AD_ Wide Top

पहिलो गर्भपतन पछि यौन चाहना हुन्छ की हुन्न ? डा. खेम कार्कीको जवाफ

१५ मंसिर,२०७३  |   Forseenetwork


loading...
पहिलो गर्भपतन पछि यौन चाहना हुन्छ की हुन्न ?  डा. खेम कार्कीको जवाफ

गर्भपतन पछि पहिलाको जस्तो यौन चाहना हुन्न हो ?
गर्भपतन गराउँदा यौन चाहना नहुने भन्ने होईन जति तपाईमा यौन चाहना थियो त्यतीनै हुन्छ । तर यो शारीरिक, मानसिक समस्या तपाईमा देखियो भने कम हुन सक्ने सम्भावना पनि हुन्छ । त्यो व्यक्ति आफैमा भरपर्नै कुरा हो । यौन सम्पर्क पछि गर्भ रहने हो की भन्ने तपाईको मनमा चिन्ता छ भने पक्कै त्यस्तो हुन्छ । यौन सम्पर्कको कारणले गर्दा मलाई दुख भयो भन्ने सोच तपाईले राख्नुभयो भने यौन चाहना नहुने, यौन सम्पर्क गर्न मन नलाग्ने सम्भावना धेरै हुन्छ । तर यो सबैलाई हुन्छ भन्ने पनि छैन । गर्भपतन गर्ने बेलामा डाक्टर, नर्सहरुले पनि गर्भपतन गर्दा हुने फाईदा र बेफाईदाको बारेमा खासै जानकारी नगराएको हँुदा पनि गर्भपतन गर्ने व्यक्तिहरुमा यस्तो समस्या आएको हुन्छ । सुखी र खुशी जीवनको लागि सम्बन्धित व्यक्तिले पनि राम्रोसंग गर्भपतनको बारेमा जानकारी लिएर गर्नुहोला ।

गर्भपतन पनि सुरक्षित र असुरक्षित हुन्छ र ?
शारीरिक र मानसिक कुनै पनि असर नहोस भनेर चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य संस्थामा गरिएको गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । सुरक्षित गर्भपतन तालिम प्राप्त नर्सबाट गर्भपतनको लागि सूचिकृत गरिएको स्थान जस्तै आवश्यक अनुसारको सबै साम्रागी भएको ठाँउमा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । मान्यता प्राप्त ठाँउमा गरिएको गर्भपतनले महिलाको शरीरमा कुनै पनि असर गर्देन ।
मेडिकलमा जाने, अरुलाई थाहा हुन्छ की भनेर लुकी छिपी बिना सामाग्री, तालिम प्राप्त स्वास्थ्यकर्मी अथवा नेपाल सरकारको मान्यता नभएको ठाँउमा गरिएको गर्भपतनलाई असुरक्षित गर्भपतन भनिन्छ । गर्भपतन गर्ने समयमा पाठेघर धेरै मात्रामा खुर्कीयो भने अर्काे बच्चा हुने सम्भावन कम हुन्छ । यसरी गराएको गर्भपतनले महिलाको स्वास्थ्यमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ ।

गर्भपतन कसरी गरिन्छ ?
सामान्य तया गर्भपतन दुई प्रकारबाट गरिन्छ । ६३ दिनसम्मको गर्भलाई औषधि सेवनबाट गर्भपतन गराउन सकिन्छ । त्यो समय सम्म शिशुको विकास भैसकेको हुँदैन, सानो रगतको डल्लोमात्र बनेको हुन्छ । औषधि सेवन पछि महिनावारीको समयमा ब्लडबाट जान्छ । तर ८ हप्ता भन्दा धेरै सयमको गर्भपतन गराउन सकिन्न । त्यो बेलामा सामान्य औजार अर्थात पाईपको माध्यमबाट पाठेघर भित्र रहेको रगतको डल्लालाई तानिन्छ । यसलाई चिकित्सकको भाषामा एम.वि.ए पनि भनिन्छ । यो माध्ययमबाट १२ हप्तासम्मको गर्भपनत गर्न सकिन्छ । नेपालमा अहिले गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको छ । १२ हप्ता सम्मको गर्भलाई जन्माउन नचाहेको खण्डमा महिला आफ्नै इच्छाले गर्भपतन गराउन सक्छिन् ।

१८ हप्तासम्मको पनि गर्भपतन गराउन सक्नुहुन्छ । तर बलात्कारको कारणले गर्भ रहेको छ भने अर्थात हाड नाता करणीबाट रहेको गर्भलाई पतन गराउन सक्नुहुन्छ । अनि १८ हप्ताको गर्भमा आमा र बच्चालाई जोखिम हुने सम्भावना भएको खण्डमा पनि गर्भपतन गराउन सक्नुहुन्छ । १८ हप्ताको गर्भपतन गराउने मान्यता सबै स्वास्थ्य संस्थाहरुले प्राप्त गरेको हुन्न । निश्चित अस्पतालले मात्र मान्यता प्राप्त गरेको हुन्छ । नेपाल सरकारको स्वीकृत लिएको सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुले सेवा लिन सक्नुहुन्छ ।

गर्भपतनलाई परिवार नियोजनको साधन भन्न मिल्ने की नमिल्ने ?
परिवार नियोजन भनेको औषधिको माध्यमबाट गर्भ रहन नदिने हो । गर्भपतन भनेको गर्भमा रहेको बच्चालाई पाईपको माध्यमबाट बाहिर निकाल्ने प्रक्रिया हो । त्यसकारण परिवार नियोजन र गर्भपतन फरक फरक विषय हुन । गर्भपतन ३ पटक भन्दा धेरै गराउनु भयो भने बच्चा रहने सम्भावन धेरै कम हुन्छ । अनिश्चित रुपमा आएको गर्भलाई मात्र पतन गराउनको लागि हामीले त्यो सुविधा उपभोग गर्ने हो । त्यसैले गर्भपतनलाईं परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्नुहुन्न । सकेसम्म पहिलो गर्भपतन नगराउँदा राम्रो हुन्छ । किनभने पहिलो गर्भपतन गराउनु भयो भने दोश्रो, तेश्रो पटक गर्भरहने सम्भावना कम हुन्छ । त्यसैले पहिलो बच्चा जन्माउनु भनेर चिकित्सकले सल्लाह दिएको हो ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित खुल्दुली डट कम समाचारहरु


khuldulee.com

धरैले पढेको

testसुनिल रावललाई लागेको आरोप सहि हो– प्रकृति श्रेष्ठ