TOP Ad
AD_ Wide Top

बाउआमाको बिडो धान्ने नेपाली कलाकार

२६ असार ,२०७३  |   Forseenetwork


बाउआमाको बिडो धान्ने नेपाली कलाकार

छोराछोरीका लागि आमा बाबाले गरेको काम रमाइलो र रोचक लाग्नु कुनै आश्चर्यको कुरा होइन । त्यसैले पनि पत्रकारका छोराछोरी पत्रकार, वीज्नेस म्यानका छोराछोरी विज्नेस म्यान या वोमन भने जस्तै कलाकारका छोराछोरी कलाकार हुनु सामान्य हो । आज हामी कलिउड कलाकारका छोराछारीका बारेमा चर्चा गर्दैछौं जो आफ्नो अभिभावककै पदमार्गमा हिंडे ।

anmol-kc-dreams
अनमोल केसी
तत्कालिन समयमा सबैभन्दा रुचाईएका र सबैभन्दा धेरै माग भएका अभिनेता हुन् अनमोल केसी । उनलाई एकपछि अर्को फिल्ममा लागि अफरहरु आईरहेका छन् । तर धेरै निमार्ता र निर्देशकले अनमोललाई आफ्नो फिल्ममा लिन सक्ने स्थिति भने छैन । कारण उनी नेपाली सिने बजारका सबैभन्दा महंगा नायक बनिसकेका छन् । सानै उमेर र सिनेमामा प्रवेश गरेको छोटो समयमा नै उनले अपत्यारिलो सफलता हात पारे । सिनेमाको लागि यी स्टारलाई जन्मदिने बाबु आमा पनि सामान्य भने हैनन् । उनीहरुको माग पनि एकताका कम थिएन । अभिनेता भुवन केसी र अभिनेत्री शुष्मीता बोम्जनका छोरा हुन् अनमोल केसी । अनमोललाई सिनेमामा पनि उनकै पिताले प्रवशे गराएका हुन् । फिल्म होस्टेलबाट करियरको सुरुवात गरेका उनी अहिले चक्लेटी नायको रुपमा स्थापित भईसकेका छन । पछिल्लो समयमा ड्रिम्सको काम र त्यसको व्यवसायिक सफलता पछि अनमोलको माग निक्कै बढेको हो । अनमोलले एक फिल्ममा काम गरेको २५ लाख सम्म लिन्छन् । त्यसैले पनि अनमोललाई महंगो हिरो भन्ने गरिएको छ ।

gaurav1
गौरव पहारी
हाल अभिनेता गौरव पहारी पनि एक सफल अभिनेता बन्ने दौडमा छन् । केहि समय अघि मात्रै उनले गाजलुमा गरेको कामबाट निकै नै प्रसंशा बटुले । मन्जरी, होस्टेल, अधकट्टी गाजलु लगायतका फिल्ममा काम गरिसकेका गौरव रंगकर्मी तथा अभिनेता टिका पहारीका छोरा हुन् । टिकाले फिल्म देउता, युगदेखी युगसम्म ,बादल लगायत दर्जनौ फिल्ममा काम गरेका छन् । टिकालाई नेपाली सिनेमाका भिलेनका रुपमा पनि चिनिन्छ ।
बाल्यकालमा गौरवलाई आफ्नो बुवाले भिलेनको रोल गरेको हेर्दा बुवा साँच्चै भिलेन हो कि भैmं लाग्ने गथ्र्यो– यो कुरा उनले एक अन्तरवार्तामा बताएका छन् । उमेर बढ्दै जाँदा गौरवले अभिनयका बारेमा बुझ्न थाले । चासो लिए । उनले फिल्म नै पढे पनि । गौरवले मञ्जरी बाट नेपाली सिने जगतमा पाइला टेकेका हुन् ।

salon
सलोन बस्नेत
नेपाली सिनेमाका निर्देशक तथा अभिनेता सोभित बस्नेतका छोरा हुन् सलोन बस्नेत । सलोनले अहिले सिनेमामा रामै्र गरिरहेका छन् । उनी बाल्यकाल देखि नै अभिनयमा सक्रिय छन् । फिल्म बाबु र हामी तीन भाईमा सलोनले बालकलाकार भएर खेलेका छन् । होस्टेल, आभाष, एउटा साथी, सम्बोधन – सलोनले नायक भएर खेलेका फिल्म हुन् । बाबु र हामी तीन भाई बाटै सलोनले प्रशंसा बटुले । बाल्यकाल देखि नै अभिनयमा रुची र आफ्नै बुवा समेत नेपाली सिनेमाका सक्रिय निर्देशक भएका कारण सलोनलाई फिल्ममा डेब्यु गर्न त्यति असहज भएको देखिन्न । हाल उनी एक सफल अभिनेता बन्ने दौड दौडीरहेका छन् । पिताको चर्चा सेलाउँदै गर्दा उनले बस्नेत परिवारको नाम सिने जगतमा कायमै राखेका छन् ।

20120717113452_a33667c03936a756dfc75b4107eac8a1@filmykhabar_com
केकी अधिकारी
म्युजिक भिडीयो गर्दै अभिनयमा प्रवेश गरेकी केकी अधिकारी पनि फिल्मी परिवारबाटै हन् । सयौं म्युजिक भिडीयोमा मोडलिङ गरी सकेकी उनको हालसम्म १३ ओटा फिल्महरु रिलिज भईसकेका छन् । केकीले म्यूजिक भिडियाको जस्तै सफलता फिल्मबाट पनि पाइन् । नायिका केकी अधिकारी फिल्म निर्देशक बद्री अधिकारीकी छोरी हुन् । उनका पिताले फिल्म चक्रब्युह, ज्यान हाजीर छ, आवाज, लडाईँ, ईन्द्रावती फिल्महरु निर्देशन गरेका छन् । केकी अधिकारले पढाई र फिल्मी करियरलाई सगसगै अघि बढाएकी हुन् । सफलताका हिसाबमा केकी पिता भन्दा अघि छन् ।

12360338_1540781712906832_8835972802099085425_n
अनुभव रेग्मी
बालकलाकार भएपनि अनुभनव रेग्मीको चर्चा र माग कुनै स्थापित स्टारको भन्दा कम छैन । उनी सबैको मन मुटुमा बसेका कलाकार हुन् । अनुभवलाई निर्देशक विकास आचार्यले फिल्म नाई नभन्नु ल बाट सिनेमामा ब्रेक दिएका हुन् । नाई नभन्नु ल पछि उनले हालसम्म दजर्नभन्दा धेरै फिल्ममा अभिनय गरेका छन् । अुनभव पनि फिल्मी परिवारबाटै हुन् यो कुरा कतिपयलाई थाहा नहुन पनि सक्छ । उनकी आमा बाबा दुवै जना फिल्ममै सक्रीय छन् । उनकी आमा कविता रेग्मी र उनका पिता प्रायजसो उनकै साथमा देखापर्ने गरेका छन् । सानैदेखि फिल्मकर्मीहरुसँग पारिवारिक चिनजान भएका अनुभवलाई सिनेमामा काम पाउन त्यति गाह्रो भएन ।

20141211080007_21a9985d567fe2cb17f11cb0c17edc7b@filmykhabar.com

सौगात बिष्ट
बालकलाकार सौगात बिष्टले विश्वकै कान्छा निर्देशकका रुपमा गिनिज बुकमा नाम लेखाईसकेका छन् । उनले फिल्म लव यु बाबा निर्देशन गरेका थिए । फिल्मले सफलता पनि पायो । यो फिल्मबाट सौगात र उनकी दिदी संगमले अवार्ड पनि जिते । सौगात कलाकार गजित बिष्टका छोरा हुन् । गजित बिशेष गरी नृत्यका कारण चिनिएका छन् । गजितकी छोरी संगमले पनि राष्ट्रिय चलचित्र अवार्ड पाईसकेकी छिन् । संगमले फिल्म लव यु बाबामा गरेको कामबाट निकै प्रशंसा पनि बटुलेकी थिईन् । गजितले मायाज बार, तोरी लाहुरे, लभ यु बाबा लगायतका फिल्महरुमा अभिनय गरेका छन् ।

samyam
संयम पूरी
प्छिल्लो समयमा चर्चामा रहेका र सबैले मन पाएका अभिनता हुन् संयम पूरी । बाल्यकालदेखि नै अभिनयमा सक्रीय उनले ठूलो भएपछि पनि एक अभिनेताको रुपमा रजाईँ गर्ने छाँटकाँट देखाईसेका छन् । फिल्म पुन्टे परेडबाट नै संयमले चर्चा बटुले । त्यस्तै फिल्म आभाष बाट पनि उनले राम्रो सफलता हात पारे । यति मात्रै नभयर उनलाई फिल्म लव सबले पनि एक सक्षक कलाकारका रुपमा चिनायो । संयम चलचित्र निर्देशक, तथा सञ्चारकर्मी नारायण पूरीका छोरा हुन् ।

Asma DC
आश्मा डि सी
अभिनेत्री तथा सञ्चारकर्मी आश्मा डि सी पनि फिल्मी परिवारकै हुन् । उनका पिता फिल्म निर्मातका साथै एक फिल्मी च्यानलका व्यवस्थापक पनि हुन् । टि भि फिल्मी मनै देखी फिल्मी भन्दै उनका पिताले टि भि फिल्म चलाएका छन् । त्यस्तै पछिल्लो सायमा आश्माले पनि फिल्म क्षेत्रमा राम्रो गरिरहेकी छिन् । उनले आभाष, नाई नभन्नु ल, राम प्यारी लगायतका फिल्ममा काम गरेकी छिन् । उनको अभिनयलाई धेरैले तारिफ गर्छन् ।

20120901125041_4cf409f823a0bc4ad65fbe29ddb6ab04@filmykhabar.com
भावना रेग्मी
व्यवसायिक रुपमा सफल निर्देशक शिव रेग्मीकी छोरी भावना रेग्मी पनि फिल्म क्षेत्रमा सक्रीय छिन् । शिवले łआफन्तबाट नेपाली सिनेमामा निर्देशन यात्रा सुरु गरेका थिए । ए मेरो हजुर, आफ्नो मान्छे, उपहार, पाहुना, सुख दुख लगायत दर्जनौं सफल फिल्महरु निर्देशन गरिसकेका छन् । शिव रेग्मी नेपाली सिने जगतका सफल निर्देशक हुन् । तर, शिवकी छोरी भावनाले भने पिताको जस्तो सफलता पाएकी छैनन् । तर, उनी अभिनय क्षेत्रमा लागिपरेकी छिन् । भावनाले फिल्म सो सिम्पलमा अभिनय गरेकी छिन् ।

ragini_1878838607

रागीनी खड्गी
रागीनीले बालकलाकारबाट अभिनयको थालनी गरेकी हुन् । सगुन, देश परदेश ईश्वर, गोर्खाली रागिनीले बालकलाकार भएर खेलेका फिल्महरु  हुन् । रागिनीले फिल्म प्लान मार्फत नेपाली सिने उद्योगमा पाइला टेकेकी हुन् । रागिनी द्धन्द निर्देशक राजेन्द्र खड्कीकी छोरी हुन् ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..