TOP Ad
AD_ Wide Top

जब ऋतिकलाई एकै दिन ३० हजार विवाहको प्रस्ताव आए

२६ पुष,२०७३  |   Agency


जब ऋतिकलाई एकै दिन ३० हजार विवाहको प्रस्ताव आए

बलिउड अभिनेता ऋतिक रोशन आज आफ्नो ४३ औँ जन्मदिन मनाउँदैछन् । १० जनवरी १९७४ मा जन्मेका ऋतिकले सन् २००० मा सिनेमा कहो ना प्यार है बाट बलिउडमा ब्रेक लिएका थिए । मुख्य अभिनेताको रुपमा ब्रेक लिनुभन्दा पहिले ऋतिकले केही सिनेमाहरुमा बाल कलाकारको रुपमा पनि काम गरे । १९८० मा आएको सिनेमा आशा उनको बालकलाकारको रुपमा पहिलो सिनेमा थियो । त्यस समय ऋतिक ६ बर्षका थिए ।

ऋतिक रोशन अहिले सफल अभिनेताका साथै राम्रो डान्सरका रुपमा पनि परिचित छन् । तर उनलाई २१ बर्षको उमेरसम्म डान्स गर्न निकै गाह्रो लाग्थ्यो । पछि उनले आफ्नो ढाडको हड्डीको उपचार गराए र आज डान्सका सुपरस्टारका रुपमा चिनिएका छन् ।

ऋतिक रोशनको जीवनको ४३ बर्षे यात्रामा धेरै चाखलाग्दा कुराहरु भए । सबैभन्दा धेरै चाखलाग्दो एउटा कुरा छ त्यो हो एकै पटक ३० हजार विवाहको प्रस्ताव आउनु । अहिले ऋतिक श्रीमती सुजैनसँग डिभोर्स लिएर एक्लै बसेका छन् । तर एक समय यस्तो पनि थियो । ऋतिकलाई विवाहको लागि एकैपटक ३० हजारवटा प्रपोजल आएका थिए । उनको पहिलो सिनेमा कहो ना प्यार हे पछि उनलाई धेरैले मन पराउन थाले । उनलाई देखेर फिदा हुने युवतीहरुको सङख्या अनगिन्ती थियो । उनलाई युवतीहरुले मन पराउने कुराको पुष्टि सन् २००० को भ्यालेन्टाईनको दिनमा भयो । त्यो दिन उनको घरमा विवाहको लागि भन्दै ३० हजार प्रस्ताव आए जुन उनका फ्यानहरुबट आएका थिए ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..