AD_ Wide Top

छक्का पन्जाको रेकर्ड र कलेक्सन म तोड्न चाहन्छु — निर्माता माधव वाग्ले

पौष २६,२०७३  |   Forseenetwork


loading...
छक्का पन्जाको रेकर्ड र कलेक्सन म तोड्न चाहन्छु — निर्माता माधव वाग्ले

पहिला तपाईलाईँ हिरो बन्ने इच्छा थियो क्या हो ?
अहिले म व्यवसायिक रुपमा सफल निर्माता भएर काम गरिरहेको छु । म एउटा सफल चलचित्र निर्माता हो । तर मैले कहिल्यै पनि चलचित्र खेल्ने इच्छा गरिन । २२ वर्षको उमेरमा होला मैले फोटो सेसन गरेको थिएँ। तर त्यो काम चलचित्र खेल्नको लागि भने थिएन, बरु मोडल बन्नको लागि थियो । म तराई समुदायको मान्छे जस्तै,अनुहार पनि कालो—कालो,अग्लो मिलेको शरीर देखेर धेरैले मोडलिङको अफर गरेका थिए । त्यहि होडमामैले समय फोटो सेसन पनि गरें । त्यो बेलामा त्यो काम त्यसै हराएर गयो । मेरो मन गुड म्यानको लागि सुहाउने थियो । तर झलक्क हेर्दा ब्याडम्यान जस्तो देखिने । त्यसैले अफर पनि त्यस्तै आयो । अडिसन दिएँ। पास पनि भए । तर समय नमिलेको कारण मैले अभिनय गर्ने मौका पाईन । अहिले निर्माता बनेको छु ।चलचित्र निर्माणको क्रममा लाग्ने खर्चहरु आफैले जिम्मा लिएको छु ।चलचित्र निर्माताले त केही पनि नपाउने रैछ । कलाकार,निर्देशक सबैलाई पैसा आफैले दिनुपर्छ । तर, निर्माताले त केही पनि पाउँदैन रैछ । अनि कलाकारहरुको रहन सहन देख्दा आफूलाई लोभ लाग्छ ।
किन पाउँदैन पहिला पहिला त निर्माताहरुले कति हिरोनीलाई घुमाउन लान्थे रे ?
केही वर्ष समय यता नेपाली चलचित्र क्षेत्र यता निक्कै अगाडि बढेको छ । नयाँ प्रविधि नयाँ कलाकार,नयाँ निर्माता देखि चलचित्र सुटिङको क्रममा प्रयोग गरिने प्राविधिक सामानहरु पनि हामीले नयाँनै पाउँछौ । समयसँंगै नेपाली चलचित्र क्षेत्रमा केही विकृति पनि फैलिएको छ । चलचित्र खेलाउने बाहानामा मोडेल, कलाकारसँग चलचित्र निर्माता,निर्देशकहरुले यस्तो अभद्र व्यवहार गरे भन्ने कुराहरु पनि बाहिर आईरहेका छन् । कुनै ठाँउमा भयो पनि होला। तर मेरो भने आफ्नो समयमा नेपाली चलचित्र क्षेत्रलाई केही नयाँ कुरा दिऊँ भन्ने उदेश्य हो । चलचित्र क्षेत्रमा मात्रै होईन हरेक क्षेत्रमा यस्तो व्यवहार हुन्छ । चलचित्र क्षेत्रमा सबैले चिनेको देखेको भएर पनि छिटै सार्वजनिक भएको होला । तर म विलकुलै फरक निर्माता हुँ । यो क्षेत्रमा मलाई नयाँ कुरा सिकाउने मन भएका कारण भोलिका नयाँ पुस्ताले मेरो नाम लिनुपर्ने बनाउन चाहन्छु । यो मेरो ठूलो लक्ष्य रहेको छ । म त्यसै अुनरुप काम गरिरहेको छु ।

644313_590085571029468_601543353_n

निर्माता संघमा पनि हुनुहुन्छ ?

अहिले म नेपाली चलचित्र निर्माता संघको उपाध्यक्ष पदमा छु । अबको नयाँ कार्यकालमा अध्यक्ष बन्ने मेरो सोचाई छ । त्यसपछि चलचित्र निर्माणको धेरै कुरालाई सुधार्न सक्छु भन्ने मलाई लागेको छ । निर्माता संघमा अध्यक्ष बन्नको लागि दुई कार्यकाल बिताउनु पर्ने हुन्छ र यो मेरो दोश्रो कार्यकाल हो । अब नियमले पनि मेरोअध्यक्ष बन्ने मौकाछ । साथीभाईहरुले पनि राम्रो सहयोग गरेका छन् । त्यसपछि यो क्षेत्रमा केही नयाँ महसुस पक्कै पनि हुन्छ ।
उपाध्यक्ष हुँदा हुन्न र ?
हुन्छ। तर सबै जिम्मा अध्यक्षको हुन्छ नि त । बुहमतले पास गर्नुपर्छ ।अहिले अध्यक्षमा आकास अधिकारी हुनुहुन्छ । अहिलेको कार्यकालमा हामी धेरै मिल्ने साथी छौँ । मैले चार पाँच जना साथीहरु पनि लगेको छु । त्यस कारण अहिलेको कार्यकालमा गर्न नसकेको काम हामीले पछि गर्न सक्छौँ जस्तो मलाई लाग्दैन । भोलि अध्यक्ष बन्नका लागि पनि मैलै अहिले धेरै काम गरे देखाउनु छ ।
त्यसोभए अहिले अध्यक्षको वरिपरि काम गर्ने र अर्काे कार्यकालमा अध्यक्ष पढ्काउने विचार तपाईँको ?
पड्काउने हो । अबको कार्यकालमा । नपड्काई हुन्छ त ?
तपाईँले नेपाली चलचित्र क्षेत्रमा राम्रो काम गर्नुभएको छ । लुट चलचित्र निमार्णले चलचित्र क्षेत्रमा छुट्टै तारिफ पाउनु भएको छ । अरुको चलचित्रमा पनि निकै चियो चर्चा गर्नुहुन्छ रे नि ?
जसले जे भने पनि यर्थाथमा के हो भने हामीले दर्शकको मन जित्ने हो । छक्का पञ्जाले चलचित्र जगतमा फेरि अर्काे नयाँ रेकर्ड बनाएको छ । त्यो जबरजस्ती बनाएको रेकर्ड होईन दर्शकको माया हो । नेपाली चलचित्र जगतमा हाँस्य कलाकारको समूहले निर्माण गरेको चलचित्र छक्का पञ्जाले काठमाडौ उपत्यकाको ३ वटाहलहरुमा १०० दिन मनाएको छ । यो कुराले पनि हामी चलचित्र निर्माता तथा निर्देशकहरुलाई नयाँ कुरा सिकाएको जस्तो लाग्छ मलाई । सिधा भन्नु पर्दा छक्का पञ्जाले पैसा कमाएको देखेर अहिले मैले ४ वटा चलचित्रमा लगानी गरेको छु । पहिला एउटा चलचित्रमा लगानी गर्थेँ पैसा आउने र जाने चान्स धेरै हुन्थ्यो । तर अहिले मैले एउटा चलचित्र निर्माणमा लाग्ने पैसा ३ वटा चलचित्रमा लगाएको छु । ३३ प्रतिशतमा सहकार्य गर्ने हो भने एउटा चलचित्र निर्माणमा लाग्ने पैसाले ३ वटा चलचित्र निर्माण गर्न सकिन्छ जसको लागि सहकार्य हुन जरुरी छ । एक करोड लगानीमा चलचित्र निर्माण गर्नको लागि ३ जनाले ३३ लाख लगानी गर्दा एउटा चलचित्र त बन्ने रैछ नि । फाईदा हँुदा पनि सबैलाई हुने नहुँदा कसैलाई पनि नहुने । यो तरिकाबाट चलचित्र निर्माण गर्दा लगानी उठ्छ जस्तो लागेर चलचित्र निर्माणको क्रममा फरक धार अपनाएको हो । हलिउड,बलिउडमा पनि यसरी नै काम गरिन्छ । एउटा चलचित्र निर्माणमा ४ जना निर्माताहरु हुन्छन् । त्यसकारण नेपाली बजारमा पनि यो तरिका नराम्रो हुन्छ भन्ने छैन राम्रो हुन सक्छ ।
कम लगानी गरेर धेरै पैसा कमाउने काम भनेकै चलचित्र क्षेत्र हो दाई ?
मैले चलचित्रको विषयमा अध्ययन त गरेको छैन । तर छोटो समयमा धेरै नाम कमाउने र थोरै लगानीबाट धेरै पैसा कमाउने काम भनेकै चलचित्र क्षेत्र हो । अन्य क्षेत्रमा जति नै पैसा लगानी गरेर काम गर्नुस नाम र दाम दुबै कमाउनलाई गाह्रो हुन्छ । तर चलचित्र क्षेत्रमा यो दुबै कुराको सम्भावना छ । चलचित्र क्षेत्रमा आउँदा पनि सबै कुरा एकै चोटी आउँछ र जाँदा पनि सबै कुरा एकै पटक जान्छ । चलचित्रले धेरै पैसा कमाउँदा निर्माताको हातमा पर्ने भनेको पहिला लागु भएको कुरा हो । यो तर अहिले चलचित्र निर्माणको क्रममा चलचित्रले पैसा कमाएको अवस्थामा निर्माताले पनि केही प्रतिशत पाउने व्यवस्था छ । नेपाली चलचित्र जगतमा लुटले चलचित्रको धारनै परिवर्तन गरेको थियो । चलचित्र निर्माण गर्दा फस्छ,डुब्छ भन्ने कुरा बाहिरि रुपमा मात्र आईरहेको हो । जसले नजिकबाट चलचित्र क्षेत्रको बारेमा जानकारी पाउनु भएको छ उहाँहरुलाई थाहा हुन्छ यो क्षेत्र कस्तो हुन्छ भनेर । पछिल्लो समयमा चलचित्र क्षेत्र एकदमै राम्रोसँग विकास भएको छ ।
चलचित्रले जति धेरै पैसा कमाएपनि निर्माताको हातमा आउँदैन भन्छन् नि ?
पहिला र अहिलेको चलचित्र क्षेत्रको कुरा गर्ने हो भने यो विषयमा धेरै कुरामा परिर्वतन भएको छ । पहिला हलहरु कमै मात्रामा हुन्थे । त्यो पनि सामान्य सेवा सुविधा भएको । अहिले मल्टिप्लेक्सहलहरु बनिसकेका छन् ।अन्य देशमा पनि सुविधा सम्पन्नहलहरु बनिरहेका छन् । समयसँगै हलहरुमा आएको परिवर्तनले पनि निर्माता,निर्देशक, कलाकार,चलचित्रहल सबैले राम्रो मात्रामा पैसा कमाईरहेका छन् । तर दुखको कुरा हाम्रो नेपालमा सिस्टम छैन । चलचित्रको नियम अनुसारकाम नै भएको छैन । चलचित्र निर्माणको क्रममा,चलचित्रले व्यापार गरेको अवस्थामा कसलाई कति दिने भन्ने कुराको नियम बनाईएको छैन । यो कुरालाई हामीले सिस्टममा लान सकेको खण्डमा झनै राम्रो हुनेछ ।
नेपालको चलचित्र क्षेत्र राम्रो हुन नसक्नुको कारण के हो ?
स्वतन्त्र रुपमा आफ्नो काम गर्न पाईयो भने नेपाली चलचित्र क्षेत्र राम्रो हुन्छ । चलचित्र क्षेत्रमा मात्रै होईन नेपालको सबै क्षेत्रमा राजनीतिक हाबी भएको कारण राम्रो हुन सकेको छैन । मलाई चलचित्र निर्माता संघको उपाध्यक्ष बन्नको लागि पनि एकदमैपापड बेल्नु परेको थियो । कारण सबै कुरामा राजनीति हाबी हुनु हो । हामी चलचित्र निर्माण गर्ने व्यक्तिनै चलचित्र क्षेत्रसबै कुरा हो भन्ने सोचेर लागेमात्र नेपालको चलचित्र क्षेत्रमा विकास हुन्छ । तर अहिले भने त्यस्तो छैन । बाहिरको राजनीतिलाई चलचित्र क्षेत्रमा ल्याउन हुन्न तर, आईरहेको छ । ल्याईरहेका छन् छ अब कस्लाई के भन्ने ?
यो राजनीति नछिरेको चलचित्र क्षेत्र बनाउन मिल्दैन दाजु ?
मैले त यहि आवाज उठाईाखेको छु । राजनीतिबाट परै बसेर बिशुद्ध चलचित्रकर्मी बन्दा राम्रो हुन्छ । कोही माओवादीतिर, कोही राप्रपातिर, कोही मधेशवादी दलतिर, सबै जना राजनीतिमा हुनुहुन्छ । उहाँहरुले राजनीतिमा हैन कलाकारितामा ध्यान दिँदा राम्रो ।
चलचित्रकर्मीहरु राजनीतिमा किन लागेका होलान्?
मलाई यो विषयमा खासै थाहा छैन । तपाई जस्तो म पनि त्यस्तै हो । मन्त्री बन्न पाउँछुकी भनेर होला नि। लामो हाँसो…….। यो देशमा सबै लुटौँ र आफै खाउँ भन्ने भावना भएका मान्छेहरु मात्रै छन् । चलचित्र क्षेत्रको ६० वर्षको इतिहासको कुरा गर्ने हो भने बल्ल चलचित्रले दर्शकको माया पाउन थालेको छ । तर राजनीतिले यो क्षेत्रलाई सफल हुन दिएको छैन । हलवाला र डिस्ट्रीब्यूटरले राम्रो नियम नबनाईदिँदा निर्माता मर्कामा छन् । कलाकार,लोकेशन,निर्देशक,प्राविधिक सबैको पारिश्रमिक बढेको छ तर निर्माताको बढेको छैन । निर्माताको त सन् २००९ मा चलचित्र निर्माण गर्दा र अहिलेको अवस्था एउटै छ । तर कलाकारको कुरा गर्ने हो भने २००९ मा २५ हजार लिनेले अहिले १० लाख लिन्छन् । निर्माताले कपडा नै फेर्न पाएको छैन । तर कलाकारले दैनिक कपडा फेरिरहेका छन् ।
गिफ्ट पनि आएको छैन अहिले सम्म ?
छैन आको । (लामो हासो) । हाम्रो चलचित्र उद्योगमा सबैले छवि बालाई मात्रै निर्माता ठान्छन् । सबैले छवि बा भन्छन् महङगो रक्सी ल्याईदिन्छन् । तर मलाई त कसैले केही पनि गिफ्ट दिएका छैनन् । म रक्सी नखाए पनि अरु त खान्छु नि । तर अहिलेको सम्म गिफ्ट आएकै छैन । छविजीलाई त सबै ल्याईदिनुहुन्छ मलाई कसैले पनि ल्याईदिनुहुन्न ।
अनि फागुनमा त चलचित्रको बाढीनै छ कि क्या हो दाजू ?
मैले निर्माण गरेका सबै चलचित्रले अहिले सम्म बाढीनै ल्याएका छन् । ‘लुट’ले चलचित्र क्षेत्रको धार नै परिवतर्न गरिदिएको छ । ‘लुट २’ पनि फागुनमा आउँदैछ ।‘रेशम फिलिलिले’ देश हल्लाई दिन्छ भनेको थिएँ । साँच्चिकै हल्लायो पनि । व्यापार पनि राम्रो भयो ।
चलचित्र हिट हुनको लागि गीत पनि राम्रो हुनुपर्छ हो ?
‘रेशम फिलिलि’ चलचित्रमा पिरतीको छाता भन्ने गीतले निकै ठूलो भुमिका खेलेको छ । मैले ७० लाख खर्च गरेको भएपनि त्यति चर्चा पाउँदिनथेँ होला । तर त्यो गीतले चलचित्रको प्रचार गर्नै नपर्ने बनाईदियो । अहिले ‘लुट २’ को ठमेल बजार गीतले निकै चर्चा पाएको छ । दुईवटै गीत काली प्रसाद बास्कोटाले बनाएको हो । गीत चलचित्रको लागि ठूलो पाट हो ।गीतले धेरै दर्शक तान्ने काम गर्छ । पछिल्लो समय निर्माताहरु चलचित्रमा गीत राम्रो हुनुपर्छ भन्नेमा लाग्न थालेका छन् । जस्तै ‘छक्का पञ्जा’को गीतले दर्शकलाई चलचित्रहल सम्म तान्यो । चलचित्र हेरेपछि सबैलाई राम्रो लाग्यो र राम्रो छ भन्ने सबैलाई प्रचार —प्रसार भयो । ‘छक्का पञ्जा’ हेरेपछि नराम्रो छ भन्ने त कोही पनि भएनन् । त्यसैले दर्शकलाई हलसम्म तान्नको लागि चलचित्रको गीत राम्रो हुनुपर्छ । गीत हिट भयो भने तपाईँको चलचित्र पनि त्यसै हिट हुन्छ ।
तपार्इँको निर्माण रहको चलचित्र ‘लभ सासा’ किन बिहिवार रिलिज हुन लागेको हो ?
मेरो लागि लक्की डेट भनेको २९ गते नै हो । तर सहकार्यमा काम गरेपछि अरुको कुरा पनि सुन्नुपर्ने हुन्छ । टिमको निर्णय अनुसार चल्नुपर्ने हुन्छ । सबै साथीहरुको अनुरोध अनुसारनै पुष २८ मा चलचित्र रिलिज हुन लागेको हो । त्यो दिन रिलिज हुँदा अन्य नेपाली चलचित्रलाई समस्या हुन्छ जस्तो मलाई लाग्दैन । त्यो दिन ‘लभ सासा’,‘किङ’ र एक दिन पछि पुष २९ ‘शब्द’ लाग्दैछ । तीन वटा नेपाली चलचित्रको टक्कर हुनेछ । तर मलाई लाग्छ नेपाली दर्शकले आफूलाई मन परेको चलचित्र हेर्नु हुनेछ । सबै चलचित्रलाई माया गर्नुुहुने छ । हामीले हाम्रो चलचित्रको आवश्यक सबै कुराहरु सार्वजनिक गरिसकेका छौँ । चलचित्रमा दम हुनुपर्छ यति भएजहिले रिलिज भएपनि चिन्ता लिनुपर्देन ।
चलचित्रनिर्माता संघको चलचित्र क्षेत्रको लागि पहिलो एजेण्डा के रहेको छ ?
सेयर बाँडफाँडको कुरा छ । ५० प्रतिशत नेपाली चलचित्रले पाउनु पर्छ भन्ने हाम्रो माग छ । हलवालाहरुले भारतमा आमिरखान प्रोड्क्सनको ७० प्रतिशत तिरिरहेको छ । राम्रो चलचित्र निर्माण गर्ने निर्माता मध्य एक म पनि हुँ । म त रेट बढाउने चक्करमा छु । दिपक—दिपाले बनाएको चलचित्रले १०० दिन मनाएको छ । मेरो चलचित्रले ३ हप्तामा छक्का पञ्जाको रेकर्ड तोडोस् भन्ने चाहन्छु र आशा पनि त्यहि गरेको छु । त्यो अरुले त हैन लुट २ गर्छ की भन्ने लागेको छ । अहिले म छक्का पञ्जाको रेकर्ड कसरी तोड्ने भन्ने योजनामा पनि लागि रहेको छु । छक्का पञ्जाले १०० दिन मनाएर जुन रेकर्ड बनाएको छ म त्यो रेकर्ड र कलेक्सन म ‘लुट २’ मार्फत ३ हप्तामा तोड्न चाहन्छु । किनभने रकेर्ड बन्छ तोड्नको लागि । पहिला मैले बनाएको रेकर्ड दीपक—दीपाले तोडे अब म उनीहरुको रेकर्ड तोड्न चाहन्छु ।

1

‘लुट २’ कस्तो चलचित्र हो ?
म आफूलाई नेपालको सबै भन्दा भाग्यमानी मान्छे ठान्छु । किनभने नेपालमा फरक धारमा बनेको चलचित्र ‘लभ सासा’, ‘लुट’ र ‘लालपुर्जा’ मेरो निर्माणमा बनेका चलचित्र हुन् । मैले अहिले सम्म ३ वटै चलचित्र हेरिसकेको छु । तर निर्देशकहरुले हेरेका छैनन् । सबै चलचित्रमा फरक निर्देशक भएर पनि होला ।
लभ स्टोरीमा ‘लभ सासा’ले राम्रो खम्बा गाडेको छ । ‘लुट’ले फेरि पनि बैँकनै लुट्छ । तर तरिका फरक छ । अबको सिनेमामा हाकु कालेले चार जनालाई जेलमा फसाएर भागेको छ नि त्यसको रिभेन्ज छ यो चलचित्रमा । ‘लालपुर्जा’ साईको चलचित्र हो । निगम श्रेष्ठको निर्देशनमा बनेको चलचित्र हो यो जो छड्के चलचित्रको निर्देशक पनि हुनुहुन्छ । लाल पुर्जा बैशाख २९ गते रिलिज हुँदैछ ।
भने पछि आश भने ‘लुट २ ’मा देखियो ?
होईन, सबै चलचित्रबाट आश लागेको छ । तर रेकर्ड बनाउने र रेकर्ड तोड्ने काम भने ‘लुट २’ ले गर्छ । अहिले हामी संग एउटा पनि हल छैन । हामीले नाम कमाएका छौँ भने पैसा हलवालाहरुले कमाउनु भएको छ ।
नाम कमाएर पुगेन तपाईँलाई माधव वाग्ले त सबैले भन्छन् ?
चलचित्रमा मेरो लगानी रहेको छनि त्यसैले भन्छन् । तर दुख के लाग्छ भने चलचित्रका निर्देशक कलाकार सबैको नाम आउँछ फोटो आउछ । तर चलचित्र निर्माताको त केही पनि आउदैन यस्तो व्यवहार चै मलाई पटक्कै मन पर्देन । एउटा चलचित्र निर्माणमा कलाकार, निर्माता, निर्देशक सबैको उत्तिकै भुमिका हुन्छ । नेपाली चलचित्रमा नबुझेर आउनेलाई त मुर्गै बनाउँछन् । मैले सन् २००७ देखि चलचित्रमा काम गर्न थालेको हो । तर बीचमा दुई वर्षको अध्यय्न गरेर मैले चलचित्र निर्माण गरेको हो । अहिले धेरै नयाँ साथीहरु चलचित्र क्षेत्रमा इच्छा देखाई रहनु भएको छ । तर यहाँ मान्छे र समय दुबै कुरालाई चिनेरमात्र काम गर्दा राम्रो हुन्छ । सबैले तपाईँलाई राम्रो व्यवहार गर्नुहुन्छ भन्ने छैन । क–कले कहाँ कुन बेलामामौकाको फाईदा उठाउँछन् भन्ने पनि थाहा हुन्न । कस्तो व्यक्तिको सहकार्यमा काम गर्दै हुनुहुन्छ बुझेर मात्र काम गर्दा राम्रो हुन्छ । त्यसैले बुझेर आउनको लागि अनुरोध छ मेरो ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testसुनिल रावललाई लागेको आरोप सहि हो– प्रकृति श्रेष्ठ