AD_ Wide Top

१० कलाकारका भाईबहिनी, कस्का कति ?

२३ मंसिर, २०७३  |   Forseenetwork


loading...
१० कलाकारका भाईबहिनी, कस्का कति ?

कोही पनि फ्यान आफूलाई मनपर्ने सेलिब्रेटीका व्यक्तिगत कुराहरु जान्न पाउँदा निकै खुशी लाग्छ । उनीहरुको सार्वजनिक अर्थात व्यवसायिक जीवन, काम त उसको फ्यानले देखेको हुन्छ । तर उनीहरुका पारिवारिक कुाहरुबाट खासै जानकार हुन्न । मिडियाले पनि उनीहरुको काममा बढी चासो राख्ने हुँदा सेलिब्रेटीको व्यक्तिगत जीवनका कुराहरु कतिलाई थाहा हुँदैन । उनीहरुको कोसँग अफेयर छ जस्ता खबरहरु मात्रै मिडियामा आउँछन् । तर आज हामीले केही सेलिब्रेटीका भाईबहिनीहरु को कति छन् त्यस बारेमा एक सामाग्री प्रस्तुत गर्दैछौँ ।


संचिता लुईटेल
अभिनेत्री संचिता लुँईटेल ५० र ६० को दशककी सफल अभिनेत्री हुन् । त्यस समय उनले अभिनय गरेका प्राय सिनेमाहरु सफल हुन्थे । करिअर राम्रोसँग उकालो लागेको समयमा संचिता आफैले करिअरमा ब्रेक लगाईन् । सँगै काम गर्दागर्दै प्रेम परेपछि उनले नायक निखिल उप्रेतीसँग विवाह गरिन् र सिनेमाबाट केही समय ब्रेक लिईन् । दुई सन्तानकी आमा बनिसकेपछि उनी फेरि सिनेमामा फर्किईन् । आधा दशकमा उनी फर्किँदा पनि उनको स्टार क्रेज झण्डै उस्तै देखियो । उनको कमब्याकलाई दर्शकले रुचाएको देख्दा उनी नहुँदा नेपाली सिने उद्योगमा उनको अभाव खड्कीएको महसुस धेरैलाई भयो । संचिताले सिनेमा नाई नभन्नु ल ३ बाट कमब्याक गरेकी हुन् । तर उनको मख्य भूमिका रहेको सिनेमा भने राधा हो । राधामा राधाको भूमिका निभाएकी संचिताले सिनेमाबाट खुबै प्रशंसा बटुलिन् ।

संचिताको सिने करिअरबारे त धेरैलाई थाहा छ तर उनको पाविारिक पृष्ठभूमि भने धेरै कमलाई मात्रै थाहा छ । उनी परिवारको जेठो सन्तान हुन् । उनका बुवाआमा दुवैजना टेलिकममा कार्यरत थिए । हाल भने अवकास पाइसकेका छन् । भाई बहिनीको कुरा गर्दा उनका दुई जना बहिनीहरु छन् । उनकी माईली बहिनी समिताको विवाह भएर पनि एक सन्तान भइसकेको छ भने उनकी कान्छी बहिनी सिवानीको विवाह भएको छैन ।


आर्यन सिग्देल
अभिनेता आर्यन सिग्देल पनि घरका जेठो सन्तान हुन् । सिनेमामा चक्लेटी र सबैको मनपर्ने अभिनेताको रुपमा स्थापित उनकी एकजना बहिनी छिन् यशोदा । आर्यनकी बहिनीको विवाह भएकै दशक नाघिसकेको छ । एक छोरा र एक छोरीकी आमा बनेकी उनकी बहिनी हाल अष्ट्रेलियामा छिन् । यशोदाको पूरा परिवारमा नै अष्ट्रेलियामा बसोबास गर्छ ।


प्रियंका कार्की
नायिका प्रियंका कार्कीलाई राम्रो खानदानकी ट्यालेन्टेड अनि व्यवसायिक अभिनेत्री भनेर पनि धेरैले चिन्ने गरेका छन् । प्रियंका मल्होत्रा खानदानसँग पनि जोडीएक छिन् उनी मल्होत्रा खानदानकी भान्जी हुन् । प्रियंका कार्की घरकी एक्ली जेठी छोरी हुन् । उनको एक जना भाई छन् –प्रणव कार्की । प्रियंकाका भाई प्रणव हाल अमेरिकामा छन् । भाईको अमेरिकाको बसाईलाई सम्झदै प्रियंका भन्छिन्, “माया त जति टाढा भयो त्यति गाढा हुन्छ मेरो र भाईको सम्बन्ध पनि त्यस्तै हो । हामी एकअर्कालाई निकै माया गछौँ ।”
उनका भाई अध्ययनको शिलशिलामा अमेरिका पुगेका हुन् । सिनेमामा आउनु भन्दा पहिले प्रियंकाकाले पनि अमेरिकामा अध्ययन गरेर आईसकेकी छिन् । अहिले पनि प्रियंकाका लागि अमेरिका पानी पँधेरो जस्तै बनेको छ ।


शिल्पा पोख्रेल
निर्माता छवि ओझासँग नाम जोडिएका कारण शिल्पाले पाउनु पर्ने जति सम्मान पाएकी छैनन् । किनकी आफ्नो पिताको उमेरको व्यक्तिसँग विवाह र प्रेमको कुरा आईरहँदा उनलाई उनको फ्यानहरुले हेर्ने दृष्टिकोण नै नकारात्मक छ । तर पनि उनी यस्ता कुराहरुलाई सजिलै पचाउँदै अघि बढिरहेकी छिन् । घरको जेठो सन्तान भएका कारण पनि केही जिम्मेवारी उनले बहन गर्नु परेको छ । सिरियल, मोडल र अभिनेत्री हुँदै उनी सिनेमा हिफाजत २ बाट निर्मात्री पनि बन्न लागकी छिन् । शिल्पाकी एक जना बहिनी छिन् सोनीया । उनी हाल अध्ययनरत छिन् ।

kajal-2

अनमोल केसी

अनमोल केसीलाई धेरैले भुवन केसीको एकलो सन्तानका रुपमा लिन्छन् । तर अनमोल एक्लो सन्तान हैनन् । अनमोल आमा सुष्मिताका लागि भने एक्लो सन्तान हुन् । भुवन भने तीन छोराछोरीका पिता हुन् । भुवनकी जेठी श्रीमती विजयाबाट जन्मेका दुई सन्तान हाल अमेरिकामा छन् । भुवन र विजयाको दुई सन्तान छन्, छोरी काजल र छोरा विवक । केही समय अघि मात्रै अनमोल र भुवनले काजललाई अमेरिकामा सम्पन्न एक अवार्ड कार्यक्रममा भेटेका थिए । भुवनले छोरीको कार्यक्रम प्रस्तुत गर्ने शैलीको तारिफ गरेको कुराले पनि मिडिया तताएको थियो ।

barsha
बर्षा राउत
हरेक कुरामा अरुको ध्यान आफूतिरै आओस् भन्ने चाहने नायिका हुन् बर्षा रावत । उनलाई पछिल्लो समयमा सिनेमा छक्का पञ्जा र जात्राले निकै चर्चित बनाएको छ । यसका साथै उनी प्रेमी सार्वजनिक गरेर पनि चर्चामा आएकी छिन् । हाल उनले आफ्नो स्टारक्रेज राम्रो बनाएकी छिन् ।
बर्षा घरकी एक्ली छोरी हुन् । तर उनी छोरीमा मात्रै एक्ली हुन् । उनका जुम्ल्याहा भाईहरु छन्– सफल र कुशल । बर्षा बेलाबखतमा आफू जाने कार्यक्रमहरुमा भाईहरुलाई साथमा लाने गर्छिन् । उमेरले सानै भएपनि उनको लागि भाईहरु साथी बनेका छन् ।

Image result for keki adhikari with her brother
केकी अधिकारी
निर्देशक बद्री अधिकारीकी छोरी नायिका केकी अधिकारी धेरै पढेको, शालिन अभिनेत्रीको रुपमा चिनिन्छिन् । सफल नभएपनि काम पाउने अभिनेत्रीको सूचिमा पनि उनी छिन् । पछिल्लो समयमा उनले अभिनय गरेका सिनेमाले त्यति राम्रो ब्यापार नगरे पनि निर्माता र निर्देशकहरु उनलाई आफ्नो सिनेमामा लिन तत्पर नै हुन्छन् । सिनेमा स्वरबाट सिनेमामा ब्रेक लिएकी उनलाई आई एम सरीले अभिनेत्रीको परिचय दिलाएको हो । त्यसपछि केकीले एक दर्जन भन्दा धेरै सिनेमामा काम गरिसकेकी छिन् ।
केकी घरको जेठो सन्तान हुन् । उनका एक जना भाई छन् बिम्ब अधिकारी । बिम्ब हाल ब्याचलर सकाएर मास्टर्सको तयारीमा छन् । केकी र बिम्बमा साढे दुई बर्षको फरक छ ।


सुरवीना कार्की
हट एण्ड सेक्सी नायिकाको परिचय बनाएकी अभिनेत्री सुरवीना कार्की दुई जना बहिनीहरु र एक भाईकी दिदी हुन् । उनी परिवारकी जेठो सन्तान हुन् । उनका सबै जना भाईबहिनीहरु अहिले बिद्यालय स्तरको अध्ययन गरिरहेका छन् । सुरवीनाका बुवा पार्टीमा कार्यरत छन् अर्थात उनी राजनेता हुन् । त्यस्तै उनकी आमा पहिले शिक्षिका थिईन् अहिले अवकास प्राप्त गेर ब्यापारमा संलग्न छिन् ।

निता ढुङगाना
आफ्ना भाई बहिनी र दिदीहरुको कुरा गर्दा निता भन्छिन्, “मेरो बाबा आमाले ठ्याक्कै आधा दर्जन छोराछोरी जन्माउनु भएको छ । म चाहि छोरीमा कान्छी हुँ ।” उनीहरुका चार दिदी बहिनी र दुई दाजु भाई छन् । उनका एक जना दाई र एक भाई छन् । निताका सबै जना दिदीहरु र दाईको विवाह भईसकेको छ । निताका दाई दिदीहरु व्यापारमा संलग्न छन् । यस कारण उनी पनि भविष्यमा व्यापारमा लाग्ने सोचका साथ अघि बढिरहेकी छिन् । निताका भाई पवन भने अहिले अध्ययनरत छन् ।

15423634_1697381503621126_1589128350_n

                                                                    स्वस्तीमाका भाई बायाँ 
स्वस्तीमा खड्का
नायिका स्वस्तीमा खड्का दुब्ली भएर पनि धेरै सुन्दर हुने अभिनेत्रीको रुपमा चिनिएकी छिन् । स्वस्तीमा सामाजिक सञ्जालमा धेरै ट्रोल हुने सेलिब्रेटीमा पनि पर्छिन् । सामाजिक सञ्जालमा उनका फ्यान फलोअर्सहरु लाखौँको सङख्यामा छन् । मोडलिङ र सिनेमा होस्टेल रिटन्र्सले पहिले नै चर्चामा रहेकी उनी विवाह पछि झनै चर्चामा आईन् । निर्देशक, निर्माता तथा अभिनेता निश्चल बस्नेतसँग स्वस्तीमाको विवाह भएको एक बर्ष पुग्न आँटेको छ । स्वस्तीमा घरकी एक्लो बुहारी र छोरी हुन् ।
तर उनका एक जना दाई र एक जना भाई भने छन् । उनका दाई हाल दिल्लीमा सि ए अध्ययन गरिरहेका छन् भने उनका भाई नेपालमै छन् । स्वस्तीमा हाल ‘लभ लभ लभ’को प्रमोशनमा व्यस्त छिन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testविहे विदेशमा भोज नेपालमा : विदेशीसँग लगनगाँठो कस्ने ८  नेपाली सेलिब्रेटी जोडी