TOP Ad
AD_ Wide Top

निता भन्छिन्, ब्रेकअप भएको दुई महिना त दिन कटाउनै गाह्रो भयो

०५ पुस २०७३  |   Forseenetwork


निता भन्छिन्, ब्रेकअप भएको दुई महिना त दिन कटाउनै गाह्रो भयो

अभिनेता आमेश भण्डारीसँग ब्रेकअप भएपछि अभिनेत्री निता ढुङगानाले पहिलो पटक मिडियासँग खुलेर कुराकानी गरेकी छिन् । हालै एक यु ट्युब च्यानलसँय कुरा गर्दै उनले आमेशले नै आफूलाई प्रेम नभयर सिनेमा रोज्न सल्लाह दिएको बताएकी छिन् । निताका अनुसार सम्बन्धमा फाटो ल्याउने काम आमेशले नै गरेका थिए । आमेशले नितालाई, तिमी सिनेमाको लागि जन्मेको मान्छे भन्दै यो अमुल्य समयलाई मायामा भन्दा पनि करिअरमा दिनु पर्ने सुझाएपछि निता आमेशबाट टाढिएकी रहिछिन् ।
ब्रेकअपका बारेमा सोधीएका प्रश्नको जवाफ दिँदै निताले आफ्नो प्रेम पहिले आमेश सँग भएको अहिले नभएको स्पष्ट पारिन् । तर निताको बोल्नै शैली र उनको हाउभाउले ब्रेकअपले उनलाई निकै तनाव दिएको स्पष्ट देखिन्थ्यो ।

ब्रेकअप भएको दुई महिना त दिन कटाउनै गाह्रो भयो
ब्रेकअप हुँदा कत्तिको गाह्रो भयो भन्ने प्रश्नमा निताल भनिन्, “मर्नु हुन्छ नी हौ हुन त । ब्रेकअप भएको दुई महिना त मलाई दिन कटाउनै गाह्रो भयो । त्यो पीडा कस्तो थियो त्यो त मलाई मात्रै थाहा छ । तर पछि मैलै आफूलाई सम्हालेँ । आफ्नै आमा मरेर जाँदा त सहनु पर्यो भने ऊ त जिउँदो छ । उसले केही गरेको देख्न पक्कै पाउँछु जस्तो लाग्यो र आफूलाई सम्हालेँ ।
घरमा पालेको जनावरको त माया लाग्छ भने आफूले माया गरेको मान्छे हो ऊ त । माया गरेको मान्छेसँग छुट्टिँदा कस्तो हुन्छ भन्ने कुरा तपाईँहरुलाई पनि थाहा छ । आफूले माया गरेको मान्छेसँग छुट्टिदा गाह्रो नहुने त कुरै छैन नी ।”

आमेशको आदेश अनुसार काम गरेँ मैल
आमेशले नै प्रेमले करिअरमा घाटा भएको भन्दै नितालाई काममा फोकस गर्न भनेका रहेछन् । आमेशले नितालाई सिनेमाकै लागि जन्मेको केटी भन्दै अहिले मायामा भन्दा पनि काममा ध्यान दिनुपर्ने सुझाए पछि निता आमेश बाट टाढिएको बताईन् । ब्रेकअप भएपछि उनीहरुको सम्पर्क पनि हुन छाडेको छ । निताले अन्य साथीभाईहरुबाट आमेशको खबर थाहा पाउँदा खुसी लाग्ने आफू यस्तै खबरहरुबाट सन्तुष्ट हुने गरेको पनि बताईन् ।

Image result for nita dhungana amesh bhandari

एकअर्काको प्रेममा हुँदा दुई सिनेमामा पर्दा बाँडेका उनीहरुले एकअर्कालाई किस गरेर तस्वीरको लागि पोज दिएको कुराले पनि निकै चर्चा पाएको थियो । आमेश र निताले तँ म र ऊ र फूलै फूलको मौसम तिमीलाईमा पर्दा बाँडेका छन् ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..