AD_ Wide Top

सानो लिङ्गले यौन सन्तुष्टि हुन्छ कि हुन्न ? जवाफ डा. खेम कार्की

२४ मंसिर,२०७३  |   Forseenetwork


loading...
सानो लिङ्गले यौन सन्तुष्टि हुन्छ कि हुन्न ? जवाफ डा. खेम कार्की

खुल्दुली डटकम अन्र्तगत आज हामीले युवा तथा किशोर किशोरीका मनमा उब्जने केही प्रश्नहरु डक्टर खेम कार्कीलाई गरेका छौँ । तपाईँमा पनि यस्ता प्रश्नहरु हुन सक्छन् । त्यस कारण हाम्रा प्रश्नमा र डाक्टर खेम कार्कीको जवाफ अवश्य पढ्नुहोस् ।

सानो लिङ्गले यौन सन्तुष्टि हुन्छ कि हुन्न ?
ठूलो लिङ्ग भयो भने यौन सन्तुष्टि हुने सानो हुदा नहुने भन्ने कुरा गलत हो । धेरैले यर्थाथ कुरा थाहा पाउनु भन्दा पनि भ्रमको भरमा आफूलाई चिन्तामा राख्ने गरेको पनि पाईन्छ । यौन सम्पर्क गर्दा आनन्द आउनको लागि ४ सेन्टीमिटरको लिङ्ग नै प्रर्याप्त हुन्छ । यौन सम्पर्कको क्रममा आनन्द आउने महिलाको स्नायू प्रणाली ४ अथवा ५ सेन्टीमिटर अगाडिको भागमा रहेको हुन्छ । त्यहि स्नायू प्रणालीले हो यौन सम्पर्क गर्दा आनन्द आउने । त्यसैले सानो लिङ्ग हुँदा आनन्द नआउने भन्ने कुरा गलत हो । यौन सम्पर्क गर्ने जोडीबीच हुने माया, खुशी र सहमतीले हो यौन सन्तुष्टि प्राप्त गर्ने । एक जनालाई इच्छा छैन भने त्यो अवस्थामा गरिएको यौन सम्पर्कले सन्तुष्टिभन्दा पनि पीडा हुन्छ ।

महिलालाई भन्दा पुरुषलाई धेरै यौन चाहना हुन्छ भन्छन् नी ?
महिलालाई कम पुरुषलाई धेरै यौन चाहना हुने भन्ने कुरा गलत हो । हाम्रो समाजमा पुरुषलाई जस्तो महिलालाई स्वतन्त्रता छैन । त्यसकारण महिलाहरुले यौन चाहना भएपनि बाहिर देखाउँदैनन् । हुर्केको छोरी, चेलीले यौनका कुरा गर्न थाले भने समुदायमा उनीहरुलाई गलत धारणाले हेर्ने गर्छन् । पुरुषले आफ्नो मनमा लागेको कुरा व्यक्त गर्न सक्ने भएको कारण पुरुषमा धेरै यौन चाहना हुन्छ भन्ने बुझाई सबैमा छ । तर यौन चाहना महिला पुरुष दुवैमा बराबर हुन्छ । महिलाले बाहिरी रुपमा खुलेर व्यक्त गर्न नसकेको कारण कम हुन्छकी भन्ने बुझिएको मात्र हो । शारीरिक रुपमा हेर्ने हो भने महिला पुरुष दुबैमा यौन चाहना र सन्तुष्टी बराबर हुन्छ ।

किशोर अवस्थाको बेलामा लिङ्ग धेरै उत्तेजीत किन हुन्छ ?
किशोर अवस्थामा यौन तथा प्रजनन् अंगहरुको विकास हुदै गईरहेको हुन्छ । यो भनेको प्राकृतिक हिसाबले वंश विस्तार गर्नको लागि शरीर तयार भएको हो । यसै कारणले यौन सम्पर्क राख्न मन लाग्ने, लिङ्ग उत्तेजीत हुने हुन्छ । यो अवस्थामा प्रजनन्को लागि लिङ्ग तयारी भएको हो । यसलाई हामीले गलत तरिकाले बुझ्नु हुन्न ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित खुल्दुली डट कम समाचारहरु


khuldulee.com

धरैले पढेको

testदुई पटक सुहागरात मनाउने नेपाली सेलिब्रेटी, कोही पछुताए कोही रमाए