AD_ Wide Top

वार्डरोब मालफंशनबाट पीडित भएका नेपाली नायिकाहरु : कस्को के देखियो ?

१४ पुष,२०७३  |   Forseenetwork


loading...
वार्डरोब मालफंशनबाट पीडित भएका नेपाली नायिकाहरु : कस्को के देखियो ?

यसपटकको नवौँ नेफ्टा अवार्ड दुबईमा सम्पन्न भयो । नेफ्टा सकिएपछि पनि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह चर्चामा रहिन् । नेफ्टामा उत्कृष्ट नव नायिकाको अवार्ड हात पारेकी उनलाई अवार्डले नभएर उनको लगाएको ड्रेसले चर्चामा ल्याएको हो । पिंक कलरको डिजाईनिङ ड्रेसमा सजिएकी उनी अवार्ड पाएर निकै खुसी थिईन् । तर उनको त्यो खुशी भने  लामो समय टिक्न सकेन । । साम्राज्ञीलाई ड्रेसका कारण लज्जित पनि हुनु पर्यो । खास कुरा के भने नेफ्टा अवार्डमा उनी वार्डरोब मालफंशनमा परिन् । उनलाई उनकै ड्रेसले धोका दियो । त्यहि बखत उनलाई केही पत्रकारहरुले क्यामेरामा कैद गरे । जुन सामाजिक सञ्जालमा भाईरल बन्यो । अहिले उक्त ड्रेसका कारण उनका बारेमा नकारात्मक टिप्पणीहरु भईरहेका छन् । तर उनले भने यो विषयमा अहिलेसम्म केही पनि बोलेकी छैनन् । यसरी वार्डरोब मालफंशनमा पर्ने साम्राज्ञी पहिलो अभिनेत्री हैनन् । यो भन्दा पहिले पनि केही अभिनेत्रीहरु मालफंशनमा परेका छन् । जसमा करिष्मा मानन्धर, शिल्पा पोख्रेल, प्रियंका कार्की, शुष्मा कार्की लगायतका अभिनेत्रीहरुको नाम आउँछ ।

karishma_kattu-show
करिष्मा मानन्धर
अभिनेत्री करिष्मा मानन्धर सधैँ आफूलाई सुन्दर र हट देखाउने प्रयासमा हुन्छिन् । यहि कारण पनि उनले आफ्नो स्तन माथि एक ट्याटु खोपाईन् । जसले उनलाई सेक्सी देखाएको छ । ट्याटुलाई मध्यनजर गर्दै प्राय ड्रेसहरु उनी ट्याटु देखाउने गरी नै डिजाईन गर्न लगाउँछिन् । यहि शिलशिलामा उनी गत वर्ष एक कार्यक्रममै वार्डरोब माल फंशनमा परिन् । ट्याटु देखाउने चक्करले उनी समस्यामा परिन् । लगाएको ड्रेस फुस्किएपछि करिष्मालाई तनाव भएको थियो । उनले लगाएको गाउन तल झरेपछि उनलाई पर्नु आपत्त परेको थियो । त्यसो त करिष्मा यो भन्दा पहिले पनि माल फंशनमा परेकी थिईन् । केही बर्ष पहिले पनि उनले लगाएको छोटो गाउनले भित्रि बस्त्र छोप्न नसकेका कारण उनी चर्चामा आएकी थिईन् ।

silpa
शिल्पा पाखे्रेल
सिनेमा लज्जाको बेला अभिनेत्री शिल्पा पोखे्रेल पनि वार्डरोब माल फंशनबाट पीडित हुन पुगिन् । उनले लगाएको छोटो गाउनले उनलाई धोका दियो । या अर्को अर्थमा भन्नु पर्दा उनले छोटो लुगा सम्हाल्न सकिनन् । उनको लुगाले उनी बस्दा उनको भित्रि बस्त्र नै देखिन पुग्यो । जुन केही पत्रकारहरुले आफ्नो क्यामेरामा कैद गरे । उनको यो तस्वीर निकै भाईरल बनेको थियो ।

priyana

प्रियंका कार्की
प्रियंका कार्की दुई पटक वार्डरोब मालफंशनमा परेकी छिन् । तर उनको चर्चा त्यस समय भयो जब उनी नाई नभन्नु ल २ को सक्सेस पार्टीमा उपस्थित थिईन् । पार्टीमा निलो रंगको मिनिस्कर्ट लगाएकी प्रियंकाले सेतो रंगको भित्रि बस्त्र लगाएकी थिईन् । जुन उनको तस्वीरमा स्पष्ट देखिन्छ । प्रियंका जतिसुकै छोटा ड्रेसमा पनि सहज भएर प्रस्तुत हुने अभिनेत्री हुन् । तर त्यस समय उनी मोबाईलमा व्यस्त भएका कारण आफ्नो भित्रि बस्त्र देखिएकै थाहा पाईनन् । मोबाईलमा व्यस्त प्रियंकाका केही तस्वीरहरु क्लिक भए र पछि भाईरल पनि भए ।

susma
शुष्मा कार्की
निकै नै छोटो ड्रेस लगाएर चाईनिज नयाँ वर्षको कार्यक्रममा प्रस्तुती दिँदै गरेकी अभिनेत्री शुष्मा कार्कीले पनि आफ्नो भित्रि बस्त्र देखिएको पत्तो पाईनन् । नृत्यमा माहिर शुष्मा नाचिरहेकी थिईन् तर उनलाई आफू वार्डरोब मालफंशनको सिकार भएको पत्तो थिएन । यो कुरा सन् २०१२, मलेसियामा सम्पन्न एक कार्यक्रमको हो । त्यसो त शुष्माले आफ्नो परिचय छोटो पहिरनमा रमाउने अभिनेत्रीकै रुपमा बनाएकी छिन् । तर जति सुकै छोटो ड्रेस लगाउने अभिनेत्रीहरु पनि आफ्नो भित्रि बस्त्र देखिएको थाहा पाउँदा भने निकै नै लज्जित हुन्छन् । शुष्मालाई पनि यस्तै भयो ।

benisha

बेनिशा हमाल
तपाईँ कहिल्यै वार्डरोब माल फंशनमा पर्नु भएको छ भनेर सोध्दा अभिनेत्री बेनिशा हमालले भनिन्, परेको छु । तर यस बारेमा म बोल्न चाहान्न भनेर उनले प्रसंग नै बदलिन् । आफूलाई छोटो ड्रेसमा हट एण्ड बोल्ड देखाउन मन पराउने बेनीशालाई एकपटक लुगाले धोका दिएको छ । सन् २०१४ मा एक कार्यक्रममा उपस्थित उनी रातो रंगको गाउनमा सजिएकी थिईन् । उनको गाउनबाट सजिलै भित्रि बस्त्र देखिएको थियो, जुन कुरा त्यतीबेला उनलाई थाहै भएन ।

Image result for jharana thapa

झरना थापा
बक्स अफिस अवार्ड नोमिनेशनको क्रममा झरना थापा पनि वार्डरोब मालफंशनमा परिन् । उनले लगाएको छोटो गाउनले उनको भित्रि बस्त्र पनि छोप्न सकेन जसका कारण उनको पिंक कलरको भित्रि बस्त्र देखिन गयो । पिंक कलरको भित्रि बस्त्र देखिएपछि झरनाका बारेमा नकारात्मक टिप्पणीहरु भएका थिए ।

rista basnet

रिस्ता बस्नेत
दुई बर्ष अघि अभिनेत्री रिस्ता बस्नेत पनि सिनेमा अर्धकट्टीको प्रेश मीटको समयमा  वार्डरोब मालफंशनमा परिन् । उनले लगाएको ड्रेसले उनलाई धोका दियो । आफूले लगाएको ड्रेस छोटो भन्ने ख्यालै नगरी बसेकी उनलाई क्यामेरा म्यानहरुले तस्वीर लिएको समेत पत्तो भएन । उनका केही तस्वीरहरु खिचिए र भाईरल भए ।
सिने जगतमा यसरी पटक पटक नायिकाहरु वार्डरोब मालफंशन अर्थात लुगाले दिने धोका बाट लज्जित र आलोचित भए पनि मौका मिल्ने वित्तिकै पुस माघको जाडो नभनी गोप्य अंग देखिने गरी छोटो पहिरन लगाउन पछि पर्दैनन् । सायद मिडियाको सामु आफू जहिले पनि हट एण्ड सेक्सि देखिउँ भन्ने मानसिकता अभिनेत्रीहरुको दिमागमा व्याप्त छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testविहे विदेशमा भोज नेपालमा : विदेशीसँग लगनगाँठो कस्ने ८  नेपाली सेलिब्रेटी जोडी