chakka panjaa
AD_ Wide Top

चिसो मौसम मन नपराउने साम्राज्ञीलाई त्यहि मौसममा काम गर्दा कस्तो लाग्छ ?

८ मंसिर,२०७३  |   Forseenetwork


loading...
चिसो मौसम मन नपराउने साम्राज्ञीलाई त्यहि मौसममा काम गर्दा कस्तो लाग्छ ?

व्यक्ति अनुसार रुचि पनि सबैको फरक फरक हुन्छ । कसैलाई के मन पर्छ कसैलाई के । सबैको रोजाई एउटै हुँदैन । यस्तै मौसमको कुरा गर्ने हो भनेपनि कोही गर्मी मौसम मन परराउँछन् त कोही जाडो । तर अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहलाई जाडो मौसम फिटिक्कै मन पर्दैन । किनकी जाडो महिनामा उनको छालामा समस्या देखा पर्छ । हात खुट्टाको औँलाहरु सुनिने । छालाको रंग निलो हुने हुन्छ । तर जाडो मौसम मन नपराउने उनलाई सिनेमाको कामहरु भने प्राय जाडो मौसममा नै गर्नु पर्ने हुन्छ ।

हालै मात्र उनले सिनेमा ए मेरो हजुर २ को लागि संसारकै अग्लो ठाउँ मनाङको तिलिचो तालमा माईनस ४ डिग्री सेल्सियस तापक्रममा हट र बोल्ड अवतारका काम गरीन् । त्यसको अनुभवबारे बताउँदै उनले भनिन्, “एउटा अभिनेत्री भएपछि नगरी नहुने । गर्नैपर्यो नी । त्यो चिसो मौसममा काम गर्न त निकै कठिन थियो । चिसोले टाउकोमा पीडा हुन्थ्यो । पछाडिबाट केहीले हानेको जस्तो महसुस हुन्थ्यो ।”

साम्राज्ञीले तिलिचो तालको छेउछाऊमा ए मेरो हजुर २ को गीतको सुटिङ गरेकी हुन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..