TOP Ad
AD_ Wide Top

सानो उमेरमा यौन सम्पर्क राख्नु उपयुक्त हुन्छ कि हुन्न ? डक्टर खेम कार्कीको जवाफ

२ मंसिर,२०७३  |   Forseenetwork


सानो उमेरमा यौन सम्पर्क राख्नु उपयुक्त हुन्छ कि हुन्न ? डक्टर खेम कार्कीको जवाफ

१८ वर्ष उमेर सम्मको व्यक्तिलाई बालबालीका भनेर परिभाषित गरिएको छ । किन भने १८ वर्ष सम्मको उमेरसम्म हाम्रो शरीरको बृद्धि विकास पूर्ण रुपमा भईसकेको हुँदैन । त्यसैले यो उमेर समूहको व्यक्तिलाई बालबालीकाको समूहमा राखिएको हो । यो उमेरमा शारीरिक,मानसिक विकास हुन्छ । सानो उमेरमा यौन सम्पर्क गर्दा योनाङगमा घाउ हुन सक्छ । यो उमेरमा यौन सम्पर्क गर्दा चोट पटक वा रोगको किटाणु सजिलै सर्न सक्छ । त्यसैले सानो उमेरमा यौन सम्पर्क गर्दा आँखाले देख्न नसक्ने खाले घाउहरु लाग्ने हुँदा रोग सर्ने सम्भावना धेरै हुन्छ । सानो उमेरमा यौन सम्पर्कलाई सुरक्षित बनाउन धेरै गाह्रो हुन्छ । सानो उमेरको यौन सम्पर्क प्राय असुरक्षित हुन्छ । चाहना नहुँदा—नहँुदै गर्भ हन सक्छ । जति यौन आनन्द प्राप्त हुनुपर्ने हो त्यो सानो उमेरमा यौन सम्पर्क गर्दा हुन्न । मानसिक तनाव हुने पनि हुन्छ । गर्भवती हुने होकी भन्ने डरले गर्दा यौन आनन्द प्राप्त नहुने हुन्छ । यस्तो बेलामा यौन सम्बन्धी मानसिक समस्याहरु पनि निम्तीन सक्छन् ।

मनसिक समस्या भएपछि पढ्न मन नलाग्ने । पढाई भएन भने सबै अवसरहरु गुमाउनु पर्ने हन्छ । मानिसको जीवनमा खासै परिवर्तन हुन्न । आफूसंगैको साथीहरुले राम्रो काम गरेको देख्दा नराम्रो लाग्छ । अनि यौनलाई गलत तरिकाले बुझ्न थालिन्छ । सानो उमेरमा यौन सम्पर्क गर्दा गलत भयो भने जीवनमानै समस्या पर्ने कारण त्यो व्यक्तिले पनि आफ्नो साथीलाई यौन सम्पर्क भनेको गर्नु नहुने रैछ पापनै रैछ भन्ने गलत धारणाको विकास हुन सक्छ । त्यसैले सानो उमेरमा विना तयारी हतारियर यौन सम्पर्क गर्न खोज्नुभयो भने धेरै बेफाइदा हुन्छ ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित खुल्दुली डट कम समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..