AD_ Wide Top

नेपालीमा कमजोर छन् ‘दर्पण छायाँ २’ नायिका

२५ पुष,२०७३  |   Forseenetwork


loading...
नेपालीमा कमजोर छन् ‘दर्पण छायाँ २’ नायिका

झण्डै डेढ दशक पहिले आएको चलचित्र ‘दर्पण छायाँ’को सिक्वेल अहिले चर्चामा छ । ‘दर्पण छायाँ’ नै थियो सिंगल थियटरमा एक सय दिन मनाउने पहिलो नेपाली चलचित्र । डेढ दशकपछि सोहि चलचित्रका निर्देशक तुलसी घिमिरेकै निर्देशनमा ‘दर्पण छायाँ २’ निर्माण भएको छ । चलचित्रको रिलिज मिति नजिँकै गर्दा चलचित्र निर्माण टिम अहिले प्रचार —प्रसारमा लागेको छ । 

दर्पण छायाँमा मुख्य नायिकाको भूमिकामा निरुता सिंह थिईन् भने नायकको भूमिकामा दिलिप रायमाझी थिए । सिक्वेलमा भने सबै नयाँ अनुहारहरुलाई देख्न पाईनेछ । नयाँ अनुहार मध्ये चलचित्रकी मुख्य नायिका साहारा कार्की चलचित्र रिलिज पूर्व नै चर्चामा छिन् । १२ बर्षदेखि अमेरिकामा बस्दै आएकी उनी आफ्नो सुन्दरताका कारण सबैको ध्यान तान्न सफल छिन् ।

साहारालाई सानैदेखि अमेरिकामा बसेर होला आफ्नो नेपाली भाषा नै राम्रोसँग उच्चारण गर्न आउँदैन । चलचित्र प्रमोशनकै क्रममा उनले आफूलाई नेपाली भाषा बोल्नका लागि सारै गाह्रो हुने बताएकी छिन् । नेपाली बोल्न गाह्रो लाग्ने त्यसमा पनि चलचित्रमा त झनै सहि र शुद्ध उच्चारण गर्नुपर्ने हुँदा साहारालाई आफ्नो भाषा आफैलाई चुनौतिपूर्ण भएको बुझिन्छ ।

नेपाली समाजलाई चलचित्रमार्फत केही नयाँ कुरा सिकाउने नायिकालाई नै मातृभाषा उच्चारणमा समस्या हुँदा दर्शकले के सिक्ने भन्ने कुरा पनि अगाडि आउँछ । त्यो सबै कुराको बारेमा जानकारी भने चलचित्र रिलिज भएपछि हुनेछ । साथै उनले चलचित्र यात्राको सुरुवातमै तुलसी घिमिरे जस्ता सफल निर्देशकको साथ पाएकी छिन् । तुलसी घिमिरेसँग काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै साहाराले निकट भविष्यमा आफू चलचित्र नायिका होईन कलाकार भएर काम गर्ने सोच बनाएकी छिन् । उनले अबको समयमा जस्तो पनि चलचित्रमा काम गर्न तयार रहने बताएकी छिन् । ‘दर्पण छायाँ २’ फागुन २७ गते रिलिज हुँदैछ । तुलसी घिमिरेको निर्देशनमा बनेको यो सिनेमालाई साबु गदाल कार्की र रवि कार्कीले निर्माण गरेका हुन् ।

दुईपटक शुट भयो क्लाईमेक्स
जय गिरीले सिनेमामा क्लाईमेक्सको १५ मिनेटको दृश्यलाई भीएफएक्सबाटै आकर्षक बनाउने जिम्मा लिएका थिए । तर भीएफएक्सबाट सोचेजस्तो क्लाईमेक्स नभएपछि निर्देशक तुलसी घिमिरले क्लाईमेक्स फेरि खिच्ने योजना बनाए र कलाकारलाई लिएर दार्जिलिङको सभा हलमा पुगे । दार्जिलिङको सभा हलमा क्लाइमेक्समा भएको नृत्य खिचियो । क्लाईमेक्स फेरि खिचेपछि निर्देशक तुलसी घिमिरे निकै खुसी भएका छन् । सिनेमाको क्लाईमेक्समा भएको नृत्यलाई मिङमा दोर्जी लेप्चाले कोरियोग्राफ गरेका छन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testसुनिल रावललाई लागेको आरोप सहि हो– प्रकृति श्रेष्ठ