chakka panjaa
AD_ Wide Top

छोरी जन्मेपछि शाहिदको जीवनमा भयो ठूलो परिवर्तन

२७ पुष,२०७३  |   Agency


loading...
छोरी जन्मेपछि शाहिदको जीवनमा भयो ठूलो परिवर्तन

छोरी मिशाको जन्मपछि अभिनेता शाहिद कपूरले आफ्नो जीवनमा पूरै परिवर्तन आएको महसुस गरेका छन् । छोरीको आगमनसँगै उनले आफू बल्ल पूर्णरुपमा सेटल भएकोे र जिम्मेदार महसुस गरेको बताए । बुवा बनिसकेपछि अरु के कस्तो परिवर्तन भईरहेको छ त शाहिदको जीवनमा ? एजेन्सीले गरेको कुराकानी जस्ताको तस्तै ।

बुवा बनेपछि तपाईँको जीवनमा कस्तो परिवर्तन आयो ?
बुवा बनेपछि मेरो जीवनमा एकदमै ठूलो परिवर्तन भएको छ । म एकदमै राम्रोसँग सेटल भएको महसुस गरेको छु । हरेक पुरुषहरु जो बुवा बन्छन् उनीहरुको माईण्ड सेट नै पूर्णरुपमा परिवर्तन हुन्छ जस्तो मलाई लागेको छ ।

यसले तपाईँको काममा असर पारेको छ ?
छैन । यो एउटा निरन्तर चलिरहने र सिक्ने प्रकृया हो । जसबाट सही र गलत थाहा पाउने मौका मिल्छ । त्यस कारण कुनै काम फरक र उत्साह जनक छ भने म गर्छु तर केही उत्साहित गर्ने छ तर फरक छैन भने म त्यसबारेमा सोच्छु ।

कहिल्यै छोरीको डायपर परिवर्तन गरिदिनु परेको छ ?
मैलै कैयौँ फटक मिशाको डायपर फेरिदिएको छु । डायपर फेर्दा नयाँ डाईपर लगाउने काम मात्र हुन्न । पहिले पूरानो फोहोर डायपर फालेर, छोरीलाई सफा गरेर अनि मात्र नयाँ लगाउनु पर्छ । मैलै यो सबै गरेको छु ।

एक पटक तपाईँले भन्नु भएको थियो, तपाईँलाई आफ्नो बुवाले मन पराउने कुराहरु मन पर्दैनन् भनेर । यसमा अहिले के भन्नुहुन्छ ?
म आफूलाई आफ्नोे बुवाजस्तो बनाउन चाहन्न । तर मेरा धेरै कुराहरु बुवासँग मेल खान्छन् । हामीमा केही कुराहरु उस्तै छन् । मेरी आमा र मीराले मलाई तिमी तिम्रो बुवाजस्तै छौ भनिरहन्छन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..