्रीका लागि अत्यावश्यक कुरा मेकअप फिटिक्कै मन पर्दैन । उनले मेकअप मन पर्दैन भनिसकेपछि हामीले यसको कारण सोध्दा उनले भनिन्, “जब म मेकअप गर्छु एकदमै अप्ठ्यारो महसुस हुन्छ । अनुहारमा केही आएर बसेको जस्तो लाग्छ । त्यस कारण एकदमै आनन्द र आरामले हिड्नका लागि म मेकअप नै गर्दिन ।”

मेकअप गरेपछि अनुहारमा केही वस्तु निकै नै अप्ठ्यारो गरी बसेको जस्तो महसुस हुने भएकाले नै मेनुका बिशेष फंशन र ईभेन्टहरु बाहेक अघिपछि कहिल्यै मेकअप गर्दिनन् ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..