TOP Ad
AD_ Wide Top

विवाहको तयारीमा थिए ओम, कसरी भयो निधन ?

२६ पुष,२०७३  |   Agency


विवाहको तयारीमा थिए ओम, कसरी भयो निधन ?

दिवंगत ओम पूरीकी श्रीमती नन्दिताले सोमबार पुलिसलाई बयान दिएकी छिन् । उनले ओमको निधन सामान्य नभएको भन्दै पुलिसलाई आत्महत्या या हत्या ? त्यसको पूर्णरुपमा जाँच गर्न अनुरोध गरेकी छिन् । नन्दिताले आफ्नो र ओमको सम्बन्ध सामान्य हुँदै गएकोे भन्दै यस्तो अवस्थामा ओमले आत्महत्या गर्न नसक्ने बताईन् ।

त्यस्तै अर्कातिर ओम पूरी पहिलो पत्नी सीमासँग विवाह गर्ने तयारीमा भएको खबर पनि थियो । दोस्रो श्रीमती नन्दितासँग केही बर्षअघि अलग भएका ओम, उनीसँग कानुनी रुपमै अलग हुने सोचमा थिए । तर छोराका कारण ओम नन्दिताको टचमा थिए । ओम नन्दितालाई प्रत्येक महिना तीन लाख रुपैयाँ खर्च स्वरुप दिने गर्थे । नन्दिता ओमको लोखण्डवालामा रहेको फ्ल्याटमा बस्दै आएकी थिईन् ।

ओम र नन्दिताको डिभोर्सकोे सुनुवाई १५ जनवरीमा थियो । तर त्यो भन्दा अगाडि नै ओमले यो संसार छाडे । डिभोर्सका लागि उनीहरुको बीचमा आठ करोडको सम्झौता भएको थियो

पहिलो पत्नीसँग विवाह गर्ने तयारीमा थिए ओम
ओम पहिलो श्रीमती सीमासँग पुन विवाह गर्ने योजनामा थिए । उनी विवाहको तयारीमा जुटिसकेका थिए । विवाह गरेर एक बर्षमा नै एकअर्काबाट अलग भएका उनीहरु जीवनका अन्तिम दिनहरुमा एक साथ जिउन चाहन्थे । बिगत दुई बर्ष यता उनीहरुले धेरै जसो समय एकसाथ बिताउन थालेका थिए ।

ओम र सीमाबाट सन्तान छैनन् तर नन्दिताले भने एक छोरालाई जन्म दिएकी छिन् । छोरालाई सिनेमा र उच्च शिक्षाका लागि ओम विदेश पठाउन चाहन्थे । यहि कारण उनी नन्दितासँग टचमा थिए ।

शुक्रबार बिहान आफ्नै फ्ल्याटमा मृत फेला परेका ओमको टाउकोमा गहिरो चोट थियो । ६६ बर्षिय उनको टाउकोमा डेढ ईन्च गहिरो र ४ सेमी लामो घाउ देखेपछि धेरैलाई उनको निधन सामान्य नभएको आशंका छ ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..