AD_ Wide Top

‘प्रेम गीत २’ युनिट बोकेको गाडी दुर्घटना

६ मंसिर,२०७३  |   Forseenetwork


loading...
‘प्रेम गीत २’ युनिट बोकेको गाडी दुर्घटना

छायांकनका लागि पोखरा जाँदै गरेको ‘प्रेम गीत २’ युनिट बोकेको गाडी दुर्घटनामा परेको छ । धादिङको गल्छी भन्दा करिब चार किलोमिटर अगाडि घुम्तीमा पुग्दा विपरित दिशाबाट आएको ट्रकसँग उक्त जीप ठोक्किएको थियो ।

गाडीमा निर्माता सन्तोष सेन र निर्देशन रामशरण पाठक सँगै अभिनेता प्रदिप खड्का र कैलाश कटुवाल पनि सवार थिए । जीप ट्रकसँग ठोक्किएपछि निर्माता सन्तोष सेनको दाहिने हातमा चोट लागेको छ भने निर्देशक पाठकको टाउकोमा चोट लागेको छ ।

दुर्घटनापछि सामान्य उपचार पश्चात राजधानी आएका सेन र पाठकको राजधानीको ट्र सेन्टरमा उपचार गरिरहेका उनीहरुको अवस्था भने सामान्य छ । निर्माता हातको सेनको हड्डी टुटेका कारण अप्रेशन गर्नु पर्ने भएको छ । सेनलाई ट्रमा सेन्टरमा डक्टरको अभाव भएपछि बि एण्ड बी ललितपूर अस्पतालमा लैजाने तयारी भईरहेको बताईएको छ । जीपलाई ठक्कर दिने चालक र सहचालकलाई प्रहरीले गिरफ्तार गेको छ ।

निर्देशक र निर्मातासँगै रहेका दुई अभिनेता प्रदिप भट्टराई र कैलाश कटुवालको अवस्था भने सामान्य नै छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testदुई पटक सुहागरात मनाउने नेपाली सेलिब्रेटी, कोही पछुताए कोही रमाए