AD_ Wide Top

कलेजको पहिलो दिन केटालाई थप्पड हानेँ– किङ नायिका बेनिशा हमाल

१३ पुष, २०७३  |   Forseenetwork

below social share detail page adv

loading...
कलेजको पहिलो दिन केटालाई थप्पड हानेँ– किङ नायिका बेनिशा हमाल

चितवन गीता नगरकी बेनिशा हमाल अहिले नेपाली सिनेमाकी स्थापित अभिनेत्री बनिसकेकी छिन् । स्वरबाट नेपाली सिनेमामा ब्रेक लिएकी उनले अहिले सम्म मोक्ष, महसुस, कालो पोथी र किङमा काम गरेकी छिन् । उनले काम गरेका प्राय सिनेमाले दर्शकको मन जितेका छन् । अबको पूरै समय सिनेमालाई नै दिने सोच बनाएकी बेनिशा यतिबेला सिनेमा किङको प्रचार प्रसारमा जुटेकी छिन् । पुष २८ गते देशभर एकसाथ प्रदर्शन हुन लागेको किङमा उनी रानीको भूमिकामा देखिँदै छिन् । यहि प्रचार प्रसारको क्रममा हामीसँग भेट भएकी बेनिशाले आफ्नो स्कुल र कलेज लाईफका केही कुराहरु सेयर गरेकी छिन् ।

आठ कक्षामा स्टुडेण्ट अफ द ईअर
बेनिशा हमाल अध्ययनमा बाल्यकाल देखि नै अब्बल थिईन् । स्कुले जीवनमा उनलाई पढाईका अलावा अतिरिक्त क्रियाकलापहरुमा भाग लिन निकै नै मजा लाग्थ्यो । विशेष गरी अभिभावक भेला हुने दिनमा उनको खुशीको सीमा नै हुन्थेन । अतिरिक्त क्रियाकलापहरुमा भाग लिएर पुरस्कार जित्न निकै रमाईलो मान्ने उनले एस एल सी सम्म तीनवटा स्कुल परिवर्तन गरेकी थिईन् । प्राथमिक स्तरको अध्ययन उनले चितवनको गोल्डेन फ्युचरमा गरिन् । त्यस पछि सात र आठ कक्षा देवनगरको देव ज्योति निमावीमा पढिन् । फेरि पनि उनको नौ र दश कक्षाका लागि तेस्रो पटक बिद्यालय परिवर्तन भयो । उनले नौ र दशको पढाई अरुणोदय माविमा गरिन् । पहिलो श्रेणीमा एस एल सी पास भएकी उनलाई प्लस टु मा पत्रकारिता र अंग्रेजी लिएर पढेको भएपनि बिज्ञान विषयमा रुचि थियो । तर गणित विषयमा कमजोर भएका कारण उनले विज्ञान विषयलाई रोजिनन् ।

बेनिसाको स्कुल जीवनको सबैभन्दा विशेष पल भनेको आठ कक्षामा पढ्दा खेरी थियो । उनी आठ कक्षामा पढ्दा स्टुडेण्ट अफ द ईअर भएकी थिईन् । त्यस बखत उनले पुरस्कार स्वरुप कपी र कलमहरु पाएकी थिईन् । पुरस्कार भन्दा पनि उनलाई स्टुडेण्ट अफ द इअरको टाईटलले निकै खुसी दिएको थियो । प्लस टु उनले शान्ति एकेडेमीमा पढेकी उनले के एण्ड के कलेजबाट ब्याचलर गरिन् । मास्टर भने उनले गोल्डेन गेटबाट गरेकी हुन् ।

कलेजको पहिलो दिनमै एकजना केटालाई थप्पड
बेनिशा हमाल निकै निडर र आँटिली छिन् । उनले कलेजको समयमा कुनै बिर्सनै नसक्ने घटना घट्यो भनेर सोध्दा भनिन्, पहिलो दिनमा नै मैलै एउटा केटालाई थप्पड हानेकी थिएँ । त्यो मेरो कलेज लाईफको बिर्सनै नसक्ने पल हो ।

बेनिशाले थप्पड हान्नुको कारण यस्तो थियो
पहिलो दिन कलेज गएर ब्याडमिन्टन खेलिरहेकी बेनिशालाई पछाडिबाट एक युवकले जिस्काईराखेका थिए । यो कुरा बेनिशालाई मन परेन । त्यो उमेरको तातो रगतले बेनिशाको रिसको पारा चढ्यो । अनि उनले थप्पड हानिन् । उनले थप्पड हानेको चार पाँच दिन पछि ती युवकले कलेज नै परिवर्तन गरिदिए । पहिले तातो रगतमा थप्पड हानेकी उनलाई पछि किन हाने होला भनेरे पछुतो पनि भयो ।

जाडोलाई थेग्न सक्ने क्षमता अभिनेत्रीहरुमा छ
हिरोईनको जाडो के ले खान्छ भनेर सोधिएको प्रश्नमा उनले भनिन्, खासमा हिरोईनहरुको जाडो केहिले पनि खाँदैन । हामी कुनै कार्यक्रममा जाँदा छोटो लुगा लगाएर गएपनि बाहिरबाट कोट त लगाएकै हुन्छ । स्कर्टहरु लगाउँदा हल्का खुट्टा मात्रै देखिने हो । त्यो खुट्टामा हुने जाडो थेग्न सक्ने हिम्मत हामीमा छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testबन्द कोठामा नाना पाटेकर र आयशालाई रंगेहात फेला पारेकि थिइन मनिषाले