chakka panjaa
AD_ Wide Top

निर्माताले होइन कलाकारले दैनिक कपडा फेर्ने हैसियत बनाएका छन्– निर्माता माधव वाग्ले

२७ पुष,२०७३  |   Forseenetwork


loading...
निर्माताले होइन कलाकारले दैनिक कपडा फेर्ने हैसियत बनाएका छन्– निर्माता माधव वाग्ले

यतिवेला निर्माता माधव वाग्लेका तीनवटा चलचित्र रिलिजको तयारीमा छन् । लभ सासा यहि पुष २८ गते रिलिज हुँदैछ भने लुट २ फागुन १३ देखि लुट्ने तयारीमा छ । त्यस्तै उनको अर्को चलचित्र लालपुर्जा बैशाख २९ मा रिलिज हुँदैछ । यी तीन चलचित्र मध्ये माधवले ‘लुट २’ बाट धेरै आशा राखेका छन् । ‘लुट २’ बाट चलचित्र छक्का पञ्जाले राखेका सबै रेकर्डहरु तोड्ने सोच सहित माधव अघि बढेका छन् ।

लुटको पहिलो सिक्वेलले नेपाली सिनेमाको धारलाई नै परिवर्तन गरिदिएको थियो जसबाट नेपाली सिनेमामा नयाँ धार र पुराना धारको चर्चा सुरु भयो । लुट २ को ट्रेलरले रिलिज भएदेखि नै किर्तिमान राख्दै आएको छ । चलचित्र छक्का पञ्जाले लगभग १८ करोड कमाई गरे पनि निर्माताको हातमा ६ देखि ७ करोड मात्रै पर्ने चलचित्र वृत्तमा हल्ला छ । यो हल्लालाई आधार मान्ने हो भने ४ देखि ५ करोड व्यापार गरेको सिनेमाले लगानी मात्रै उठाउने देखिन्छ । बाँकी आम्दानीको धेरै रकम हलसञ्चालक र वितरकले खाने भए पछि निर्माता माधव वाग्लेले असन्तुष्टि जनाएका छन् ।

चलचित्रको कमाईको एकदमै कम रकम निर्माताले पाउने भएकै कारण हुनु पर्छ उनी सिनेमाको ट्रेलरले राम्रो प्रतिक्रिया पाउदा पनि खुशी हुन सकेका छैनन् । हलवाला र वितरकहरुले राम्रो नियम नबनाउँदा निर्माताहरु घाटामा परेको माधवको भनाई छ ।

उनले यही असन्तुष्टि हामी माझ यसरी पोखेका थिए, “चलचित्र क्षेत्रको ६० वर्षको इतिहासको कुरा गर्ने हो भने बल्ल चलचित्रले दर्शकको माया पाउन थालेको छ । तर राजनीतिले यो क्षेत्रलाई सफल हुन दिएको छैन । हलवाला र वितरकहरुले राम्रो नियम नबनाईदिँदा निर्माता मर्कामा परेका छन् । कलाकार, लोकेशन, निर्देशक, प्राविधिक सबैको पारिश्रमिक बढेको छ तर निर्माताको बढेको छैन । निर्माताको त सन् २००९ मा चलचित्र निर्माण गर्दा र अहिलेको अवस्था एउटै छ । तर कलाकारको कुरा गर्ने हो भने २००९ मा २५ हजार लिनेले अहिले १० लाख लिन्छ । निर्माताले कपडा नै फेर्न पाएको छैन तर कलाकारले दैनिक कपडा फेरिरहेका छन् । ”

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..