AD_ Wide Top

पर्वको आईटम गीतमा मालासँग निश्चल

२७ पुष,२०७३  |   Forseenetwork


loading...
पर्वको आईटम गीतमा मालासँग निश्चल

दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र पर्व यतिबेला फ्लोरमा छ । कुनै एक पर्वमा घटेको घटनामा आधारित रहेर बन्न लागेको पर्वमा नम्रता श्रेष्ठ र कोशिस क्षेत्रीको मुख्य भूमिका रहनेछ ।

पर्वको एक गीतमा निर्देशक तथा निर्माता निश्चल बस्नेतको नृत्य पनि देख्न पाईनेछ । निश्चलले यो चलचित्रको ‘काले काले’ बोलको गीतमा माला लिम्बुसँग स्क्रिन सेयर गरेका छन् । पर्व टि भि फिल्मी र सुवास ईन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुँदैछ ।

निश्चल बस्नेतले आफ्नो ब्यानरभन्दा बाहिरको सिनेमामा काम गरेको यो पहिलो पटक हो । राजेश श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त गीतलाई दर्शकले मन पराउनेमा निश्चल विश्वस्त छन् । ‘काले काले’ बोलको उक्त गीतलाई निश्चल स्वयमले आवाज दिएका छन् । यसअघि  निश्चलले लुटको ‘उध्रेको चोली’ र कबड्डी कबड्डीको ‘मत मान्छे पनि हिट मेरो गीत पनि हिट’ जस्ता गीत गाईसकेका छन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testसुनिल रावललाई लागेको आरोप सहि हो– प्रकृति श्रेष्ठ