TOP Ad
AD_ Wide Top

 बजारमा आएको सामाग्री प्रयोग गरी स्तनलाई ठूलो बनाउन सकिन्छ ?, डाक्टर खेम कार्कीको जबाफ

२५ पुष,२०७३  |   Forseenetwork


 बजारमा आएको सामाग्री प्रयोग गरी स्तनलाई ठूलो बनाउन सकिन्छ ?, डाक्टर खेम कार्कीको जबाफ

स्तन सानो र ठूलो के कारणले हुन्छ ?
हामी संसारमा ७ अरब मान्छेको शरीर पनि ७ अरब प्रकारकै हुन्छ । कोही अग्लो, कोही होचो, कोही मोटो, कोही दुब्लो सबै प्रकारका मानिसहरु यो संसारमा छौँ । स्तनको साईज पनि त्यसै अनुसार बनेको हुन्छ । तपाईको प्रश्न अनुसार कसैको स्तन सानो, कसैको स्तन ठूलो हुन्छ । मेरो स्तनको साईज सानो बनाउँछु, ठूलो बनाउँछु भनेर हुने कुरा होइन । यो प्राकृतिक रुपमा हुने कुरा हो । किशोरावस्थामा प्रवेश गर्दा पोषणको कारणले पनि प्रभाव पार्न सक्छ । अर्काे कुरा स्तन वंशाणुगत हिसाबले सानो र ठूलो हुने हुँदा पछि सानो, ठूलो बनाउन सक्ने कुरा हुन्न । मेरो स्तन सानो छ भनेर तपाईले चिन्ता लिनु पर्दैन । स्तन जस्तो भएपनि स्तनले गर्नुपर्ने सबै काम गर्न सक्छ । स्तन सानो हुँदानि समस्या हुन्न, ठूलो हुँदानि समस्या हुन्न ।

विज्ञापनमा भनिएजस्तै बजारमा आएका सामाग्रीको प्रयोगले के साँच्चै स्तनलाई सानो वा ठूलो पार्न सकिन्छ ?
हाम्रो एउटा समस्या के रहको छ भने आफ्नो नराम्रो र अरुको राम्रो देख्ने बानी छ । व्यक्ति आफैले हामी सबै मान्छे राम्रो हौँ र हाम्रो आफ्नो —आफ्नो विषेशता छ, आफ्नै विषेशता अनुसार त्यो व्यक्ति हुर्किन्छ र त्यसै अुनसार जिउँछ भनेर बुझ्न जरुरी छ । स्तनको साईज सानो हुँदैमा यौन तथा प्रजनन् जीवन अथवा स्तनपान कुनै पनि कुरामा असर गर्दैन । स्तन कसैलाई सानो मनपर्छ, कसैलाई ठूलो मनपर्छ । त्यसैले सबैको फरक धारणा भएका कारण आफ्नो सोच अनुसार होस् भन्ने चाहना पनि हुन्छ । त्यसैले आफ्नो शरीरको बनावटबारे सधै सकारात्म सोच राख्नु पर्ने हुन्छ ।

रेडियो, टेलिभिजन, अनलाईनमा आउने विज्ञापनहरु योनी टाईट पार्ने, लिङगको साईज बढाउने भन्ने के यो साँच्चै हो ?
टेलिभिजन रेडियोमा कार्यक्रम नै प्रायोजन गरेर योनी टाईट पार्ने, स्तनको आकार सानो, ठूलो पार्न सकिने अथवा लिङगको साईज बढाउन सकिने भन्ने कुराहरु छन् यो सबै गलत कुरा हो । हार्मोन भनेको दुईपटी धार भएको बस्तु हो एउटालाई बचाउँदा अर्काे काटिन्छ । हार्माेनलाई सकेसम्म प्रयोग गर्दैनौँ । कसैको लाईफलाई नै बचाउनु पर्ने अवस्थामा रिक्स एण्ड वेनिफिटलाई हेरेर हामीले स्टोरइट औषधिहरु चलाउने हो । स्टोरइटहरु प्रयोग गरेर कहिले काही लिङगलाई ठूलो पार्ने कुरामा भ्रम पार्न सकिन्छ । तर त्यो भ्रमै मात्र हो । १०—१५ दिनको औषधि प्रयोग सकिए पछि फेरि आफ्नै अवस्थामा आउँछ । योनी टाईट बनाउने भन्ने यो सबै कुरा भ्रमको खेती हो । जब सम्म हामीले आफ्नो यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा सक्कली स्वास्थ्यकर्मीहरुसंग बुझ्दैनौँ तब सम्म भ्रमको खेतीले ठूलो बजार पाईरहन्छ ।

त्यस्तो सामानको बिकी्र भईरहेको छ र यो कारणले धेरै मानिसहरु ठगिएका छन् । यो सवालमा ४ देखी ५ लाख रुपैयाँको औषधि खानेहरु पनि मैले भेटेको छु । केही सिप नलागेर आत्महत्या गर्नुपर्ने अवस्था सम्म पुग्न खोज्नेहरु पनि हुनुहुन्थ्यो । अहिले सम्म मैले पढेको शास्त्रमा संसारमा आफूलाई जस्तो मनलाग्यो त्यस्तै बनाउने विज्ञानको विकास भएको छैन । जस्तो स्तनको साईज ठूलो छ भने प्लास्टिक सर्जरी गरेर बोसो फालेर सानो बनाउन सक्छौँ तर लिङगको साईजलाई ठूलो बनाउन सक्दैनौँ । सानो भएकोलाई सेलिकोन राखेर ठूलो बनाउन सक्छौँ । सेलीकोन भनेको सामान्य बालुवाको पोका हो । यस्तो केही कस्मेटिक सर्जरीहरु हामी गर्न सक्छौँ । स्थायी रुपमा आफ्नो शरीरमा भएको जस्तै कुराहरु राखेर बनाउन सक्दैनौँ र बजारमा भन्ने कुरा भ्रम मात्र हुन् ।

शिघ्र स्खलन घटाउने , यौन उत्तेजना बढाउने भन्ने विज्ञापन नी ?
शिघ्र स्खलन घटाउने भनेर जुन बजारमा विज्ञापन आएको छ त्यो कुरामा सत्यता छैन । तर राम्रो अस्पताल, डाक्टरकोमा जानु भयो भने शिघ्र स्खलनको उपचार हुन्छ । यौन दुर्वलताको उपचार हुनसक्छ त्यसको आफ्नो तरिका छ । विज्ञापनमा भनेको जस्तै एउटा गोली औषधि खाँदा निको भने हुन्न ।

यो कुरा गलत हो भने स्वास्थ्य मन्त्रालय छ , नियम कानुन छनि खै कुरा उठाएको ?
मानिसको जीवनमा प्रत्यक्ष रुपमा असर गर्ने औषधि होस् या खाद्य पदार्थ कुनै पनि कुराको विज्ञापन गर्न पार्इँदैन । त्यस्तो विज्ञापन गर्दा स्विकृति लिनुपर्ने हुन्छ । विज्ञापनमा भएको सबै कुरालाई सेन्सर गरेर मात्र बारिह ल्याउनु पर्ने हुन्छ । त्यसैले यो विषयमा सबै निकाय सचेत हुन जरुरी छ । यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा छलफल गरेर ऐन अुनसार काम गर्न हामी तयार छैनौँ किन भने यो लाजको विषय भयो, अहिले सम्म खुलेर कुरा गर्न सकिरहेको अवस्था छैन । तर हामी हरेक दिन यो काम गरिरहेका हुन्छाँै । यो लाजबाट जतिबेला हामी मुक्त हुन्नाँै त्यही बेलासम्म भ्रमको खेती फैलिरहन्छ । यो कामलाई दुई नम्बरी धन्दा भन्दा पनि फरक पर्दैन । यस्तो काम गर्ने मान्छेको संख्या दैनिक रुपमा बढिरहेको छ ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित खुल्दुली डट कम समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..