TOP Ad
AD_ Wide Top

भद्रगोलका पाँडेले भने धुर्मुस सुन्तलीले राजनीति गरेकै हुन्, जिग्री जंगिए

२७ पुष,२०७३  |   For see network


भद्रगोलका पाँडेले भने धुर्मुस सुन्तलीले राजनीति गरेकै हुन्, जिग्री जंगिए

धुर्मुस सुन्तलीले तेस्रो नमुना बस्तीको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा केही हाँस्य कलाकार र मिडियाको उपस्थिति थियो । त्यहाँ उपस्थित कलारकार अर्जुन घिमिरे उर्फ पाँडेसँग हामीले कुराकानी गर्यौँ । कुराकानीका क्रममा धुर्मुस सुन्तलीले समाज सेवाका नाममा राजनीति गरेको आरोप छ नि भनेर हामीले सोधेका थियौँ । यसको जबाफमा उनले यो सहि हो भने । धुर्मस सुन्तलीको पनि राजनीति त राननीति नै हो तर विकास निर्माणको राजनीति ।

कुनै नेताले जस्तो गाडी चढ्ने, भोट माग्ने, जनताको पैसाले मोज गर्ने राजनीति उहाँहरुको हैन । उहाँहरुको राजनीति भनेको जनताको पैसाले जनतालाई सुख दिने राजनीति हो । भन्नेले जे पनि भन्छ भन्नेको मुख कसैले पनि टाल्न सक्दैन । धुर्मुस सुन्तलीले एउटा राजनीतिमा लागेको मान्छेले पनि गर्न नसकेको काम गरिरहनु भएको छ । एउटा राजनीति गर्ने मान्छेले कमेडि गर्दै हिड्न हुन्छ । नचाईदा बोल्न हुन्छ भने कमेडि कलाकारले राम्रो तरिकाले राजनीति गर्न हुँदैन ? उनले उल्टो प्रश्न गरे ।

धुर्मुस सुन्तलीको तेस्रो नमुना बस्तीको शिलान्यासमा पुगेका पाँडेसँगै जिग्रीलाई पनि हामीले सोही प्रश्न सोधेका थियौँ । कुमार कट्टेल उर्फ जिग्रीले मेरो दाजुभाउजुले राजनीति गरेको हो या काम गरेको हो । त्यो फिल्डमा आएर हेर्नुस, कुरा काटेर नबस्नुस भनेर जवाफ दिए । हेर्नुहोस् भिडियो

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..