chakka panjaa
AD_ Wide Top

नुहाउने समयमा ध्यान दिनु पर्ने ८ कुरा

२ कार्तिक,२०७३  |   Agency


loading...
नुहाउने समयमा ध्यान दिनु पर्ने ८ कुरा

नुहाउने समयमा हामी केही गल्तीहरु गर्छौँ जसले हाम्रो छालामा नराम्रो असर पारेका हुन्छन् । जुन गल्तीहरुबाट हामी अनविज्ञ हुन्छौँ । आज हामी नुहाउने समयमा ध्यान दिनुपर्ने केही बानीका बारेमा चर्चा गर्दैछौँ जसलाई तपाईँले त्याग्नु नै उचित हुन्छ ।

धेरैबेर स्क्रब गर्नु
छालामा धेरैबेर स्क्रब गर्नुपनि हानिकारक हुन्छ । केहि मानिसहरुको गोरो देखिने चक्करमा बडी स्क्रबले लामो समयसम्म स्क्रब गर्ने बानी हुन्छ । तर यस्तो गर्नु राम्रो होईन । किनकी लामो समयसम्म स्क्रब गर्नाले ईन्फेक्शन हुने समस्या हुन सक्छ ।

बाथरुममाबडी स्क्रब छोड्नु
बडी स्क्रबलाई नुहाईसकेपछि बाथरुममा छोड्नु एकदमै नराम्रो बानी हो । यसलाई छोडेपछि यसमा बाथरुममा भएका ब्याक्टेरियाहरु सर्न सक्छन् ।

धेरै तातो र धेरै चिसो पानीको प्रयोग
धेरै तातो र धेरै चिसो पानीले पनि नुहाउनु हुँदैन । यस्तो गर्नाले हाम्रो स्किन टिस्युजहरु ड्यामेज हुन सक्छन् ।

नुहाईसकेपछि स्किन मोइश्चर
नुहाईसकेपछि शरीरमा स्किन मोईश्चर कम हुने भएकाले मोईश्चराईजर लगाउन बिर्सनु हुँदैन ।

एक्सरसाईज पछिको नुहाई
एक्सरसाईज गरेको केही समयमै नुहाउने बानी तपाईँमा छ भने आजै हटाईहाल्नुहोस् । किनकी एक्सरसाईज गरेको केही समयमै नुहाउनाले ज्वरो आउने, रुघाखोकी लाग्ने हुनसक्छ । त्यस कारण एक्सरसाईज गरेको कम्तिमा पनि एक घण्टापछि मात्रै नुहाउनु राम्रो हुन्छ ।

नुुहाउनु भन्दा पहिले सेविङ्ग
नुुहाउनु भन्दा पहिले सेविङ गर्नु पनि हुँदैन । प्राय मानिसहरुको बानी नुहाउनुभन्दा अगाडि हात खुटटामा सेविङ्ग गर्ने बानी हुन्छ । हामीले नुहाउनु भन्दा अगाडि नै सेविङ्ग गर्यौँ भने हाम्रो छाला सुख्खा हुन्छ । जसका कारण नुहाईसकेपछि मात्रै सेविङ वा वाक्सिङ गर्नु राम्रो हुन्छ ।

टावेलले रगड्नु 
टावेलले धेरै रगड्नु पनि शरीर वा कपालको लागि हानीकारक हुन्छ । टावेलले धेरै रगड्दा छालालाई सुख्खा बनाउनुका सुाथै कपाल झर्ने समस्या निम्त्याउन सक्छ । त्यसकारण हल्का तरिकाले पुछ्नु नै राम्रो मानिन्छ ।

दिनहुँ श्याम्पु प्रयोग
धेरैजस्तो श्याम्पुहरु रसायनयुक्त हुने भएकाले दिनहुँ प्रयोग गर्दा हाम्रो कपालका जरामा असर पर्छ । जसका कारण कपाल सुख्खा हुने र फूल्ने समस्या हुन सक्छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित जीवनमन्त्रहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..