AD_ Wide Top

विवाहपछि थर परिवर्तन किन नगरेको भन्दै झगडा पर्छ मेरो

०६ पुस २०७३  |   Forsee Network


loading...
विवाहपछि थर परिवर्तन किन नगरेको भन्दै झगडा पर्छ मेरो

विवाह पछि महिलाहरुको नामको पछाडि पुरुषहरुको नामको थर जोडिने चलन परापूर्वकाल देखि नै चलिआएको चलन हो । तर पछिल्लो समयमा भने यो चलन हराउँदै गएको छ । विवाह पछि पनि आमाबुवाकै थरलाई आफ्नो पहिचान बनाएर हिड्ने महिलाहरुको सङख्या बढिरहेको छ । यहि सङख्या मध्येकी एक हुन् नायिका स्वस्तीमा खड्का । स्वस्तीमा खड्काले गतबर्षको फागुनमा निर्देशक निश्चल बस्नेतसँग लगन गाँठो कसिन् । तर उनी विवाह भएपछि पनि स्वस्तीमा खड्काकै रुपमा चिनिएकी छिन् । यहि विषयमा हामीले उनलाई विवाह पछि किन थर परिवर्तन गर्नु भएन भनेर प्रश्न गरेका थियौँ । यसको जवाफमा उनले भनिन्, विवाह पछि थर परिवर्तन गर्ने कुरामा प्राय मेरो विवाद परिरहन्छ । त्यो पनि विशेष गरि अग्रजहरुसँग । सबैले किननाम परिवर्तन नगरेको भन्नुहुन्छ । तर मलाई विवाह गर्ने वित्तिकै नाम नै परिवर्तन गर्नुपछ, परिचय नै परिवर्तन हुनुपर्छ जस्तो लाग्दैन । किनकी पहिले देखि नै म स्वस्तीमा खड्काको रुपमा चिनिएको छु । सबैले मलाई खड्का नै भनेर चिन्नुहुन्छ । त्यस कारण मलाई आफ्नो पुरानो पहिचानलाई किन परिवर्तन गर्ने जस्तो लाग्छ ।
यस बारेमा निश्चल बस्नेतले के भन्नु हुन्छ भनेर सोध्दा उनले, निश्चलले यस बारेमा कुरै नगर्ने बताईन् । विवाह गर्दैमा पूरै लुक र थर परिवर्तन गर्नु पर्छ भन्ने नभएको भन्दै उनले आफूमा केही पनि परिवर्तन नगरेको खुलाईन् ।
सिंदुर नलगाउनुको कारण यस्तो
उनलाई झट्ट हेर्दा जोकोहीलाई पनि विवाहित भनेर पत्याउन मुश्किल पर्छ । किनकी उनमा विवाह पछि हुने कुनै पनि परिवर्तन देख्न पाईँदैन । हामीले उनलाई सिंदुर किन लगाउनु हुन्नभनेर सोध्दा उनले, विवाह पछि सिंदुर लगाएर हिड्नु पर्छ भन्ने पनि मेरो सोचमा छैन । यो आफ्नो मनको कुरा हो । अझ भन्ने हो भने त यो एउटा आस्थामात्रै हो । जुन मनमा हुनुपर्छ । बाहिर देखाएर मात्रै हुँदैन ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testविहे विदेशमा भोज नेपालमा : विदेशीसँग लगनगाँठो कस्ने ८  नेपाली सेलिब्रेटी जोडी