AD_ Wide Top

कपाल पातलो हुने पुरुषले गर्न नहुने १० गल्ती

१९ मंसिर,२०७३  |   Forseenetwork


loading...
कपाल पातलो हुने पुरुषले गर्न नहुने १० गल्ती

प्राय हामी सबैजना कपाल झर्ने समस्याबाट पीडित छौँ । यसबाट मुक्ति पाउनको लागि धेरै उपायहरु अपनाएका हुन्छौँ । ती मध्ये कति उपायहरु सफल हुन्छन् त कति असफल । हामीले अपनाएका ती उपायहरुले कपाललाई थाहा नहुने गरि हानी पुर्याएका हुन्छन् । बिशेष गरि कपाल कम भए पुरुषहरु बढी तनावमा हुन्छन् । निधारको अगाडिको भाग धेरै खुलेको र पछाडिको कपाल पनि पातलो भएका कारण पुरुषहरु तनावमा हुन्छन् । आज हामी पातलो कपाल हुने पुरुषहरुले गर्न नहुने १० गल्तीका बारेमा जानकारी दिँदैछौँ ।

१ दिनहुँ स्याम्पु
दिनहुँ स्याम्पुको प्रयोग नगर्नुहोस् । किनकी दिनहुँ स्याम्पु प्रयोग गर्नाले स्याम्पुमा भएको रसायनले कपाललाई क्षति पुग्छ ।
२.एकैपटक धेरै प्रोडक्ट प्रयोग नगर्नुहोस्
यदि कपाल उमार्ने चक्करमा तपाईँ धेरै प्रोडक्टहरु एकैपटक प्रयोग गर्दै हुनुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ । धेरै प्रोडक्ट प्रयोग गर्नाले तपाईँको कपला बाक्लो हुनुको साटो झर्ने समस्या बढ्छ ।

३ हेयर ड्रायरको प्रयोग हानिकारक
हेयर ड्रायरको प्रयोग सकेसम्म नगर्नुहोस् । यसले कपाल झर्ने, टुक्रिने हुन्छ ।

४.कपाल जरैदेखि नकाट्नुहोस्
सबै कपाल एकैपटक जरैदेखि काट्दा कपाल बाक्लो हुन्छ भन्ने सोच पनि गलत हो । त्यस कारण यस्तो नगर्नुहोस् ।

५.धेरैपटक कपाल नकोर्नुहोस्
पटक पटक कपाल नकोर्नुहोस् । यस्तो गर्नाले कपाल झर्छ ।

६.कपाल कलर नगर्नुहोस् ।
कपाल कलर गर्नाले कलरमा भएको रसायनले कपाललाई क्षति पुग्छ । कपाल टुक्रिने झर्ने हुन्छ ।

७.जोडले कपाल नपुछ्नुहोस्
कपाललाई हल्का रुपमा टावेलले पुछ्नुहोस् । यसलाई जोडले पुछ्दा कपाल झर्ने सम्भावना हुन्छ ।

८.दाह्रीको ध्यान राख्नुहोस्
कि दाह्री कत्ति पनि नराख्नुहोस् कि त पूरै राख्नुहोस् । हल्का दाह्री राख्नुभयो भने मानिसहरुको ध्यान तपाईँको पातलो कपाल तिर जान्छ ।

९.कपाल लामो नबनाउनुहोस्
पातलो कपाललाई बाक्लो देखाउनको लागि कपाल लामो बनाउने बानी पनि कतिपयको हुन्छ । तर कपालको लम्बाई लामो बनाएपछि कपाल झन् पातलो देखिन्छ । त्यस कारण कपालको लम्बाई छोटो राख्नुहोस् ।

१०.क्याप नलगाउनुहोस्
कतिपय मानिसहरुको बानी कपाल पातलो छ भनेर लुकाउनको लागि क्यापको प्रयोग गर्ने हुन्छ । यस्तो गर्नाले कपाल झर्छ । किनकी कपाललई फ्रेस हावाको आवश्यकता पर्छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित जीवनमन्त्रहरु


khuldulee.com

धरैले पढेको

testदुई पटक सुहागरात मनाउने नेपाली सेलिब्रेटी, कोही पछुताए कोही रमाए