AD_ Wide Top

धुम्रपान गर्ने महिलामा बाझोपनको सम्भावन धेरै

८ कात्तिक,२०७३  |   Agency


loading...
धुम्रपान गर्ने महिलामा बाझोपनको सम्भावन धेरै

पछिल्लो समय महिला आफ्नो करिअर बनाउने अनि मात्र विवाहगर्ने योजनामा जीवनका केही दशक बिताउँछन् । केही विवाहपछि पनिआफू आमा बन्नको लागि उपयुक्त समय भएको छैन भन्दै ढिला बच्चा जन्माउने गर्छन् । ब्रिटिस प्रेग्रेन्सी एडभाइजरी सर्भिसको एक अध्ययनका अनुसार ढिला बच्चा जन्माउने योजना बनाएको महिलामा कमै मात्र बच्चा हुने गरेको पाईएको छ । उमेर ढल्केका कारण ढिलो बच्चा जन्माउने महिलामा बाझोपनको समस्या धेरै हुने गरेको हो । विश्वमा दुई तिहाई महिलामा करिअरको कारण सन्तान जन्माउने साइत नै जुरेको छैन । महिलामा बाझोपनको कारणले हुन्छ त आज हामीले यो विषयमा एक सामाग्री तयार पारेका छौँ ।

यौनजन्य रोगबाट जोगिनुहोस्
महिलाकोउर्वरता सम्बन्धी एक तिहाइ समस्या एसटिडी अर्थात यौनजन्य समस्याबाट हुने गरेकोपाईएको छ । यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको अनिसमयमै उपचार गरिएनभने यसले महिलाको अण्डालाई पाठेघरसम्म पुर्याउने ट्युबलाई रोकिदिन्छ । यो अवस्थामाआफ्नो यौन पार्टनरसंग मात्रशारीरिक सम्पर्क गर्दा पनि यौनजन्य रोगबाट रोग लाग्ने भएकोले नियमितआफ्नो स्वास्थ्य जाँच गराउँदा राम्रो हुन्छ ।

धुम्रपान गर्नुभएको छ भने आजै छाडिदिनुस्
धुम्रपानकै कारण संसारमा १३ प्रतिशत महिला निसन्तान हुने गरेका छन् । महिला आफ्नो साबिक उमेर भन्दा १० वर्ष बुढी पनि देखिने गरेको छ । किशोरावस्थामा चुरोट खाँदा सन्तान जन्माउने बेलामा आफुलाई समस्या हुन्छ कि हुँदैन भन्ने कुराको बारेमा कुनै पनि जानकारी हुन्न । तर त्यही बेलाको समस्या पछि देखिन सकिन्छ । धुम्रपान गर्ने र नगर्ने महिलाको तुलनामा धुमपान गर्ने महिला ३० प्रतिशत बढी बाझोपन हुने गरेको पनि तथ्याङमा उल्लेख गरिएको छ । धुम्रपान गर्ने महिलालाई गर्भवती बन्नको लागिनै कम्तीमा पनि ३ वर्ष लाग्ने जनाएको छ । धुम्रपानले अण्डा उत्पादनमा नकारात्मक असर पार्छ । धुमपानको असरले महिलाको अण्डा निष्कासनगर्न बाधा पुर्याेउनुका साथै पाठेघर भित्रबच्चालाई सुरक्षित राख्ने पत्रपातलो हुँदै जान्छ । त्यस्तै धुम्रपानगर्ने महिलाको महिनावारी अरु महिलाको भन्दा तीनवर्ष अगाडिनै रोकिन्छ ।

अकुपन्चरले तपाईलाई मदत गर्छ
अकुपन्चरको शरीरमा नियन्त्रणात्मक प्रभाव हुन्छ र महिला उर्वरतालाई पनि संरक्षण गर्छ । यसले आइभिएफ गर्ने महिलाको अण्डा निष्कासन प्रक्रिया सहजगर्ने र महिनावारी हुने बेला पीडा न्यूनगर्ने विभिन्न अध्ययनले देखाएका छन् । अकुपन्चरले मानिसलाई खुसी बनाउने न्यूरो केमिकल निष्कासन गर्न पनि सहयोग पुर्याउँछ ।

साधारण खाना खानुहोस्
शरीरको फ्याटलाई सन्तुलीत राख्दा स्वास्थ्य राम्रो हुन्छ । कमतौल र न्यूनतौल दुवै कुराले बाझोपन हुने सभ्भावना हुन्छ । तपाईंलाई मनपर्ने व्यायाम गर्नुहो् । साथै पोषणयुक्त खानेकुरा खानुहोस् । खानालाई सकेसम्म प्राकृतिक अवस्थामै खाँदा स्वास्थ्यको लागि राम्रो हुन्छ । मोटो महिलाको सेक्स हर्माेन दबिने हँदा उर्वरतामा समस्या आउन सक्छ । त्यस्तै न्यूट फ्याट भएमा पनि अण्डा निष्कासन प्रक्रियामा असर हुन्छ । तपाईले भोजनमा स्वस्थ र पोषणयुक्त खानेकुरा माछा,पर्याप्त सागपात र गेडागुडी खाँदा राम्रो हुन्छ । तपाईको मदिरा पिउने बानी छ भने आजनै त्याग्दा राम्रो हुन्छ । यसले बाँझोपन हुनुका साथै पाठेघरमा समस्या ल्याउँछ । किशोरावस्थामा मदिरा पिउनु भएको छ भने महिनावारीमा पनि समस्या हुन्छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित जीवनमन्त्रहरु


khuldulee.com

धरैले पढेको

testविहे विदेशमा भोज नेपालमा : विदेशीसँग लगनगाँठो कस्ने ८  नेपाली सेलिब्रेटी जोडी