TOP Ad
AD_ Wide Top

धुर्मुस सुन्तलीको तेस्रो नमुनावस्तीको शिलान्यास, आर्थिक सहयोगको याचना

२६ पुष,२०७३  |   Forseenetwork


धुर्मुस सुन्तलीको तेस्रो नमुनावस्तीको शिलान्यास, आर्थिक सहयोगको याचना

धुर्मस सुन्तली फाउन्डेशनले मानवता र सद्भावका लागि भन्दै महोत्तरीको बर्दिबासमा मुसहर समुदायका लागि नमुना बस्ती निर्माण कार्य सुरु गरेको छ । नमुनावस्ती निर्माणको लागि बरिष्ठ हास्यव्यङ्ग्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सोमबार शिलान्यास गरेका छन् । आउँदो नयाँ वर्ष अर्थात २०७४ को बैशाख १ गते हस्तान्तरण गर्ने लक्ष्यका साथ मुसहर बस्तीमा ५० घर निर्माण गरिनेछ ।

यस अघि काभ्रेको पहरीबस्ती र सिन्धुपाल्चोकको गीरानचौरका भुकम्प पीडितहरुको बस्ती निर्माण गरेर सबैको मन र विश्वास जितेका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बर्दिबासमा रहेको मुसहर बस्तीमा एकिकृत नमुनाबस्ती निर्माणका लागि अगाडि सरेका हुन् ।

४ करोड ७८ लाख लागतमा बन्ने बस्ती  अपांगमैत्री र बाल मैत्री हुनेछ ।  नमुना बस्तीमा ५० वटा घर, एक सामुदायिक भवन,  एक बाल उद्यान र एक मन्दिरसमेत निर्माण गर्ने  धुर्मुसले जानकारी दिए ।  यस अघि हस्तान्तरण गरिएको एकिकृत बस्ती निर्माणबाट बचेको एक करोड तीन लाखबाट निर्माण प्रारम्भ भएको छ ।

बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोईरालाले ४० लाख रुयाँ प्रदान गरेका छन् ।  संसद गिरिराजमणी पोखरेलले १० लाख पैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।  मह जोडीले पनि एक लाखको सहयोग गर्ने घोषणा गरेका छन् ।  शिलान्यास कार्यक्रममै कलाकार किरण केसी र पत्रकार राजकरण महतोले १० हजारको सहयोग गरेका छन् ।

IMG_3341
धुर्मुस सुन्तलीले उक्त बस्ती निर्माणका लागि आर्थिक सहयोगको याचना समेत गरेका छन् । “जनताको पैसाले जनताकै घर निर्माण गर्ने हो । हाम्रो सोचलाई साथ दिएर यस अघिको नमुना बस्ती निर्माणमा साथ र सहयोग दिए जस्तै मुसहर वस्ती निर्माणमा साथ दिने कुरामा ढुक्क छौँ”, सीतारामा कट्टेल (धुर्मुस)ले भने । उनले सहयोग रकमका लागि धुर्मुस सुन्तली फाउण्डेशनमा सम्पर्क राख्न पनि अनुरोध गरेका छन् ।

पूर्वपश्चिम राजमार्ग देखि एक किलोमिटर मात्रै दक्षिणमा रहेको मुसहर बस्तीमा जम्मा १ जना मात्रै एस एल सी उत्तिर्ण गरेका युवा छन् भने सबै आर्थिक रुपमा अति विपन्न रहेका छन् । त्यहाका धेरै बालबालिकाहरु कुपोषण, बालविवाहको मारमा परेका छन् ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..