TOP Ad
AD_ Wide Top

गर्भावस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुन्न ?

२० पुष,२०७३  |   For see network


गर्भावस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुन्न ?

 आजको खुलदुलीमा हामीले तपाईको प्रश्न र मेरी साथीको जवाफलाई समेटेका छौँ ।

म १५ वर्षको भएँ मलाई साथीहरुसंग मात्र घुम्न जान मन लाग्छ कतै म बिग्रिन लागेको त होईन ? फेरि मैले संगत गरेका सबै साथीहरु राम्रा छन् ?
१५ वर्ष भनेको किशारावस्थाको उमेर हो । यो निकै संवेदनशील हुन्छ । यो उमेरमा हाम्रो शरीरका अंगहरु परिवर्तन हुने भएको हुँदा तपार्इँलाई यस्तो भएको हो । यो अवस्थामा साथीभाईहरु प्यारो लाग्ने, साथीभाई संग घुलमिल हुन मन लाग्ने यो सबैलाई हुन्छ र स्वभाविक पनि हो । तर तपाईँले गलत साथीहरुसँग संगत गर्नुभयो भने तपाईँको भविष्य अवश्य बिग्रिन्छ । तर तपाईँले म राम्रो साथीको संगतमा छु भन्नु भएको छ । राम्रो र नराम्रो कसरी छुट्याउने भन्ने कुरा तपाईँलाई थाहा हुनुपर्छ । तपाई साथीको लहै लहैमा असुरक्षित यौन सम्पर्कमा लाग्नु भयो भने समस्या तपाईँलाई हुन्छ । साथी बनाउँदैमा यौन सम्पर्क गर्नुपर्छ भन्ने पनि छैन । किशोरावस्थामा यौनको चाहना हुन्छ तर यो कुरालाई स्वभाविक रुपमा लिएर अगाडि बढ्नु राम्रो हुन्छ । जस्तै ड्रक्स खाने साथीलाई तपाई नराम्रो र नखाने साथीलाई राम्रो मान्नु हुन्छ भने साथी—साथीमा कुरा हुँदा यौनको इच्छा होला । यौन सम्पर्क होला । अनि असुरक्षित यौन सम्पर्कबाट एच.आई.भी अर्थात अन्य यौन जन्य रोग लाग्न सक्छ । यस्तो अवस्थामा कुन साथीलाई तपाई राम्रो र नराम्रो भन्नु हुन्छ ? सबै साथीको सबै कुरा राम्रो हुन्न । तर सबैको एउटा न एउटा बानी नराम्रो पनि हुन्छ । त्यसैले सहि अनि गलत के हो त्यो कुरा व्यक्ति आफैलाई थाहा हुनुपर्छ ।

सुदिपको प्रश्न– मेरो श्रीमती गर्भवती भएको दुई महिना भयो यस्तो अवस्थामा हामीले यौन सम्पर्क राख्न हुन्छ कि हुन्न ?
गर्भवती भएको सुरुको तीन महिना यौन सम्पर्क राख्नु भयो भने गर्भपतन हुने सम्भावना निकै हुन्छ । अनि अन्तिमको दुई महिनामा यौन सम्पर्क राख्नु भयो भने तोकिएको समय भन्दा अगाडि बच्चा जन्मने अनि अस्वस्थ्य बच्चा जन्मने सम्भावना हुन्छ । त्यसैले तपाईँले श्रीमती गर्भवती भएको तीन महिना र अन्तीमको दुई महिना यौन सम्पर्क नराख्दानै राम्रो हुन्छ । बीचको समयमा तपार्इँको श्रीमतीलाई यौन सम्पर्क राख्न मन छ की छैन उहाँको इच्छा अनुसार यौन सम्पर्क राख्दा राम्रो हुन्छ । स्वास्थ्य चौकीमा आमा र बच्चाको स्वास्थ्य अवस्था बुझेर यौन सम्पर्क राख्दा राम्रो हुन्छ ।

सन्ध्याको प्रश्न– म अहिले कक्षा ११ मा अध्ययनरत छु । मेरो प्रेमी पनि छ । म मेरो प्रेमीलाई धेरै माया गर्छु तर यो उमेर लभ गर्नको लागि उपयूक्त हो कि होईन ?
लभ भनेको सामान्य होईन । लभमा परेपछि डेटिङ जानुपर्यो । प्रेमीलाई समय दिनुपर्यो नत्र रिसाउनु होला । यस्तो हुँदा तपाईँको ध्यान पढाई भन्दा पनि अर्काे तिर केन्द्रित हुन्छ । लभ र विवाहको लागि त समय हुन्छ नी । तर अहिलेको समय भनेको पढाईको लागि हो । तपाईँले प्रेम अनि पढाई दुबै कुरालाई अगाडि लान सक्नुहुन्छ भने त्यो राम्रो कुरा हो । तर कुन कुरा सहि र कुन गलत भन्ने तपाईले छुट्याउन सक्नुपर्छ ।

इलामको साथीको प्रश्न— म अहिले २५ वर्षको भएँ । मेरो विवाह भएको ६ वर्ष भयो । अहिले मेरो ४ वर्षकी छोरी पनि छिन् । तर अहिले आएर मेरो योनीबाट सेतो पानी बग्न थालेको छ यो के कारण भएको हो ?
सामान्यतया सेतो पानी बग्नु भनेको महिनावारी सुरु हुन लागेको भन्ने बुझ्नु पर्छ । सेतो पानी बग्दैमा गलत नबुझ्नुस । तर सेतो पानी गनाउने छ ? योनी चिलाउछ र योनीको रौँहरु पहेलो र वाक्लो भएको छ भने कुनै यौन रोगको लक्षण हुन सक्छ । यस्तो बेलामा नजिकैको मेरीस्टोप सेन्टर अथवा स्वास्थ्य चौकीमा गएर सल्लाह लिँदा राम्रो हुन्छ । तर तपाईँले यो कुरालाई सामान्य लिनु भयो भने पछि पाठेघर र तपाईको प्रजनन् अङगमा असर हुन सक्छ । त्यसकारण विवाहित हुनुहुन्छ यौनजन्य संक्रमण नहोला भन्न पनि सकिन्न त्यसैले स्वास्थ्य चौकीमानै जाँदा राम्रो हुन्छ ।

सुनिताको प्रश्न— मेरो एक जना पुरुष साथीले मलाई घुम्न जाऊ भनेर लान्छ अनि मलाई चुम्बन गर्न खोज्छ । यो अवस्थामा मैले के गर्ने होला ?
तपाईँको प्रश्न अनुसार तपार्इँ पनि किशोरावस्थामा हुनुहुन्छ जस्तो लाग्छ । किशोरावस्थामा यस्तो हुनु भनेको सामान्य हो । हुनु पनि पर्छ । तर तपाईँ सुरक्षित रहनु पर्छ । कहाँ के गर्ने भन्ने कुरा तपाईँलाई नै थाहा हुनुपर्छ । तपाईले आफ्नो साथीले जे भन्नुभयो त्यही मान्नुभयो भने आज चुम्बन गर्न खोज्ला ,भोली यौन सम्पर्कको प्रस्ताव गर्ला । यी सबै कुरा तपाईँले मान्दै जानुभयो भने भोली तपाईँलाई शारीरिक, मानसिक र सामाजिक रुपमा असर पर्न सक्छ । सबैभन्दा पहिले त्यो कस्तो साथी हो तपाईँले बुझ्न जरुरी हुन्छ । साथीमा किस, हक, आत्मीयता हुन जरुरी छ तर यो सबै कुराको लिमिट भने हुन्छ ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित खुल्दुली डट कम समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..