chakka panjaa
AD_ Wide Top

अनुभवका कारण ‘नाई नभन्नु ल ५’ एक वर्ष पछि सर्यो

२५ पुष,२०७३  |   Forseenetwork


loading...
अनुभवका कारण ‘नाई नभन्नु ल ५’ एक वर्ष पछि सर्यो

एउटै नामले सबैभन्दा धेरै नेपाली सिनेमा निर्माण गर्ने निर्देशक हुन् विकासराज आचार्य । उनले ‘नाई नभन्नु ल’ बाट सुरु गरेर ‘नाई नभन्नु ल ४’ सम्म रिलिज गरिसकेका छन् । उनका चारवटै सिनेमा सफल पनि भए । चारवटै सिनेमा मन पराएका दर्शकहरु अहिले ‘नाई नभन्नु ल ५’ को प्रतिक्षामा छन् । विकासका सहकर्मी र निकट साथीहरुको सल्लाह पनि ‘नाई नभन्नु ल ५’ बनाउनु पर्यो भन्ने नै छ । विकासले पनि ‘नाई नभन्नु ल ५’ बनाउने तयारी गरिसकेको खबर थियो तर अचानक बिकास ‘नाई नभन्नु ल ५’ निर्माणमा नभयर अर्कै सिनेमा निर्माणमा जुटे । त्यसपछि धेरैलाई कतै उनी सिक्वेल देखि अघाएका त हैनन् ? भन्ने भयो ।

‘नाई नभन्नु ल ५’ छाडेर अर्को नयाँ सिनेमाको काममा जुटेका विकासलाई हामीले सिक्वेल कहिले बन्छ भनेर सोध्दा यसको जवाफमा उनले अहिले आफू अर्को एउटा नयाँ चलचित्र निर्माणमा लागेको र ‘नाई नभन्नु ल ५’ अर्को बर्ष निर्माण हुने जानकारी दिए ।

विकासले सिनेमाका मुख्य कलाकार अनुभव रेग्मीका कारण सिनेमा निर्माणको कार्य एक बर्ष पर सरेको बताए । हाल विकास अनुभवलाई सिनेमाका लागि स्वीमिङ सिकाईरहेका छन् । तर कथा अनुसार अनुभवको उमेर नपुग्दा सिनेमा निर्माणमा ढिला हुने भएको हो । यहि कारण विकास नयाँ सिनेमा निर्माणमा लागेका हुन् । अनुभव अहिले ११ वर्ष भए । तर सिक्वेल ५ को कथामा उनको उमेर १२ देखि १३ वर्ष हुनु पर्ने भएकाले सिनेमा निर्माण कार्य एक वर्ष पर सरेको हो ।

अनुभवको पर्खाइमा रहेका विकास अहिले निराञ्जना निर्माणमा जुटेर यो एक बर्षको समयलाई सदुपयोग गर्दैछन् । निराञ्जना माघको अन्तिम साताबाट फ्लोरमा जानेछ । निराञ्जनाको कथा वैदेशिक रोजगार र युवाहरुको वरिपरि घुम्नेछ । निराञ्जना भन्ने बित्तिकै निर र अञ्जना केटा—केटीको नाम बुझिन्छ । अर्काे अर्थमा बाल्यकालमा आँखामा लाईने गाजल अथवा मन परेको मान्छेलाई कसैको नजर नलागोस भनेर लगाई दिने कालो टिकालाई निराञ्जना भनिन्छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..