AD_ Wide Top

घरबाट निकाल्नु पर्ने १० चिज

१० मंसिर,२०७३  |   Forseenetwork


loading...
घरबाट निकाल्नु पर्ने १० चिज

हाम्रो घरमा केही सामानहरु टुटेफुटेका हुन्छन् जसलाई हामी सामान्य रुपमा लिन्छौँ । तर यस्ता सामानहरुले घरको सुन्दरतामा मात्रै हैन आर्थिक रुपमा पनि असर पुर्याईरहेका हुन्छन् । घरमा यस्ता सामानहरु राख्नाले हामीमा आर्थिक शंकट आईपर्छ । त्यसकारण त्यस्ता सामानहरुलाई हटाउन जरुरी हुन्छ । कुन–कुन सामानहरु राख्नुहुँदैन तर घरमा थाहा पाईराख्नुहोस् ।

फुटेको सिसा:घरमा फुटेको सिसा छ भने आजै निकालिहाल्नुहोस् । किनकी यसले आर्थिक शंकट त निम्त्याउँछ नै साथै घरको सदस्यलाई मानसिक तनाव पनि हुन्छ ।

फुटेको भाँडा:घरमा फुटेको वा चर्केको भाँडा राख्नुहुँदैन । यसले पनि आर्थिक शंकट निम्तिन्छ ।

भाँचिएको पलङ्ग:श्रीमान् श्रीमती सुत्ने पलङ भाँचिएको हुनुहुँदैन । भाँचिएको पलङमा सुत्ने दाम्पत्य जोडीको जीवन सुखमय हुँदैन ।

बन्द भएको घडी:घडीको स्थितीले घर परिवारको उन्नति निर्धारण गर्छ । त्यसकारण घरमा फुटेको घडी छ भने परिवारका सदस्यको उन्नति हुँदैन ।

भगवानको टुटेको मुर्ती:धेरै मानिसको मुर्तीहरु प्रति खास लगाव हुन्छ । यस कारण मुर्ती टुटेपछि पनि उनीहरु घरमै राख्ने गर्छन् । तर तपाईँ कहिल्यै पनि यसो नगर्नुहोस् । यसरी टुटेका मुर्तीहरु घरमा राख्नाले आर्थिक शंकट बढ्दै जान्छ ।

टुटेको फर्निचर:घरमा रहेका फर्निचरहरु पनि सहि सलामत हुन जरुरी छ । वास्तुका अनुसार टुटेका फर्निचरहरुले पनि आर्थिक समस्या बढ्छ ।

टुटेको तस्विर:घरमा कुनै टुटेको तस्विर छ भने पनि यसलाई हटाउनुहोस् । नत्र यसले आर्थिक शंकटमात्रै नभयर दुर्भाग्य पनि बढ्छ ।

बिग्रेका बिधुतिय सामाग्री:घरमा यदि कतै टुटेको वा फुटेको बिधुतिय सामान छ भने यसलाई पनि घरबाट निकालिहाल्नुहोस् । यसले पनि हामीलाई आर्थिक शंकटमा पारिदिन्छ ।

टुटेको ढोका:यदि घरमा कुनै ढोका वा झ्याल टुटेफुटेको छ भने यसलाई मर्मत गरिहाल्नुपर्छ । भनिन्छ, ढोका फुटेको घरमा लक्ष्मीले प्रवेश गर्दिनन् ।

बन्द भएको पेन:घर वा अफिसमा कहिल्यै पनि फुटेको वा लेख्न छाडेको कलम राख्नु हुँदैन । यसले तपाईँको करिअरमा समस्या पार्छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित जीवनमन्त्रहरु


khuldulee.com

धरैले पढेको

testसुनिल रावललाई लागेको आरोप सहि हो– प्रकृति श्रेष्ठ