chakka panjaa
AD_ Wide Top

करण जोहर भन्छन्–म समलिङगी हुँ, यहि मेरो समस्या हो

२५ पुष,२०७३  |   Agency


loading...
करण जोहर भन्छन्–म समलिङगी हुँ, यहि मेरो समस्या हो

बलिउड निर्माता तथा निर्देशक करण जोहर लैगिंक अभिमुखिकरणका बारेमा खासै खुलेर कुरा गर्दैनन् । तर अब उनको बायोपिकले भने जीवनका केही रहस्यहरुको खुलासा गर्ने भएको छ । करण जोहरकी सहायक लेखक पुनम सक्सेनाले करणको बायोपिकमा उनका जीवनमा केही रहस्यहरुको खुलासा गरेकी छिन् । करण जोहरको बायोपिक ‘एन अनसुटबेल ब्वाय’मा जीवनका केही रहस्यहरु समावेश छन् ।

करण जोहर र शाहरुख खानको मित्रता देखेर धेरैले उनीहरुको सम्बन्धमा शंका गर्छन् । शाहरुख खानसँगको सम्बन्धका बारेमा बायोपिकमा करणले भनेका छन्, “बर्षौ देखि शाहरुख र मेरो बारेमा बिभिन्न हल्लाहरु चलिरहेका छन् । पहिले त मलाई यस्ता कुराहरुले तनाव पनि हुन्थ्यो । एक पटक मलाई एक कार्यक्रममा तपाईँको र शाहरुखको सम्बन्ध पनि अचम्मको छ है भनियो । प्रस्तोताको कुरा गर्ने शैली नै अचम्मको थियो जुन देखेर मलाई रिस उठ्यो । रिसको झोकमा मैलै पनि उनलाई भनेँ तपाईँ आफ्नो भाईसँग सुत्नुहुन्छ ? अनि उनले मसँग मैले सोधेको प्रश्नको मतलब खोज्न थाले । अनि मैले उनलाई भने, तपाईँले मेरो प्रश्नमा मतलब खोज्नुहुन्छ भने तपाईँले मेरो बारेमा गर्नु भएको कुराको मतलब के हो ? “

करण जोहरका लागि शाहरुख खान पिता र दाजू समान छन् । पहिले पहिले शाहरुख र आफ्नो सम्बन्धका बारेमा हुने कुराहरुबाट तनाव लिने करण अहिले भने यी कुराहरुलाई सामान्य रुपमा लिन्छन् । करणका अनुसार अहिले त, यदि विवाह पछि कोहीसँग अफेयर छैन भने मानिसहरु त्यसलाई ‘गे’  सम्झन्छन् ।

लण्डन एयरपोर्टको किस्सा
लण्डन एयरपोर्टमा भएको एक घटनाका बारेमा करण भन्छन्, “लण्डन एयरपोर्टमा एक अन्जानले मलाई सोधे, के तिमी गे हौ भन्ने यो कुरा सहि हो ? र्मैलै भनेँ, किन ? उनले भने तपाईँ ईन्ट्रेस्डेड हुनुहुन्छ ? त्यसपछि त्यत्तिकै यहि कुरामा ऊ मसँग झगडा गर्न थाल्यो ।”

karan-2_1483879136

म समलिङगी हुँ, यो मेरो समस्या
आफू समलिङगी भएको बारेमा करण जोहर भन्छ्न, “यदि कोही मानिस एक्लै छ भने उसले म ऊ सँग सुत्न चाहन्छु भन्ने सोच्छ । म कहिल्यै पनि लैङिगक अभिमुखिकरणका बारेमा कुरा गर्दिन । किनकी मेरो समस्या भनेको म समलिङगी हुनु हो । मानिसहरु मेरो बारेमा के सोच्छन् भन्ने कुरा मलाई थाहा छ । म यो देशको लागि समलिङगी ब्वायको पोस्टर बनिसकेको छु । मानिसहरु मलाई तिमीले यो देशको नाम र समाजलाई बर्बाद गर्यौ भन्छन् । मलाई यस्ता कुराहरुले खासै असर गर्दैन । उल्टो मलाई त यस्ता कुराहरु सुन्दा र सामाजिक सञ्जालमा पढ्दा हाँसो उठ्छ । “

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..