AD_ Wide Top

दिवंगत ओम पूरीको विवादित वैवाहिक जीवन

२२ पुष,२०७३  |   Agency

below social share detail page adv


loading...
दिवंगत ओम पूरीको विवादित वैवाहिक जीवन

बलिउड अभिनेता ओम पूरीको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको छ । करिअरमा सफल र भर्सटाईल अभिनेता ओम पूरी केही विवादित बयानहरुका कारण चर्चामा रहे । त्यस्तै उनको वैवाहिक जीवन पनि विवादमा रह्यो । ओमले दुईपटक विवाह गरेका छन् । तर उनका दुईवटै विवाह त्यति सुखद भने रहेनन् ।

ओम पूरीको पहिलो विवाह अनु कपूरकी बहिनी सीमा कपूरसँग भएको थियो । विवाहको लागि सीमाले नै ओमलाई प्रस्ताव राखेकी थिईन् । त्यसबखत ओम अरुकै प्रेममा भएका कारण सीमासँग विवाह गरेनन् । तर पछि उनीहरुको विवाह १९९० भयो । विवाह भन्दा ११ बर्ष पहिले देखि उनीहरु एकअर्कालाई राम्ररी चिन्दथे ।

om_puri_death4_1483680268
सीमासँग विवाह भएको केही महिनापछि नै ओम पूरीकोे जीवनमा पत्रकार नन्दिता पूरीको प्रवेश भयो । एक अन्र्तवार्ताका क्रममा भेट भएका ओम र नन्दिताको अफेयर सुरु भयो । विवाहित हुँदा हुँदै पनि ओमले नन्दितालाई माया गर्न थाले । ओमको अरुसँगै अफेयर भएको थाहा पाएपछि श्रीमती सीमा कपूर घर छाडेर गएकी थिईन् । सीमाको गर्भपतन पनि भयो । त्यसको केही महिनापछि ओमले सीमालाई डिभोर्स दिए ।

१९९३ मा पत्रकार नन्दिता पूरीसँग विवाह गरेका ओमका एक छोरा छन् । एक छोराका पिता ओमको दोस्रो विवाह पनि टिकेन । नन्दिता र ओम २०१३ मा एकअर्काबाट अलग भए । नन्दिताले ओम पूरीलाई शारीरिक यातना दिएको आरोप लगाएकी थिईन् । ओमको बायोग्राफी अनलाईक्ली हिरो ओम पूरीमा यो कुरा उल्लेख छ । सन् २००९ मा ओमको बायोग्राफी रिलिज भएपछि दुईको सम्बन्ध बिग्रिएको थियो । ओमको जीवनका केही अचम्म पार्ने रहस्यको खुलासा यसमा भएको थियो । नन्दितासँग हुँदा पनि ओम पहिलो श्रीमती सीमालाई भेट्ने गर्दथे । यहि कारण नन्दिता र ओमको पनि सम्बन्ध बिग्रिएको थियो ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testबन्द कोठामा नाना पाटेकर र आयशालाई रंगेहात फेला पारेकि थिइन मनिषाले