TOP Ad
AD_ Wide Top

निश्चललाई अरु केटीसँग देख्दा मलाई जलन हुँदैन

०५ पुस २०७३  |   Forseenetwork


निश्चललाई अरु केटीसँग देख्दा मलाई जलन हुँदैन

अभिनेत्री तथा मोडल स्वस्तीमा खड्काले आफ्नो सुन्दरता र अभिनयका कारण धेरैको मन जितेकी छिन् । उनको पातलो शरीर, सुन्दरतालाई सम्बोधन गर्दै सुकुटी हुँदा पनि राम्री भन्ने कुराहरु आईरहेका हुन्छन् । मोडलिङबाट आफ्नो अभिनय यात्राको थालनी गरेकी उनले हालसम्म दुईवटा सिनेमामा काम गरेकी छिन् । त्यस्तै उनले म्युजिक भिडियो भने दर्जनौँको सङख्यामा गरेकी छिन् । उनले काम गरेका सिनेमा मध्ये एउटा सिनेमा रिलिज भईसकेको छ भने अर्को रिलिजको तयारीमा छ । तर पनि उनको चर्चा एक स्थापित अभिनेत्रीको भन्दा बढी नै हुने गरेको छ । यसको कारण निर्देशक निश्चल बस्नेतसँग उनको विवाह हुनु पनि हो । गत बर्षको फागुनमा निर्देश्क निश्चल बस्नेतसँग वैवाहिक बन्धनमा बाँधिएपछि स्वस्तीमाको चर्चा एकाएक चुलिएको थियो । निश्चलसँग विवाह भएसँगै उनी सामाजिक सञ्जालमा ट्रोल पनि हुन थालिन् । जुन अहिले पनि कायमै छ ।

सिनेमा होस्टेल रिटन्र्सबाट सिने जगतमा पाईला राखेकी स्वस्तीमा हाल दोस्रो सिनेमा लभ लभ लभको प्रमोशनमा व्यस्त छिन् । दिपेन्द्र के खनालको निर्देशनमा बनेको ‘लभ लभ लभ’बारे दर्शकलाई थेरै जानकारी होस् भनेर उनी अहिले देखि नै प्रमोशनमा हिँडेकी हुन् । ‘लभ लभ लभ’ नयाँ बर्षको अवसर पारेर रिलिज हुँदैछ । प्रमोशनमा हिँडेकी स्वस्तीमासँग हामीले उनका व्यक्तिगत कुराहरु कोट्याउने प्रयास गरेका छौँ । हेर्नुहोस् भिडियो

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..