TOP Ad
AD_ Wide Top

मोटाउन चाहनेलाई,जाडो महिनामा मोटाउने सजिलो तरिका



मोटाउन चाहनेलाई,जाडो महिनामा मोटाउने सजिलो तरिका

गर्मीमा भन्दा खाना रुच्ने भएको हुँदा मोटाउनको लागि परफेक्ट समय जाडोलाई मानिन्छ । समयको फाईदा उठाउँदै तपाईँ मोटाउन चाहनुहुन्छ भने यो समयमा खानामा ध्यान दिनुहोस् । तौल बढाउनको लागि हाई प्रोटिनयुक्त खानाको आवश्यकता पर्छ । दिनमा हामीले मुख खाली नराखी केही न केही खाईरहने गर्नाले हाम्रो तौल बढ्छ । आज हामी मोटाउन चाहनेहरुका लागि केही खानेकुराहरुको बारेमा जानकारी दिँदैछौँ ।

उमारेको गेडागुडी:-उमारेको कालो चना र मुंगलाई बिहान बिहान खायो ने तौल बढ्छ ।

आलू र भात:-भात र आलूमा कार्बोहाईड्रेटको मात्रा धेरै हुन्छ । यसले पनि तौलल बढाउन मद्दत गर्छ ।

सोया प्रोडक्ट:-सोया मिल्क, बरी र पनिरमा पनि प्रोटिनको मात्रा धेरै हुन्छ । यसलाई रेगुलर डाईटको रुपमा लिन सकिन्छ ।

फलफूल:-केरा, कालो अङ्गुर, मौसम जस्ता फलफूलहरु धेरै हेल्दी हुन्छन् । अंगुर र केराले तौल बढाउन मद्दत गर्छन् ।

डेरी प्रोडक्ट:-क्रिम मिल्क, घ्यू, बटर, पनिर, लस्सी र मिल्क शेक जस्ता डेरी प्रोडक्टले पनि तौल बढाउन मद्दत गर्छन् ।

ब्यालेन्स डाईट:-दिनहुँ हेल्दी र ब्यालेन्स डाईट फूड खानाले पनि तौल बढ्न सक्छ ।

दाल:-दालमा प्रोटिनको मात्रा बढी हुन्छ । खानामा दालको मात्रा बढाउनु भयो भने तपाईँको मोटोपनि पनि बढ्छ ।

ड्राई फ्रुटस् :-बदाम, किशमिश, काजू, बदाम जस्ता ड्राईफुडले पनि तौल बढाउँछ ।

फलफूल र शेक:-फलफूल र शेकमा धेरै क्यालोरी हुन्छ । यसले शरीरमा  फ्याट बढाउन मद्दत गर्छ ।

होल ग्रेन:-नास्तामा ओटमिल र डाईटमा साबुतको मात्रा बढायो भने पनि तौल बढ्न सक्छ ।

राजमा :-राजमामा क्यालोरी र प्रोटिनको मात्रा धेरै हुन्छ । यसले पनि तौल बढाउन मद्दत गर्छ ।

माछामासु अण्डा:-अण्डा, चिकेन र माछामा प्रोटीको मात्रा धेरै हुन्छ । यसको प्रयोगले पनि तपाईँ मोटाउनु हुन्छ । तर रातो मासुको प्रयोग भने गर्नुहुँदैन ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित जीवनमन्त्रहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..