AD_ Wide Top

निद्रा लाग्दैन भने अपनाउनुहोस् यी उपाय

२ कार्तिक, २०७३  |   Agency


loading...
निद्रा लाग्दैन भने अपनाउनुहोस् यी उपाय

स्वस्थ रहनका लागि सबै भन्दा ठूलो भूमिका निन्द्राको हुन्छ । स्वस्थतन र मनका लागि मीठो र गहिरो निन्द्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाईएन भने डायबेटिक,डिप्रेसन हुनुका साथै तौल बढ्ने समस्या देखा पर्दै जान्छ । आज हामी तपाईँलाई निन्द्रा नलाग्दा अपनाउनु पर्ने उपायहरु बताउँदैछौँ–

चिया कफी कम गर्नुस
दिउँसो चिया,कफी जस्ता क्याफिनजन्य पेय पदार्थ खाने गर्नुभएको छ भने दिउँसो २ बजेपछि यस्ता पेय पदार्थ पिउन छोड्दिनुहोस् । राती सुत्नुअघि चिया र कफी खाने बानी छ भने तत्काल आफ्नो बानीलाई सुधार्नुहोस् । किनकि, निद्रा नलाग्ने समस्या भएका मानिसका लागि विशेष गरेर कफी घातक मानिन्छ ।

स्वास्थ्यको लागि हेभी डिनर नलिदानै राम्रो
डिनरमा हेभीखाना खाने गर्नुभएको छ र पेट डम्म बनाएर अघाउँनी बानी बसाल्नु भएको छ भने तपाईको बानी सुधार्नु पर्ने हुन्छ । रातीको खानामा तरकारी,दाल,फलफूल,सलाद,दुध जस्ता खाना उपयुक्त मानिन्छन् । जसले तपाईलाई मीठो निद्रा लाग्नमा सहयोग पुर्याउनुका साथै स्वास्थ्यको लागि पनि फाईदा जनक हुन्छ ।

सुत्नु अघि मदिरा नपिउनुस्
कतिले मदिरा पिउँदा मीठोे निन्द्रा लाग्छ भनेर सुत्नु अघि पिउने गर्नुहुन्छ । तर यो गलतहो । यसले तपाईँलाई छिट्टै निद्रा त लाग्छ, तर तपाईँको निद्रा केही घण्टा पछिनै भंग हुन्छ । छिन—छिनमा बिउँझिने समस्या हुन्छ । यस्तै निद्रान लागेको झोकमा बढी मदिरा लिने गर्नुभएको छ भने आजैदेखि घटाउनुहोस् । डेढ र बढीमा दुई पेग भन्दा बढी मदिरा नलिनु होला ।सकेसम्म मदिरा छाड्नु भयो भने तपाईँको स्वास्थ्यको लागि उपयुक्त हुन्छ ।

तपाई सुत्ने कोठामा मधुरो बत्ती राख्नुस्
चर्काे प्रकाशमा सुत्दा निदाउन समय लाग्न सक्छ । तसर्थ बेडरुममा मधुरो प्रकाशको बन्दोबस्तगर्नुहोस् ।जसले गर्दा तपार्इँलाई मीठोनिद्रा लाग्छ ।

ओछ्यानमा मोबाइल नचलाउँदा नै राम्रो
सुत्ने बेलामा बेडमा पल्टिदा मोबाइन चलाउँदा नै राम्रो हुन्छ ।तपाईको त्यस्तो बानीछ भने आफूलाई बदल्नुस् । मोबाइल चलाउँदा तपाईँ यसैमा अलमलिनु हुन्छ र निद्रा लाग्न पाउँदैन । सुत्ने बेलामा मोबाइल अनिवार्य रुपमा साइलेन्स मोडमा राख्दानै राम्रो हुन्छ ।

समय तालिका बनाउँदा राम्रो
सुत्ने र उठ्ने समय तालिका अनाउनुस् र यसलाई भरिसके पालना गर्नुस् । सधै एउटै समयमा सत्ने र उठ्ने बानी बसाल्न सक्नुभयो भने अनिद्रा समस्या बिस्तारै हट्दै जानेछ ।

सुत्नु अघि कसरत गर्नु हुँदैन
कसरत गर्नु राम्रो हो । तर सुत्नुभन्दा ठीक अघि गर्नु स्वास्थ्यको लागि राम्रो होईन । यसले शरीरमा रक्तसंचारलाई तीव्र गरिदिन्छ । जुन सामान्य अवस्थामा फर्किन समय लाग्छ । यसले तपाईको निद्रालाई पर धकेल्ने गर्छ । त्यही भएर बेलुकाको कसरत र सुत्ने समय बीच चार घण्टाको ग्याप राख्नु राम्रो हो ।

गहिरो सास लिने गर्नुस्
फूर्सदमा गहिरो र लामो सास फेर्ने गर्नुहोस् । यसले शरीरमा अक्सिजनको इन्टेक बढाउँछ जसले गर्दा राती मीठो निद्रा पर्छ । गहिरो सास लिने गरेमा मुटुको धड्कन सुन्तुलनमा आउने र उक्तचापको बिरामीलाई राम्रो हुने गर्छ । गहिरो सास लिँदा दिमागमा इन्डोर्फिन नामक रसायन उत्सर्जन हुन्छ । जसले तपाईँलाई तनावरहित बनाएर मीठोसँग निदाउने अवस्था सिर्जना गरिदिन्छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित जीवनमन्त्रहरु


khuldulee.com

धरैले पढेको

testसुनिल रावललाई लागेको आरोप सहि हो– प्रकृति श्रेष्ठ