AD_ Wide Top

यस्ता छन्  शाहरुखकी छोरी पाउन चाहने केटामा हुनुपर्ने गुण

२२ पुष,२०७३  |   Agency


loading...
यस्ता छन्  शाहरुखकी छोरी पाउन चाहने केटामा हुनुपर्ने गुण

शाहरुखका छोराछोरी बलिउडका सबैभन्दा चर्चित सेलिब्रेटी किड्स हुन् । उनीहरु कहिँकतै भेटिए भने तस्वीर लिनको लागि मिडिया तँछाड मँछाड गर्छ । उनीहरुको एक झलक पाउनको लागि मानिसहरु मरिहत्ते गर्छन् । कोही उनीहरुलाई आफ्नो जीवनमै पाउने सोचमा पनि होलान् । हालै मात्र एक चर्चित म्यागजिनलाई अन्र्तवार्ता दिने क्रममा शाहरुखले छोरी सुहानाका बारेमा पनि कुरा गरे । उनले सुहानासँग डेट गर्न चाहनेले केही नियमहरु फलो गर्नु पर्ने उल्लेख गरेका छन् । शाहरुख छोरीको जीवनमा एक असल र ईमान्दार व्यक्तिको आगमन भएको हेर्न चाहन्छन् । त्यस कारण उनले सुहानालाई डेट गर्न चाहनेका लागि केही नियम बनाएका छन् ।

शाहरुखले हुनेवाला ज्वाईँको जागिर अनिवार्य हुनु पर्ने र आफ्नो नजर सधैँ ऊ माथि हुने भएकाले होसियार र ईमान्दार भएर काम गर्नु पर्ने बताए । त्यस्तै सुहाना आफ्नो राजकुमारी भएको भन्दै यदि उसले सुहानालाई तनाव दियो भने आफू जेल जान समेत नडराउने शाहरुखको भनाई छ । सुहानालाई जस्तो व्यवहार गर्छु उसलाई पनि त्यस्तै व्यवहार गर्छु, उनले थपे ।
केही समय पहिले कफी विद करणमा सोधिएको प्रश्न, यदि कसैले छोरी सुहानालाई किस गर्यो भने के गर्छौ ? भन्दा उनले म त्यसको ओठ च्यातिदिन्छु भनेका थिए । यसबाट थाहा हुन्छ उनी आफ्नी छोरीलाई कति माया गर्छन् भन्ने कुरा ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testविहे विदेशमा भोज नेपालमा : विदेशीसँग लगनगाँठो कस्ने ८  नेपाली सेलिब्रेटी जोडी