TOP Ad
AD_ Wide Top

यौन सम्पर्कले प्रेम सम्बन्ध दरिलो हुन्छ हो ? जवाफ डा. खेम कार्की

२८ मंसिर,२०७३  |   Forseenetwork


यौन सम्पर्कले प्रेम सम्बन्ध दरिलो हुन्छ हो ? जवाफ डा. खेम कार्की

कतिपय मानिसहरुलाई यौन समपर्क गरेपछि सम्बन्ध दिर्घ हुन्छ भन्ने लाग्छ । कोही जोडी प्रेममा छ र एकअर्काको साथ छोड्न चाहेको छैन भने यौन समपर्क गरेपछि जीवनभर एक भईन्छ भन्ने धारणाका साथ अघि बढेको सुन्न पाईन्छ । किशोरकिशोरीमा भएको यहि समस्यालाई मध्यनजर गर्दै आज हामीले यौनरोग बिशेषज्ञ डाक्टरखेम कार्कीलाई यसबारे प्रश्न राखेका छौँ   ।

यौन सम्पर्कले प्रेम सम्बन्ध दरिलो हुन्छ हो ?
प्रेम सम्बन्धलाई बलियो बनाउनको लागि यौन सम्पर्क राख्नु पर्छ भन्ने कुरा गलत हो । यौन सम्पर्क भन्दा पनि प्रेम जोडी बीच एक अर्कामा विश्वास छकी छैन । आफूले यौन सम्पर्कको लागि मात्र प्रेम गरेको हो की लाईफ चलाउनको लागि प्रेम गरेको हो, यो कुरा व्यक्ति आफैले बुझ्न जरुरी हुन्छ । प्रेम सम्बन्धलाई दरिलो बनाउको लागि पहिला त तपाईँमा विश्वास र माया हुनु पर्छ । यौन सम्पर्कले प्रेम सम्बन्धलाई दरिलो बनाउने काम गर्छ भन्नु गलत हो । प्रेम सम्बन्ध भनेको त आफ्नो प्रेमी, प्रेमीकालाई कस्तो रुपमा हेर्ने गरेको छ । आफ्नो जीवनलाई कसरी अगाडि लैजाने योजना छ भन्ने कुरामा भरपर्छ ।

हस्तमैथुन भनेको के हो ? हस्तमैथुन गर्दा असर गर्छ की गर्देन ?
कुनै पनि शरीरको अङगहरु चलाएर आनन्द लिने प्रक्रियालाई नै हस्त मैथुन भनिन्छ । हस्त मैथुन महिला पुरुष सबैले गर्छन् । महिलाले योनी र पुरुषले लिङग चलाउनेलाई नै हस्त मैथुन भनिन्छ । महिलाले हस्तमैथुन गर्दा हातको औलामा नङ पालेको छ भने त्यहाँ आखाँले देख्न नसकिने किटाणुहरु बसेको हुन्छ । जसले गर्दा योनी र लिङ्गमा संक्रमण हुन सक्छ । नङले योनीमा घाउ बनाउन सक्छ । यो कुरामा ध्यान दिन जरुरी हुन्छ ।

हाम्रो समाजमा हस्तमैथुन गर्योे भने आँखा देख्दैन, लिङग बाङ्गो हुन्छ । बच्चा हुँदैन, पढेको कुरा आउदैन भन्ने धेरै कुराहरु गर्ने गरेको पाईन्छ । तर यो सबै कुरा भ्रम हो । हस्तमैथुन गरेपछि लिङग बाङगो हुन्छ भन्ने कुरा गलत हो । संसारमा जन्मेका १ सय जना पुरुषहरुमा ९० जनाको लिङग जन्मजातनै बाङगो हुन्छ । यो हस्तमैथुनको कारणले होईन प्राकृतिक रुपमानै यस्तो भएको हुन्छ । हस्तमैथुन गर्ने क्रममा लिङग हेरिने भएको हुँदा बाङगो भएको भन्ने धेरैमा भ्रम रहेको छ । तर हस्तमैथुन गर्दा कडा भएको लिङग भाँचिन पनि सक्छ यो कुरामा विचार गर्नु जरुरी हुन्छ । हस्त मैथुन गर्दा पेट दुख्छ भन्ने कुरा पनि गतल कुरा हो । हस्तमैथुनले शरीरमा कुनै पनि असर गर्दैन ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित खुल्दुली डट कम समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..