chakka panjaa
AD_ Wide Top

संचिता देखि पूजा शर्मा सम्म यी हुन् दाजू भाई नहुने नेपाली अभिनेत्री

१० कार्तिक,२०७३  |   Forseenetwork


loading...
संचिता देखि पूजा शर्मा सम्म यी हुन् दाजू भाई नहुने नेपाली अभिनेत्री

दशैँको १५ दिनपछि आउने अर्को ठूलो पर्व हो तिहार । तिहार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट शुरु भएर कार्तिक शुक्ल पक्षको द्धितिया तिथीको भाईटीकासम्म पाँच दिन मनाईन्छ । यो पर्वलाई दाजू र बहिनीको प्रेमको पर्वका रुपमा लिईन्छ । दाजु र बहिनीहरुको विशेष पर्व तिहार नजिँकिदै गर्दा हामीले दाजु भाई नहुने नेपाली अभिनेत्रीहरुको बारेमा एक सामाग्री तयार पारेका छौँ । दाजुभाई नभए पनि कोही आफ्नै दिदी बहिनीलाई टिका लगाएर तिहार मनाउँछन् त कोही रानी पोखरीमा गएर तिहार मनाउने गरेको बताउँछन् । जान्नुहोस् को को हुन् ती अभिनेत्री ।

संचिता लुईटेल
अभिनेत्री संचिता लुईटेल घको जेठो सन्तान हुन् । उनका दाजूभाई छैनन् तर दुईजना बहिनीहरु सिवानी र समिता छन् । दाजुभाई नभएको हुँदा तिहारमा के गर्नुहुन्छ कसरी मनाउनु हुन्छ भन्ने हाम्रो प्रश्नमा उनले जवाफ दिईन्– हामी दिदी बहिनीहरुले एकअर्कालाई टीका लगाउँछौ अनि तिहार मनाउँछौँ । एकदमै रमाईलो हुन्छ । दिदी बहिनीहरुले नै एकले अर्कालाई टिका लगाएर तिहार मनाउनुको मज्जा बेग्लै हुने संचिताको भनाई छ ।

Rajani-KC-Glamour-Nepal-8
रजनी केसी
लोफर, परदेशी, ब्रासलेट जस्ता सिनेमामा काम गरिसकेकी अभिनेत्री रजनी केसी परिवारकी एक्लो सन्तान हुन् । दाजुभाई नभएर पनि रजनीका लागि तिहार त्यति खल्लो भने हुने गरेको छैन । सानैदेखि नै छोरा जसरी हुर्केको हो म भन्ने रजनीलाई उनको परिवारले पनि छोरोको नामले सम्बोधन गर्ने गर्दछ । उनी आफू छोरी भएर जन्मेपनि घरमा भने छोराको रुपमा रहेको बताउँछिन् ।

puja-sharma-hot-8
पूजा शर्मा
भिजे र मोडलपछि नायिका बनेकी अभिनेत्री पूजा शर्मा पनि घरकी एक्ली छोरी हुन् । उनका पनि दाजुभाई छैनन् । पूजाले आफू परिवारको एक्लो सन्तान भएका कारण पनि हुनसक्छ सानैदेखि निकै नै पुलपुल्लिएर हुर्केको बताउँछिन् । तिहारको समयमा उनी रानी पोखरी जान्छिन् । रानी पोखरीमा गएर तिहार मनाउने उनी पोहोर साल भुईचालो आएपछि भने त्यहाँ नगएको जानकारी पनि फर्सीनेटवर्कलाई दिएकी छिन् ।


शिल्पा पोख्रेल
अभिनेत्री शिल्पा पोख्रेल पनि दाजु भाई नहुने अभिनेत्रीमा पर्छिन् । घरको जेठो सन्तानको रुपमा जन्मेकी उनकी एक बहिनी छिन् सोनिया । शिल्पा दाजुभाई नभएपनि तिहारमा खाली हात बस्नु पर्दैन । उनले निर्देशक विकाश रौनीयारलाई दाई मानेकी छिन् । उनी तिहारमा उनैलाई टिका लगाउने गर्छिन् ।


श्रेया कार्की
बाग्मती अभिनेत्री श्रेया कार्की पनि दाजुभाई नहुने अभिनेत्री हुन् । उनीका एक दिदी शितल र एक बहिनी श्रेयुत्ता छन् । तिहारमा आफूहरु एकअर्कालाई टीका लगाएर रमाईलो तरिकाले मनाउने गरेका जानकारी श्रेयाले हामीलाई दिएकी छिन् । उनीहरुले नै एकअर्कालाई दाजूभाईकोे आवश्यकता पुरा गरिरहेका छन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..