chakka panjaa
AD_ Wide Top

ईमरान र अभिशेकले छाडेको सिनेमाबाट रानी मुखर्जीको कमब्याक ?

२७ पुष,२०७३  |   Agency


loading...
ईमरान र अभिशेकले छाडेको सिनेमाबाट रानी मुखर्जीको कमब्याक ?

अभिनेत्री रानी मुखर्जी २०१४ मा सिनेमा ‘मर्दानी’मा काम गरेपछि पर्दाबाट गाएब भईन् । त्यो बीचको समयमा उनले एक सन्तानलाई जन्म दिईन र आमाको अनुभव बटुलिन् । आमा बनिसकेकी रानी केही समय त मिडियाबाटै हराईन् । तर अब भने उनी पर्दामा कमब्याक गर्ने तयारीमा छिन् । निर्देशक सिद्धार्थ पी मल्होत्राको सिनेमाबाट रानीले कमब्याक गर्न लागेको खबर भारतीय अनलाईनहरुमा छापिएको छ ।

यो सिनेमाका लागि रानी पहिलो रोजाई भने हैनन् । रानीले अभिनेता ईमरान हाशमी र अभिशेक बच्चनले छोडेको सिनेमाबाट कमब्याक गर्दैछिन् । सिद्धार्थ पहिले यसमा ईमरानलाई लिन चाहन्थे । ईमरान पनि यसमा काम गर्न ईच्छुक थिए । तर बिशेष कारणवश ईमरानले यसमा काम गर्न सकेनन् । ईमरानले काम नगर्ने भएपछि फिल्मको प्रस्ताव अभिनेता अभिशेक बच्चनलाई गयो । तर अभिशेकले यसमा काम गर्न अनकन गरे । दुईवटा अभिनेताले यसमा काम नगर्ने भएपछि सिनेमाको कथा सुनाउन सिद्धार्थ, चोपडा हाउसमा पुगे ।

त्यहाँ पुगेर सिनेमाको न्यारेशन सुनाईसकेपछि रानी मुखर्जी यसमा काम गर्नको लागि तयार भईन् । रानीले सिनेमामा काम गर्ने भएपछि सिनेमाको कथा नै उल्टिएको छ । पहिले मुख्य भूमिकामा अभिनेतालाई देखाउने तयारी थियो भने अब अभिनेताको ठाउँमा अभिनेत्री देखिनेछिन् । यो फिल्मको कथा एक बालिकाको वरिपरि घुम्छ जो सानोमा सामान्य कुराकानी गर्दा गर्दै आक्रोश हुन्छिन् । तर पछि गएर सफल शिक्षिका बन्छिन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..