AD_ Wide Top

एकअर्कालाई देख्न पनि सक्दैनन् यी बलिउड सेलिब्रेटीहरु

बैशाख १९,२०७३  |   Agency


loading...
एकअर्कालाई देख्न पनि सक्दैनन् यी बलिउड सेलिब्रेटीहरु

बलिउडका धेरै सेलिब्रेटीहरुबिच राम्रो सम्बन्ध छैन । कसैको के कारण कसैको के कारण सम्बन्ध बिग्रीरहेको हुन्छ । कती कामको प्रतीस्प्रधामा एकअर्कालाई दुश्मन देख्छन् भने कतीले कामभन्दा बाहीरका कुरामा । आज हामी बलिउडमा चर्चित सेलिब्रेटीहरुको बिग्रेको सम्बन्धलाई कोट्याउँदैछौ । जसले एकअर्कालाई देख्न पनि मन पराउँदैनन् ।

अनुश्का शर्मा र दिपिका पादुकोण
अनुश्का शमौ र दिपिका पादुकोण्को सम्बन्ध पनि राम्रो छैन । उनीहरु एकअर्कालाई मन पराउँदैनन् । करियरको सुरुवात देखी नै उनीहरु एकअर्काका प्रतिद्ध्वंदी हुन् । बिशेषगरि यी दुई बिच मन मुटाव हुनुको कारण थिए अभिनेता रणवीर सिंह । किन की रणवीर पहिले अनुश्काका व्वाफ्रेण्ड थिए पछि दिपिकाका बने । यहि कारण उनीहरुको सम्बन्ध हालसम्म पनि राम्रो छैन ।

aishwarya-rai_1462017210
ऐश्वर्या राय र रानी मुखर्जी
प्हिले ऐश्वर्या र रानी मुखर्जीको राम्रो मित्रता थियो । तर फिल्म चलते चलतेमा रानीले ऐश्वर्यालाई रिप्लेस गरिन् । यहि कारण ऐश्वर्या रानीसँग रिसाईन् । एक फिल्मका कारण आजसम्म पनि ऐश्वर्या रानीलाई मन पाराउँदिनन् ।

madhuri-dixit_1462017210
श्री देवी र माधुरी दिक्षीत
माधुरी दिक्षीत र श्री देवी करियरको सुरुवात देखी नै एकअर्काका प्रतिद्ध्वन्दी हुन् । उनीहरु आज पनि एकअर्कालाई मन पराउँदैनन् । उनीहरुलाई कहिल्यै पनि सँगै देख्न पाईएको छैन ।

                        

सलमान र ऐश्वर्याsalman-khan_1462017211
एकसमय सलमान र ऐश्वर्या एकअर्कालाई चाहन्थे । मन पराउँथे ।

तर अहिले उनीहरु कुनै पार्टी वा शिेष ईभेन्टहरुमा भेट भईहालेपनि एकले अर्कालाई देखेको नदेख्यै गर्छन् । उनीहरु लामो समयसरम्म एकअर्काको प्रेममा थिए । अन स्क्रीन र अफ स्क्रीन उनीहरु बलिउडमा चर्चीत जोडी मध्येका एक थिए ।तर पछि गएर उनीहरुको ब्रेकअप भयो । यहि कारण उनीहरुको सम्बन्ध राम्रो छैन ।

katrina-kaif_1462017210

कटरीना र दिपिका
कटरीना कैफ र दिपिका पादुकोणको पनि त्यती राम्रो सम्बन्ध छैन । उनीहरुको सम्बन्ध बिग्रनुमा रणवीर कपुरलाई जिम्मेदार मानिन्छ ।

sonam_1462017362
सोनम कपुर र ऐश्वर्या राय
सोनम कपुर र ऐश्वर्या पनि एकअर्कालाई मन पराउँदैनन् । यसको कारण हो एक कस्मेटीक ब्राण्ड । सोनमले केहि लिडिङ कस्मेटीक ब्राण्डमा ऐश्वर्यालाई रिप्लेस गरेकी छिन् । यो कुरा ऐश्वर्यालाई मन परेन र सोनमसँग रिसाईन् । त्यस्तै एक पटक एक कार्यक्रममा सोनमले ऐश्वर्यालाई आंटी भनेकी थिईन् । यहि कारण पनि एश्वर्या सेनमलाई मन पराउँदीनन् । केहि बिज्ञापन र शोहरुमा सँगै देखिएपछि उनीहरुको सम्बन्ध खासै राम्रो छैन ।

priyanka-chopra_146201758
अक्षय कुमार र प्रियंका चोपडा
एकताका अक्षय कुमार र प्रियंका चोपडाको अफेयरको चर्चाले बलिउड निकै तात्यो । केहि फिल्ममा उनीहरुले सँगै काम गरेका छन् । फिल्म वक्तको क्रममा प्रियंका र अक्षयाो अफेयरको चर्चा चलेको हो । यो चर्चा अक्षयकी पत्नी ट्वीङकलको कानसम्म पुग्यो । जसका कारण उनी पति अक्षयसँग रिसाईन् । त्यो समयमा अक्षयले पत्नीको ईच्छा अनुसार प्रियंका सँग कुनै पनि फिल्ममा काम नगर्ने निर्णय लिए ।

govinda_1462017210 (1)
डेवीड धवन र गोवींदा
अभिनेता गोवींदा र फिल्म निर्माता डेवीड धवनको सम्बन्ध पनि राम्रो छैन । उनीहरुले सँगै केहि फिल्ममा काम पनि गरेका छन् । तर जानकारी अनुसार गोवींदालाई डेवीड पटक्कै मन पर्दैनन् । किन की जब गोवींदको करियरमा उतारचढाव थियो, त्यस बखत डेवीडले उनलाई साथ दिएनन् । एक अन्र्तवार्तामा गोवींदले बताएका थिए ,आफूलाई दुख परेको समयमा डेवीडले उनलाई साथ दिएका थिएनन् ।

sonam-kapoor_1462017209
सोनम र दिपिका
सोनम कपुरको पहिलो फिल्म साँवरिया र दिपिकाको पहिलो फिल्म ओम शांती ओम २००७ मा सँगै रिलिज भएका थिए । त्यसबखत देखी नै यी दुई प्रतिद्ध्वंदी हुन् । एक पटक उनीहरु टिभी शोमा सँगै देखा परेका थिए । तर पछि सोनम एक्लै आउँदा दिपिकोको स्टाईल सेंसमाथी प्रश्न उठाएकी थिईन् । त्यस्तै एक फंसनमा सोनमले दिपिकाबाट टाढा हुनको लागी आफू बसेको सिट समेत परिवर्तन गरेकी थिईन् ।

sonakshi-sinha_1462017211
रणवीर कपुर र शोनाक्षी सिन्हा
रणवीर कपुरले शोनाक्षी आफू भन्दा जेठी भएका कारण फिल्ममा सँगै काम गर्न मानेनन् । यहि कारण उनीहरुको सम्बन्धमा पनि खटपट आयो । उनीहरु आजसम्म कुनैपनि फिल्ममा सँगै देखा परेका छैनन् । न त कुनै ईभेन्टमा नै ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

test‘कार्टुन क्रुज’सँग छ क्यारिकेचर देखि कमालको गीत गाउने कला