AD_ Wide Top

सलमानले बिग बोस छोड्ने ?

२४ पुष,२०७३  |   Agency


loading...
सलमानले बिग बोस छोड्ने ?

बलिउड सुपरस्टार सलमान खान बिग बोस छोड्ने मनसायमा पुगेको खबर छ । बिग बोसका कारण आफ्नो छवि खराब भएको भन्दै उनले बिग बोस छोड्न सक्ने संकेत देखिएको छ । बिग बोस सलमानको जीवन र करिअरको महत्वपूर्ण काम हो जुन उनको मनसँग जोडिएको छ ।

तर अहिले आएर भने उनलाई बिग बोसका कारण आफ्नो छवि बिग्रेको महसुस भईरहेको छ । यहि कारण अब उनी आफूलाई बिग बोसबाट अलग गर्न चाहन्छन् ।

सलमान बिग बोसको चौथो सिजनबाट लगातार होस्ट गरिरहेका छन् । पाँचौँ सिजनमा भने संजय दत्त र सलमान मिलेर बिग बोस होस्ट गरेका थिए । त्यसपछिका एपिशोडहरुमा भने सलमानमात्रै देखिएका छन् । बिगत केही बर्षयता उनले शो छाड्ने खबरहरु आईरहेका छन् । बिग बोसको सिजन ८ मा त सलमानले बीचमै छाडेपनि तर दर्शकको चाहना अनुसार फेरि उनी फर्किए । उनले छाडेको समयमा बिग बोसलाई फराहा खानले होस्ट गरेकी थिईन् । बिग बोसको दशौँ सिजनमा सलमानले प्रतिएपिशोड आठ करोड भारु लिईरहेका छन् । उनी हप्तामा दुई दिन, शनिबार र आईतबार मात्रै आउँछन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testसुनिल रावललाई लागेको आरोप सहि हो– प्रकृति श्रेष्ठ